20090725

द्धन्द्धको समयमा अर्घाखाँचीमा राज्यपक्ष र विद्रोहीबाट मारिनेहरुको परिवारलाई राहत

सन्धिखर्क, अर्घाखाँची - द्धन्द्धको समयमा अर्घाखाँची जिल्लामा राज्यपक्ष र विद्रोहीबाट मारिनेहरुको परिवारका लागि एक -एक लाख रुपैयाका दरले रकम उपलब्ध गराइएको छ।

अघिल्लो सरकारले गरेको निर्णय अनुसार आर्थिक बर्ष ०६५-०६६ मा १ करोड १३ लाख रुपैया वितरण गरिएको थियो।

द्धन्द्धको समयमा जिल्लामा मारिएका १ सय १३ जना मध्ये १ सय ७ जनाको परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउने तयारी भ्एको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

१० बर्षे जनयुद्धको समयमा अर्घाखाँचीबाट माओवादीका ५७ जना, सर्वसाधारण ३७,प्रहरी १६ र सैनिक ३ गरी १ सय १३ जनाले ज्यान गुमाएका थिए ।

युद्धमा ज्यान गुमाएकाहरुका परिवारको विचल्ली भएको भनि सर्वत्र आवाज उठिरहेको अवस्थामा यो सहयोगबाट थोरै राहत मिलेको जनाइएको छ्।
@ www.arghakhanchi.com

20090723

अर्घाखाँचीबाट प्रकासित हुँदै आएका सबै पत्रपत्रिका आर्थिक अभावका कारण बन्द

सन्धिखर्क, अर्घाखाँची - केही बर्ष देखि अर्घाखाँचीबाट प्रकासित हुँदै आएका समाचारमूलक सबै पत्रपत्रिका आर्थिक अभावका कारण बन्द भएका प्राप्त समाचारमा जनाइएको छ।

अर्घाखाँचीमा अहिलेसम्म दैनिकी एवम साप्ताहिक गरी आठवटा पत्रिका प्रकाशन हुँदै आएका थिए र आर्थिक स्रोतका रुपमा प्राप्त विज्ञापनहरू नपाउदा यस्तो समस्या भएको पत्रिका प्रकाशकहरूले बताएका छन।

यसैगरी सरकारले पत्रिका प्रकाशन गर्न सहयोग गर्नुपर्ने प्रकाशकहरूको माग रहेको छ। साथै जिल्लामा सचालनमा रहेका एफ.एम रेडियोहरु पनि अहिले आर्थिक मारमा परेका छन।

यसरी जिल्लामा संचारमाध्यम माथि परेको समस्या प्रति कसैको ध्यान जान सकेको छैन।

@ www.arghakhanch.com

खडेरीले अर्घाखाँचीको हालत खराब, धान रोपाई ढिलो, किसानहरु मर्कामा


सन्धिखर्क, अर्घाखाँची - मनसुनको सामान्य अवस्था हुँदो हो त, साउनको पहिलो हप्ता बिति सक्दा वर्षाको पानीले अर्घाखाँचीका कतिपय क्षेत्र जलमग्न हुन्थ्यो । खेतमा किसानहरुको ब्यस्तता हेर्न लायक हुन्थ्यो र खेतहरु रोपाईका लागि हिलाम्मे हुन्थे । खडेरीले अर्घाखाँची भरिका किसानहरुको बेफुर्सदी यति धेरै हुन्थ्यो कि उनीहरुलाई तलमाथि सोच्ने फुर्सद हुने थिएन् ।

तर, यसपालि कुरा अलि फरक छ, खेतहरु हिलाम्मे छैनन् र किसानहरु फुर्सदिला बनेका छन् । अधिकाश किसानहरुका दिनचर्या आकाशतिर हेर्दैमा बित्न थालेका छन् ।

धान रोपाई हुने प्रमुख महिना असार गुजि्रसक्दा अर्घाखाँचीभरिमा धान खेती हुने क्षेत्र मध्ये भर्खर अनुमानित ६० प्रतिशत भागमा मात्र रोपाई सकिएको छ ।

रोपाई हुन सकेको छैन् र किसानहरु मर्कामा परेका छन् । जिल्लाका रोपाई गरिसकेका सन्धिखर्कको व्रिती, खचिकोटका फुडवाङ, बटुवाफाट-गछेखोला, बागी लगायत सबै गाबिसहरुका केही भागहरुमा रातदिन पालो बाडेर खेतमा पानी लगाउने गरेका देखिन्छन ।

खास गरेर अर्घाखाँचीमा त गत वर्षतिरको तथ्याङ्क हेर्ने हो भने यो समयसम्ममा त लगभग शतप्रतिशत नै रोपाई सकिईसकेको हुन्थ्यो । जबकि यसवर्ष अर्घाखाँचीमा ६० प्रतिशत मात्रै धान रोपाई हुनसकेको छ ।

अर्घाखाँचीको हालत खराब नै छ, धान रोपाई ढिलो गर्दा उत्पादन पनि कम हुन्छ । वर्षाको अभावमा समयमा रोपाई हुन नसक्दा यसवर्षको धानबालीको उत्पादन कम हुनसक्छ । यद्यपि, अब नियमित पानी परे पनि उत्पादन कम हुन सक्छ भन्छन सन्धिखर्कका एक किसान प्रेम खड्का ।

असार र साउन मस्त पानी पर्ने महिनाहरु हुन् । गत वर्ष समयमै पानी परेको थियो र असार तेश्रो साता बित्दा नै आधा भागमा रोपाई सकिईसकेको थियो । तर, जल तथा मौसम पूर्वानुमान महाशाखा काठमाडौंको रेकर्डमा पनि अर्घाखाँची लगायत देशभर यो वर्ष कम पानी परेको रेकर्ड छ । १०६ दिनको मनसुन पिरियडमा असार र साउनमा धेरै पानी पर्छ । यद्यपि यसपटक पर्याप्त पानी परेको छैन् ।

पर्याप्त वर्षा सम्भव भएन भने धान उत्पादनमा ह्रास आउनेछ । कृषिको कुल गाह्रस्र्थ उत्पादनमध्ये धान बालीको योगदान २० प्रतिशत छ । गत वर्ष समयमा नै पर्याप्त पानी परेकाले अर्घाखाँची लगायत देशभर धानको उत्पादन ५ दशमलव २ प्रतिशतले वृद्धि भएको थियो । देशभरको रेकर्डलाई हेर्दा गत वर्ष नेपालको कुल धानको उत्पादन ४३ लाख मेटि्रक टन थियो । समयमानै पानी पर्नाले धानको उत्पादकत्व गत वर्ष बढेको थियो ।
@ www.arghakhanchi.com

अर्घाखाँचीमा शिक्षक राहत कोटामा राजनीतिकरण, घुसको बिगिबिगी, व्यापक अनियमितता

-ईश्वर चन्द्र खनाल
खन ४ मखात
अर्घाखाँची

सन्धिखर्क, अर्घाखाँची - अर्घाखाँची जिल्लामा शिक्षाको अवस्था झन पछि झन खस्कदो रुपमा रह्को छ। अर्घाखाँची जिल्लामा शिक्षा शास्त्र सकायबाट उच्च तह उतिर्ण गरेका तथा शिक्षक हुनको लागि अनुभव र तालिम प्राप्त ब्यक्तीहरु छैनन। जिल्लामा राजनितिक किचलोका कारण शिक्षक राहत कोटामा अनियमितता भएको छ। खासगरी पढेर पास हुन नसकेका तर राजनीतिक रुपबाट नजिकिएका ब्यक्तीहरुले अबसर पाइरहेका छन।

अर्घाखाँची जिल्ला शिक्षा कार्यालयका कर्मचारीहरुले भित्र-भित्र घुस लिदै फाइल दर्ता गरेर लाइसन्सको परिक्षा लिएको भनी उच्चतम घुस लिएर प्रमाणपत्र बाडेका छन। अर्घाखाँची जिल्लाका अधिकांश स्कुलहरुमा नक्कली प्रमाणपत्र लिएर शिक्षकले पढाई राखेका छन। जिल्ला शिक्षा कार्यालय आफैले घुस लिएर यस्ता काम गरेकोले कसैको अधिकारी रुपमा प्रमाणपत्र जाच भएको छैन।

यदि यस्तै तरिकाले राजनीतिक रुपमा भागबन्डा गरेर असक्षम ब्यक्तीलाई जागिर खुवाउने हो भने जिल्लाको शैक्षिक अवस्था कस्तो रहला। यसमा कसैको बिशेष ध्यान गएको छैन । जिल्ला प्रशासन कार्यालय समेतको ध्यान यस तर्फ गएको देखिदैन ।
@ www.arghakhanchi.com

20090722

माओवादी विशेष एरियाको सन्धिखर्कमा आयोजित प्रशिक्षण कार्यक्रम सम्पन्न

सन्धिखर्क, अर्घाखाँची - माओवादी विशेष एरिया सन्धिखर्क अर्घाखाँचीको आयोजनामा पटुवाधुमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा मन्तव्य राख्दै माओवादी मगरात राज्य समितिका सचिवालय सदस्य बुद्दी जिसीले जनादेश बिपरित अपवित्र गठबन्धनबाट निर्माण भएको बर्तमान सरकारले राज्यलाई निकास दिन नसक्ने बताउदै रानी बिनाको मौरीको सज्ञा दिनुभयो। कार्यक्रममा माओवादी जिल्ला सचिवालय सदस्य राजेन्द्र भुसाल, जिल्ला कमिटी सदस्य सज्ञा विश्व लगायतका वक्ताह्रुले मन्तव्य राख्नुभएको थियो।

प्रशिक्षण पछि शिव बहादुर भट्टराईको अध्यक्षतामा १३ सदस्यीय सेल कमिटीको समेत गठन गरिएको छ। गठित समितीको सदस्यहरुमा गोपाल पन्थी, नेत्रप्रसाद श्रेष्ठ, ललिता भट्टराई, नमकला विक, सुनिता श्रेष्ठ, मन्जु आचार्य, बाबुराम श्रेष्ठ, खिमप्रसाद श्रेष्ठ, रामबहादुर परियार, फुलमाया परियार र ईश्वर श्रेष्ठ रहनु भएको छ।
@ www.arghakhanchi.com

20090720

शिक्षकहरुको धर्नाका कारण जिल्ला शिक्षा कार्यालय अर्घाखाँचीको कामकाज ठप्प

सन्धिखर्क, अर्घाखाँची - शिक्षकहरुको धर्नाका कारण जिल्ला शिक्षा कार्यालय अर्घाखाँचीको कामकाज ठप्प भएको छ।

अस्थायी शिक्षकलाई प्रकृया पुरागरी स्थायी गरिनुपर्ने, शिक्षकका सेवा सुविधा वृद्धि गरी विद्यालय र शिक्षकका समस्या प्रति राज्य गम्भिर हुनुपर्ने लगायतका मागहरु राखी शिक्षक यूनियनको आहावानमा सयौ शिक्षकहरुले कार्यालय परिषरमा धर्ना दिएपछि कार्यालयको कामकाज प्रभावित बनेको छ।

धर्ना पछि आयोजित कार्यक्रममा मन्तव्य राख्ने वक्ताहरुले लोकतन्त्रको प्राप्तिका निम्ति महत्वपूर्ण योगदान पुयाउने शिक्षकका समस्याप्रति राज्य उदासिन रहेको बताएका थिए।

यसरी मन्तव्य राख्नुहुनेहरुमा नेपाल शिक्षक सँघका जिल्ला अध्यक्ष मुक्तिराम भण्डारी, नेपाल राष्ट्रिय शिक्षक सङ्ठनका अध्यक्ष बाबुराम आचार्य, शिक्षक युनियनका जिल्ला सचिव पिताम्बर बन्जाडे हुनुहुन्थ्यो।

@ www.arghakhanchi.com

20090719

सन्धिखर्कको शान्ती बगैचा नसालु मानिसहरुको अखडा, जिल्ला प्रशासन कार्यालय मौन

सन्धिखर्क, अर्घाखाँची - अर्घाखाँची जिल्लामै सबैभन्दा आकर्षक बगैचाको रुपमा स्थापित सदरमुकाम सन्धिखर्कमा रहेको शान्ती बगैचा रातको समयमा खराब मनोव्रति भएका मानिस सँग जेडीहरुको अखडा स्थल बन्न पुगेको छ।

दिउसको समयमा बगैचा को शितलहावामा गर्मी छल्न आउने स्थानिय बसिन्दाहरुले बगैचामा कुनै किसिमको सास्ती व्यहोर्नु नपरेपनि साँझ ६बजेप पछि भने आफुहरुलाई बगैचाभित्र पस्न डरलाग्ने गरेको स्थानिय बासिन्दाहरु बताउन्छन ।

स्थानिय बसिन्दाहरुका सम-साँझमा बगैचा भित्र गाजा र नसालु पदार्थ गर्ने मानिसहरु प्रवेश गरी महिला र केटाकेटीहरुलाई तर्साउनुका साथै अन्य मानिसलाई समेत मानसिक तनाव दिने र अश्लील शब्द बोल्ने गर्दछन ।

शान्ती बगैचा सरक्षण गरी पार्क र उधानका रुपमा बिकास गरी ब्यवस्थित गर्नुको सट्टा फोहर बिसर्जन स्थल बनेकोप्रति सबैले दु:ख मानेको अवस्थामा बगैचा भित्रको बाटो भएर हिड्न समेत मानिसहरु डराउन थालेका छन र साथै यी घटनाहरुका बिषयमा भने जिल्ला प्रशासन कार्यालय मौन देखिन्छ ।

बगैचामा दुबो र फुलहरु रोपेर मानिसलाई बस्न लायक बनाउन पट्टी त कुनै निकायको चासो पुगेको छैन तथापी जिल्ला प्रहरी कार्यालयसँग जोडीएको बगैचामा हिड्डुल गर्ने बातावरण समेत बन्न नसक्दा देशको सुरक्षा अवस्था सहजै अनुमान गर्न सकिएला ।

अर्घाखाँचीमा घर जग्गाको मुल्यमा बृद्धि, राजस्व संकलनमा समेत दोब्बर बृद्धि

सन्धिखर्क, अर्घाखाँची - जिल्ला मालपोत कार्यालय अर्घाखाँचीमा गत बर्षको तुलनमा आर्थिक बर्ष २०६५। २०६६ मा झन्डै दोब्बर राजस्व बृद्धि भएको छ।

जग्गा दर्ता पासबाट यस आर्थिक बर्षमा कुल ६१ लाख १ हजार ५ सय ३१ रुपैया राजस्व संकलन भएको थियो। अघिल्लो बर्ष यसि अवधिमा ३६ लाख ७७ हजार ७सय ३ रुपैया राजस्व संकलन भएकोमा यस बर्ष आर्थिक बर्षमा ३४ लाख २३ हजार ८ सय २८ रुपैया थप राजस्व संकलन भएको छ। अघिल्लो आर्थिक बर्षमा २ हजार ४ सय ८१ वटा जग्गा रजिष्ट्रेशन पास भएकोमा यस आर्थिक बर्षमा ३ हजार २ सय ७४ वटा रजिष्ट्रेशन पास भएका छन।

जग्गा खरिद बिक्रीमा तिव्रता आएका कारण राजस्वमा समेत बृद्धि भएक कार्यालयले जनाएको छ। सदरमुकाम सन्धिखर्कका अतिरिक्त जिल्लाका प्रमुख न्यायिक केन्द्रहरुमा २ बर्ष पहिलेको तुलनामा ५० प्रतिशत देखि १ सय ५० प्रतिशतसम्म घर घडेरीको मुल्यमा बृद्धिमा भएको वताइएको छ।

वैदशिक रोजगारीका कारण जिल्ला भित्र ठुलो सन्ख्यामा धनरासी भित्रिनुका साथै तराई क्षेत्रमा सशस्त्र द्वन्द्वरत समुह सक्रीय रहेका कारण अर्घाखाँचीमा घर जग्गाको मुल्यमा बृद्धि भएको जनाइएको छ।



--------

अन्य हाम्रा सहयोगी साईटहरु-

म्युजिक भिडियोहरु (हिन्दी, नेपाली) हेर्नको लागि - http://arghakhanchimusic.blogspot.com
प्रकासित फोटोको लागि - http://arghakhanchitimes.blogspot.com/
भिडियो हेर्न्न - http://youtube.com/arghakhanchitimes
प्रकाशित जिल्ला समाचारहरु- http://arghakhanchinews.blogspot.com/
-माथिका सबै साईटहरुमा गइ पेजहरु खोल्दा तल, माथि - दाँया, बाँया देखिएका बिज्ञापनहरु माथि सक्दो क्लिक गरि हामीलाई सहयोग गर्नुहोला।

सिद्धारा गाविसको माध्यमिक विद्यालयमा छात्राबास नहुँदा विद्यार्थीको पढाइमा बाधा

सन्धिखर्क, अर्घाखाँची - गाउँदेखि टाढाको माध्यमिक विद्यालयमा छात्राबास नहुँदा जिल्लाको सिद्धारा गाविसका विद्यार्थीको पढाइमा समस्या परेको

छ । घरबाट विद्यालय पुग्न छसात घण्टा पैदल हिँड्नुपर्ने भएकाले सिद्धाराको जनजागृति माविका अंधिकांश विद्यार्थी कक्षामा नियमित आउन सकेका छैनन् ।

विद्यालय जान झाडी र जंगल पार गरेर जानुपर्ने र वस्ती पातलो भएकाले जंगली जनावरको आक्रमणको डरले विद्यार्थी एक्लै विद्यालय जान सक्दैनन् । विद्यालय घरबाट निकै टाढा छ, दैनिक छसात घण्टा पैदल हिँड्नुपर्छ, नियमित विद्यालय जान सकिँदैन, दस कक्षाकी छात्रा फूलमती घर्तीले भनिन्, जंगली जनावरको डरले एक्लै हिँड्न सकिँदैन । सातामा दुईतीन दिन पनि मुस्किलले जान्छौँ, गए पनि चार नबज्दै घर र्फकनुपर्छ ।

विद्यालय नजिकै गाउँघर नभएकाले डेरा गरी पढ्न पनि समस्या भएको बताउँदै विद्यार्थीले छात्रावासको व्यवस्था गर्न माग गरेका छन् । बिहानै झिसमिसेमै विद्यालय हिँड्नुपर्ने र अँध्यारो भएपछि मात्र घरमा आइपुगिन्छ, अर्का छात्र विनोद पल्लीले भने, छात्रावासको माग गरे पनि सुनुवाइ भएको छैन । विद्यालयमा भर्ना हुने विद्यार्थी संख्या बढी भए पनि कमै मात्रा आउने प्रधानाध्यापक रोमाखर बञ्जाडेले बताए । उनले भने, ९ र १० मा भर्ना हुने एक सय ५० भन्दा बढी विद्यार्थी छन् तर नियमित आउने ३० प्रतिशत मात्रै छन् । उनले विद्यालय टाढा भएकाले विद्यार्थी आउन नसकेको कारण देखाइ छात्रावास निर्माणका लागि जिल्ल्ाा शिक्षा कार्यालयमा माग गरेको बताए ।

सिद्धाराको दुम्सीस, पाकुरी, खयरघारी, हर्रेबर्रे, लिसिकुना, सिलुखोला, कर्नाचौर, काँडेखोला, बेलदमरा कार्तिके, सामकोटा, सामेपल्लालगायतका गाउँबाट विद्यालयमा पढ्न जान दैनिक छ सात घण्टा हिंडनुपर्छ । होस्टेल सञ्चालन गर्न विद्यार्थीले सामूहिक निवेदन दिएका छन् । उपल्ल्ाो सिद्धारा तल्लो सिद्धारा र हर्रे बर्रे गाउँका विद्यार्थी मात्र विद्यालय जान सक्छन्, स्थानीय अभिभावक श्याम रावतले भने, विद्यार्थीलाई खाने बस्ने सुरक्षित बस्ने व्यवस्थासहितको वातावरण नबनाएसम्म छोराछारीलाई पढ्न पढाउन अप्ठयारो छ । विद्यालयका अनुसार नियमित विद्यार्थी आउन नसक्ने ९ र १० कक्षमा ८० भन्दा बढी विद्यार्थी छन् । सोत र साधन अभावले फिडर होस्टेल बनाउनमा समस्या भएको विद्यालयले जनाएको छ । जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत मित्रमणि खनालले छात्राबासको समस्या समाधान गर्न अभिभावक भेटेर सुझाव संकलन गरी केन्द्रमा माग राखिएको बताए ।

(सहायक समाचार स्रोत- कान्तिपुर(वीरेन्द्र केसी )काठमाडौं )

--------

अर्घाखाँचीका सरकारी कार्यालयमा बढी अनियमितता र ढिलासुस्ती भएको गुनासो

सन्धिखर्क, अर्घाखाँची - जिल्ला बिकास समिती अर्घाखाँचीको आयोजनामा सदरमुकाम सन्धिखर्कमा जिल्ला स्तरीय सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ।

एकवर्ष भरी जिल्ला स्थित सरकारी कार्यालयबाट सम्पादित काम काजको समिक्षा गरी अनियमितता ढिलासुस्तीका बारेमा सर्वसाधारण जनताले आवाज उठाउन भन्ने अभिप्रायले सन्चालित कार्यक्रममा सयौ स्थानिय बसिन्दाहरुले सरकारी कार्यालयले गरेका अनियमितता र ढिलासुस्तीका बारेमा आवाज उठाएका थिए।

कार्यक्रममा सरकारी कार्यलय र बिकास निर्माणका कामmaa भ्रष्टाचार हुनेगरेको, जिल्लाको दक्षिण भेगमा रह्को वन सम्पदा कर्मचारीको मिलोमितोमा सखाप भएको, डोजरबाट सडक निर्माण गरी कामदारलाई भरपाइ गराएर बजेट निकास गरिएको जिल्ला भित्र विधुतको लाइन बिग्रेता पनि पाल्पा र गुल्मीमा विग्रेको भन्दै टार्ने काम भएको, झिम्रुक जलविधुत आयोजनाबाट प्रभावित जिल्ला हुँदाहुँदै पनि अर्घाखाँची जिल्लामा झिम्रुकको लाइन विस्तार नगरिएको, ग्रामीण तहमा रहेका प्राथमिक स्वास्थ्य चौकी तथा उपचौकी बन्द गरी कर्मचारी हिडने गरेको, जिल्ला अस्पतालमा बिरामी राख्ने ठाउँको अभाव रहेको, स्थानिय तहमा जडिबुटी खेतीमा ध्यान नदिएको, गाउँ गाउँमा भैंसी र पाडीहरु मासुको लागि ट्रकका जिल्ला बाहिर निकासी हुँदा स्थानिय प्रशासन मौन रहेको, मासु बधशाला र दुध देरी उधोग सन्चालन सम्वन्धित निकायले सहयोग नपुराएको, हुलाक कार्यालयले अनियमितरुपमा कर्मचारी भर्ना गरेको, विधालयमा अनियमित भई घरमै बसी गैर हाजिरी गरे शिक्षकलाई जिल्ला शिक्षा कार्यालयले कार्वाही गर्न नसकको, सडक निर्माण भएका ठाउँमा बाटोको डिलमा विरुवा लगाउन ध्यान नदिएको, जेटी, जेटीय र कृषि कार्यालयका कर्मचारी बजार केन्द्रित भएको, गोखुङा गाबिसको पात्लेमा सयौ परिवार पहराको खतरा मा हुँदा पनि कुनै निकायले ध्यान पुर्याउन नसकेको लगायतका बिकास निर्माण र जनसरोकारक बिषयमा आवाज उठाइएको थियो।

प्रमुख जिल्ला अधिकारी भवानी प्रसाद प्रराजुलीको अध्क्ष्यतामा र शेषकान्त घिमिरे ओसनको सन्चालनमा सम्पन्न कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य सागर के.सी, नेपाली काग्रेसका जिल्ला सभापति पितम्वर शर्मा, नेकपा एमालेका जिल्ला सचिव जनार्दन खनाल, ए.माओवादीका जिल्ला इन्चार्ज चन्द्र बहादुर खड्का, स्थानिय बिकास अधिकारी ताराबहादुर कार्की लगायत बिभिन्न सरकारी कार्यालयका प्रमुख र प्रतिनिधिहरुले जनताले उठाएका जिज्ञासाहरुको जवाफ दिनुभएको थियो।



--------

अन्य हाम्रा सहयोगी साईटहरु-

म्युजिक भिडियोहरु (हिन्दी, नेपाली) हेर्नको लागि - http://arghakhanchimusic.blogspot.com
प्रकासित फोटोको लागि - http://arghakhanchitimes.blogspot.com/
भिडियो हेर्न्न - http://youtube.com/arghakhanchitimes
प्रकाशित जिल्ला समाचारहरु- http://arghakhanchinews.blogspot.com/
-माथिका सबै साईटहरुमा गइ पेजहरु खोल्दा तल, माथि - दाँया, बाँया देखिएका बिज्ञापनहरु माथि सक्दो क्लिक गरि हामीलाई सहयोग गर्नुहोला।

20090717

कतारमा पानीजहाज दुर्घटनामा मरेका दीभर्ना-३ का मानसिंह खत्री आर्यघाटमा अन्त्येष्टि

सन्धिखर्क, अर्घाखाँची - गत जुन ३० कतारछेउको समुद्रमा पानी जहाज डुबेर ज्यान गुमाएका १२ मध्ये दीभर्ना-३ अर्घाखाँचीका मानसिंह खत्री- २४ शव पनि शनिबार बिहान कतार एयरवेजबाट ल्याइएको थियो ।

खत्रीको शनिबारै नै आर्यघाटमा अन्त्येष्टि गरिएको छ । विमानस्थलमा उनको शव कफिनमा प्याक गरेर ल्याइएको थियो ।

शव बुझ्न आएका आफन्तहरू शोकमा आहत थिए । बिहान नौ बजे शव आइपुग्ने भनिए पनि आफन्तहरू सात बजेअघि नै विमानस्थल पुगेका थिए ।

पानीजहाज दुर्घटनामा मृत्यु भएका नेपालीका आफन्तलाई क्षतिपूर्ति र जीवन बिमा उपलब्ध गराउने प्रक्रिया कतारस्थित दूतावासले थालेको छ ।

कतारस्थित राजदूत डा. सूर्यनाथ मिश्रका अनुसार मृतकका आफन्तहरूले शव प्राप्त गरेलगत्तै नाता प्रमाणित र अख्तियारनामा पठाउनुपर्नेर् छ । त्यसैको आधारमा दूतावासले प्रक्रिया अगाडि बढाउने छ । दुर्घटनाग्रस्त पानीजहाजको बिमा भएको र मृतकहरू कार्यरत कम्पनी पनि प्रतिष्ठित रहेकाले बिमा र क्षतिपूर्ति लिन समस्या नहुने मिश्रले बताए । प्रत्येक मृतकका आश्रतिले २ लाख रियाल -करिब ४२ लाख रुपैयाँ) बिमा पाउने पनि उनले जनाए ।

संयुक्त अरब इमिरेट्सको दुबईबाट कतारको दोहातर्फ आइरहेको पानीजहाज दोहा पर्सियन सागरमा डुबेको थियो। जहाजमा ३५ जना थिए ।

संयुक्त अरब इमिरेट्स -यूएई) स्थित एचबीके पावर क्लिनिङ कम्पनीले कामदारलाई कतारस्थित आफ्नै कम्पनीमा ल्याउँदै गरेका बेला जहाज दुर्घटना भएको थियो ।

--------

अन्य हाम्रा सहयोगी साईटहरु-

म्युजिक भिडियोहरु (हिन्दी, नेपाली) हेर्नको लागि - http://arghakhanchimusic.blogspot.com
प्रकासित फोटोको लागि - http://arghakhanchitimes.blogspot.com/
भिडियो हेर्न्न - http://youtube.com/arghakhanchitimes
प्रकाशित जिल्ला समाचारहरु- http://arghakhanchinews.blogspot.com/
-माथिका सबै साईटहरुमा गइ पेजहरु खोल्दा तल, माथि - दाँया, बाँया देखिएका बिज्ञापनहरु माथि सक्दो क्लिक गरि हामीलाई सहयोग गर्नुहोला।

अर्घाखाँची जिल्लामा एचआईभि (एड्स) संक्रमितहरुको संख्या २६

सन्धिखर्क, अर्घाखाँची - अर्घाखाँची जिल्लामा एचआईभि संक्रमितहरुको संख्या २६ पुगेको छ । जिल्ला एड्स समन्वय समितिद्बारा आयोजित एचआईभि एड्स सम्बन्धी कार्यक्रममा प्रतिवेदन पेश गर्ने गैरसरकारी संस्थाहरुले जनाएका छन।

जिल्लाका ५ वर्ष देखि ५५ वर्ष सम्मका व्यक्तीहरुमा एचआईभि देखिएको भएपनि हालसम्म जम्मा ३ जनाले मात्र आफुलाई सार्वजानिक गरेका छन। एचआईभि सन्क्रमित मध्ये अधिकाश देश बाहिर रहने पुरुष र तिनका आफन्तजनहरु भएको जनाइएको छ।

स्थानिय बिकास अधिकारी तारा बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भवानी प्रसाद पराजुली, डा, चित्रप्रसाद शर्मा वाग्ले लगायतका वक्ताहरुले मन्तव्य व्यक्त गर्नु भएको थियो।

मुस्लिम मुक्ती मोर्चा अर्घाखाँचीको एकता जिल्ला भेला सम्पन्न

सन्धिखर्क, अर्घाखाँची - मुस्लिम मुक्ती मोर्चा अर्घाखाँचीको एकता जिल्ला भेला सम्पन्न भएको छ। भेलाका वक्ताहरुले मुस्लिमका मागप्रति राज्य उदासिन भएको बताउदै जनसख्न्याको आधारमा राज्यआ हरेक निकायमा मुस्लिमहरुको प्रतिनिधित्व गराइनुपर्नेमा जोड दिएका थिए ।

ए नेकपा माओवादी मगरात राज्य समितिका सचिवालय पिताम्बर आचार्य, जिल्ला इन्चार्ज चन्द्र बहादुर खडका, मुस्लिम मुक्तिमोर्चाका केन्द्रिय महासचिव जाकिर हुसेन लगायतले मन्तवय व्यक्त्त गर्नु भएको थियो ।

भेलाले रसना मियाको सन्योजक्त्वमा ४५ सदस्यीय जिल्ला सम्मेलन आयोजक कमिटीको चयन गरेको छ। नवगठित समितिको सह सन्योजक नजिर मिया, सचिव फजिर मिया, सहसचिव शम्शुदिन मिया र कोषाध्यक्षमा गफार मिया रहेका छन। भेला एयाधिन मियाको अध्यक्षता र फजिर मियाको सन्चालनमा सम्पन्न भएको थियो।

अर्घाखाँचीको जलुके गाविसमा समेत झाडापखाला प्रकोप देखा, पाँच दर्जन सिकिस्त

सन्धिखर्क, अर्घाखाँची - दाङसँग जोडिएको विकट जलुके गाविसको लाहापे गाउँमा फैलिएको झाडापखालाबाट करिब पाँच दर्जन सिकिस्त भएका छन् ।

भौगोलिक हिसाबले ठूलो र विकट गाउँलेहरू आर्थिक अभावमा उपचार गर्न सकेका छैनन् । ज्वरो आउने, आँखा पाक्ने र झाडापखालाले पाँच दिनदेखि ग्रसित ५२ जना गाउँमै औषधोपचारको प्रतीक्षामा बसिरहेको स्थानीयवासीले बताएका छन् । झाडापखालाबाट पीडित केही गाउँले भने उपचारका लागि बाहिर गएका छन् ।

जनस्वास्थ्य प्रमुख डाक्टर चित्रप्रसाद शर्मा वाग्लेले गाउँमा झाडापखालाको प्रकोप फैलिएको खबर आएको बताउँदै सोमबार औषधिसहितको स्वास्थ्यकर्मीको टोली पठाइने छन् ।

निर्माणाधीन (अर्घाखाँची) जिल्ला कारागार सञ्चालन हुन नपाउँदै भत्कियो

सन्धिखर्क, अर्घाखाँची - निर्माणाधीन जिल्ला कारागार सञ्चालन हुन नपाउँदै भत्किएको छ । भवन निर्माण काम पूरा नगरी संरक्षणविहीन राखिएकाले भत्किएको हो ।

भवन र भित्री कोठाको निर्माण सम्पन्न नभई ३ दशकसम्म अधुरै रहेकाले जीर्ण भई भत्किन पुगेको हो । कारागारमा पर्याप्त कोठा भए पनि निर्माण पूरा भइनसकेकाले कैदी, बन्दीलाई अन्यत्र सार्नुपर्ने भएको छ ।

थुनुवा राख्ने कोठा र बाहिरी सबै पर्खाल, भित्र पस्ने मूलगेटबाटै भवन भत्किएको छ । कोठाका भाग पनि भत्किएका छन् । पानी चुहेर भवनभित्र घाँस उम्रेको छ । टालटुल पारेर बनाएको भवनको आधा काम बाँकी थियो । ०३५ सालमा निर्माण सुरु कारागार अझै पूरा नभएको त्यहाँका प्रमुख गीताराम घिमिरेले बताए ।

बनिनसक्दै जीर्ण कारागार पछिल्लोपटक थेग्न नसक्दा भत्किएको प्रजिअ भवानीप्रसाद पराजुलीले बताए । मर्मतका लागि थप बजेट माग गरेका छौ, निकासा भएको छैन, उनले भने ।

जिल्लाका कैदीलाई छिमेकी तम्घास र कपिलवस्तु लैजाने गरिन्छ । जाँचबुझका लागि ओहोरदोहोर गराउन एक कैदीलाई १० हजारभन्दा बढी खर्च लाग्छ । तर सरकारले उक्त खर्च नदिँदा संकट पर्ने गरेको छ, घिमिरेले भने, भवन पुन निर्माण र मर्मतका लागि बारम्बार माग गर्दासमेत सुनुवाइ भएन ।

कारागार भवन ३५ रोपनी जग्गामा छ । यहाँ पाँच कर्मचारी कार्यरत छन् । १३ कोठामध्ये पियन हाकिम बस्ने र कार्यालय सञ्चालनका लागि चार कोठामात्रै प्रयोगमा छन् ।

---------

(सहायक समाचार स्रोत- कान्तिपुर(वीरेन्द्र केसी )काठमाडौं )

अर्घाखाँचीबाट रुपेन्देहीतर्फ आउँदै गरेको जिपले किचेर बालिकाको मृत्यु

सन्धिखर्क, अर्घाखाँची - जिपले च्यापेर रुपेन्देही जिल्लाको नयाँगाउँ गाविसकी ६ वषर्ीया बालिका भीष्मा आचार्यको शनिबार ज्यान गएको छ ।

अर्घाखाँचीबाट नयाँगाउँतर्फ आउँदै गरेको लु१ज. १२१८ नम्बरको जिपले किचेर उनको ज्यान गएको हो ।

सडकमा खेलिरहेका बेला जिप पछाडि ल्याउने क्रममा च्यापिएकी आचार्यको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

अर्घाखाँचीमा विद्यालय व्यवस्थापन समिति समेत दलहरूको भागबन्डामा

सन्धिखर्क, अर्घाखाँची - शिक्षालाई राजनीतिमुक्त क्षेत्र बनाउनुपर्ने माग उठिरहेका बेला यहाँ दलहरूले विद्यालय व्यवस्थापन समितिका पदाधिकारी समेत भागबन्डा गर्न थालेका छन् ।

जिल्लामा क्रियाशील ठूला चार दलले अधिकांश विद्यालयमा अभिभावकलाई समेत जानकारी नदिई सदरमुकामबाटै व्यवस्थापन समितिको अध्यक्ष र सदस्य बाँडफाँड गरेका हुन् । सदरमुकाममा दलका नेताहरू बसेर विद्यालय आपसमा भागबन्डा गरेर कार्यकर्तालाई समितिमा मनोनयन गरेका हुन् ।

शिक्षा नियमावलीलाई मिचेर सहमतिका नाममा गरिएका व्यवस्थापन समितिमा दलका नेता बसेका छन् । दलको संयन्त्र बनाई बाँडिएका अधिकांश विद्यालयका व्यवस्थापन समितिमा अध्यक्ष र सदस्य भएका दलका नेताहरू अभिभावक भने होइनन् । शिक्षा ऐनले व्यवस्थापन समितिको अध्यक्ष वा सदस्य हुन अध्ययनरत विद्यार्थीको अभिभावक हुनुपर्ने अनिवार्य व्यवस्था गरेको छ ।

सदरमुकामको जनज्योति उच्च माविमा कांग्रेसका जिल्ला सभापति पीताम्बर शर्मा, भगवती उच्च माविमा एमालेका जिल्ला सदस्य कुलदीप भुसाल समितिको अध्यक्ष भएका छन् । त्यस्तै गाउँका धेरै विद्यालयमा दलका नेता र कर्मचारी बसेका छन् । जिल्लाको बाँगी गाविसको शान्ति माविमा माओवादीका मगरात राज्य समिति सदस्य एवं जिल्ला इन्चार्ज चन्द्रबहादुर खडका, शान्ति उमावि धारापानीमा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य सागर केसी, विद्याविनय निमाविमा जनमोर्चाकै केन्द्रीय सदस्य शेरबहादुर बीसी छन् ।

दलले मनोमानी रूपमा भाग बाँडेर आफ्ना कार्यकर्तालाई टीको लगाएर अभिभावक चुनिएको भन्दै घोषणा गरेपछि अभिभावकले असन्तुष्टि जनाएका छन् । कांग्रेसका जिल्ला उपसभापति विष्णु मुस्कानले भने व्यवस्थापन समितिमा दलीय भागबन्डा नभएको दाबी गरे । दलका नेता समितिमा बस्न केही फरक पर्दैन, उनले भने ।

कर्मचारी पदाधिकारी घोषित

केही विद्यालयका व्यवस्थापन समितिमा कर्मचारीसमेत बसेका छन् । यशोधारा निमाविमा जिल्ला शिक्षाका कार्यालय सहायक बुद्धिराम गैरे, बाल प्रावि तुमकोटमा जिल्ला स्वास्थ्यका लेखापाल यमप्रसाद श्रेष्ठ, भगवती प्रावि बाङलामा स्रोत व्यक्ति नमबहादुर सिंह, पार्वती निमावि पटुबाथुममा जिविसका लेखापाल ठाकुरप्रसाद श्रेष्ठ अध्यक्ष बनेको स्रोतले जनाएको छ । अध्यक्ष भएका कर्मचारीका कोही बालबालिका ती विद्यालयमा पढ्दैनन् । उनीहरूले आफ्ना छोराछोरी बोर्डिङमा पढाएका छन् ।

जिल्लाका २१ उमावि, ६१ मावि, ५१ निमावि २ सय ८८ प्राविमध्ये ३ मावि र २ उच्च माविमा दलबीच भागबन्डा नमिलेर व्यवस्थापन समिति गठन हुन सकेको छैन ।

समिति गठन गर्दा अभिभावकलाई जानकारी दिइँदैन । दलका चार जना नेता बसेर आफ्ना कार्यकर्तालाई मनोनयन गरेको घोषणा गरेपछि बल्ल थाहा पाइन्छ, स्थानीय अभिभावक कृष्ण क्षेत्रीले भने, सर्वदलीयले निर्णय गरेपछि कोही बोल्न पाउँदैनन् ।

दलीय आधारमा दलका नेता व्यवस्थापन समितिमा बस्ने व्यवस्था कानुनमा नभएको जिल्ला शिक्षा अधिकारी विष्णुबहादुर द्वारेले बताए । गाउँबाट बनाएर ल्याएपछि हाम्रो केही लाग्दैन ।

---------

(सहायक समाचार स्रोत- कान्तिपुर(वीरेन्द्र केसी )काठमाडौं )

दुर्घटनाको बिषयलाई लिएर गरिएको अर्घाखाँची जिल्ला बन्द आह्वान फिर्ता

सन्धिखर्क, अर्घाखाँची - दुर्घटनाको बिषयलाई लिएर गरिएको अर्घाखाँची जिल्ला बन्द आह्वान फिर्ता लिएको छ ।

एक बालिकालाई मोटरसाइकलले ठक्कर दिएको विरोधमा स्थानीय युवाले हल्ला गरेपछि भएको सन्धिखर्क बन्द हल्लैपछि खुलेको छ। बालिकाको उपचार गर्ने सहमति भइसकेको र ठक्कर दिनेलाई पनि पक्राउ गरिसकेको अवस्थामा त्यत्तिकै अर्घाखाँची सदरमुकाम बन्द भएको थियो।

कसले र किन बन्द गराएको भन्दै एमालेको युथफोर्स र माओवादीको वाइसिएल कार्यकर्ताले बजारमा हल्ला गर्न थालेपछि बजार स्वत: खुलेको थियो।

४ वर्षीय अंगीता अधिकारीलाई छन्दे नेपाली भन्ने व्यक्तिले चलाएको मोटरसाइकलले ठक्कर दिएको थियो। बन्दकर्ताले बजार र यातायात बन्द गराएका थिए।

प्रशासन र घटनाका पीडितबिच सहमति भएपछि बन्द आह्वान फिर्ता लिइएको हो । मोटरसाईकलको ठक्करबाट बालिका अंकिता अधिकारी घाइते भएपछि बालिकाका आफन्त र स्थानियबासीले क्षतिपूर्ति माग गर्दै सदरमुकाम बन्द गरेका हुन् ।

घाइते बालिकाको सदरमुकाम सन्धिखर्कमा उपचार भइरहेको छ भने मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

राजनीतिक कारणले जुकेना पशुसेवा उपकेन्द्र दुई बर्ष देखी कर्मचारी विहीन

सन्धिखर्क, अर्घाखाँची - राजनीतिक कारणले अर्घाखाँची जिल्लाको जुकेना पशुसेवा उपकेन्द्र दुई बर्ष देखी कर्मचारी विहीन बनेको छ।

जिल्लाको दुर्गम गाबिस भएको सो क्षेत्रमा कर्मचारी जान नमानेका कारण दुई बर्ष सम्म कर्मचारी विहीन बनेको बताइएको छ।

स्थानिय बासिन्दाले भने जिल्ला पशुसेवा कार्यालयले लापरबाही गरेको आरोप लगाएका छन।

दीभर्ना-३ अर्घाखाँचीका मानसिंह खत्रीको कतार-पानी जहाज दुर्घटनामा मृत्यु

सन्धिखर्क, अर्घाखाँची - जुन ३० को बिहान कतारको समुद्रमा दुर्घटना परेको पानी जहाजबाट दीभर्ना-३ अर्घाखाँचीका मानसिंह खत्री सहित १० हराइरहेका छन। भने दुई जना नेपालीको शव प्राप्त भएको छ।

दोहामा स्थानिय सञ्चारमाध्यमहरूले सबैको मृत्यु भईसकेको बताएका छन।

दीभर्ना-३ अर्घाखाँचीका मानसिंह खत्री सहित सबैको अवस्था अझै अज्ञात रहेको छ भनी बताइएता पनि यसअघि त्यहाँको परराष्ट्र मन्त्रालयले सबैको शव फेला परेको जनाएको थियो ।

मानसिंह खत्री कतार आएको के-कति समय भयो केही थाहा हुन सकेको छैन, उहाको पासपोर्ट नम्बर २३७३५२१ रहेको छ।

दीभर्ना-३ बासी मानसिंह खत्री अर्घाखाँचीड.ट्कम्का नियमित पाठक हुनहुन्छ।

संयुक्त अरब इमिरेट्सको दुबईबाट कतारको दोहातर्फ आइरहेको पानीजहाज दोहा पर्सियन सागरमा डुबेको थियो। जहाजमा ३५ जना थिए ।

दोहा-दुबईबीच फैलिएको झन्डै एक हजार किलोमिटर लामो पर्सियन -मृत) सागरमा सञ्चालित पानीजहाज मंगलबार बिहान बेपत्ता भएको हो ।

संयुक्त अरब इमिरेट्स -यूएई) स्थित एचबीके पावर क्लिनिङ कम्पनीले कामदारलाई कतारस्थित आफ्नै कम्पनीमा ल्याउँदै गरेका बेला जहाज दुर्घटना भएको थियो । जहाजमा यात्रारतमध्ये २४ जना एचबीके कम्पनीकै कामदार, २ हजाजकर्मी र २ जना क्याटरिङ स्टाफ रहेको दोहाबाट प्रकाशित हुने गल्फ टाइम्स दैनिकले जनाएको

छ । तीमध्ये १२ नेपाली, ११ भारतीय र एक बंगलादेशी रहेको समाचारमा उल्लेख छ ।