20090806

माथि देखिएको बिज्ञापनलाई दैनिक १० पटक सम्म क्लिक गरि सहयोग गरिदिनुहोला।

सुपाखोलामा नयाँ पुल बन्न नसक्दा यातायात संचालनमा कठिनाई

सन्धिखर्क, अर्घाखाँची - गोर्सिङ्गे सन्धिखर्क सडकको सुपाखोलामा हालसम्म नयाँ पुल बन्न नसक्दा यातायात संचालनमा कठिनाई भएको भनी सर्वत्र आवाज उठिरहेको बेला पुलको कामकार्बाहीको अनुगमन गर्न जिल्ला प्राशासन कार्यालयमा बसेको सर्वपक्षिय भेलाले एक अनुगमन समितिको गठन गरेको छ।

भेलाले बिष्णु मुस्कानको संयोजकमा ५ सदस्यीय अनुगमन समिति गठन गरेको थियो। समितिमा ठाकुर कुमार बिक, यमुना भुसाल, व्यवसायी युवराज श्रेष्ठ, जिल्ला प्रशासन र जिबिसका प्रतिनिधी छन। अनुगमन समितिले सुपाखोलामा पुगेर अनुगमन सुरु गरेको छ।

सुपाखोलाको पुरानो पुल भत्काएको ८ महिना बितिसक्दा पनि ठेकेदारले नयाँ पक्कीपुल बनाउने तर्फ कुनै ध्यान नदिदा पानी परेको समयमा यातायात बन्द गर्नुपर्ने र अन्य समयमा पनि यातायातका साधनले ५० प्रतिशत कमी सामान ढुवानी गर्नुपर्ने बाध्यता रहेको छ।
---
@ www.arghakhanchi.com

सन्धिखर्कका सडकहरुमा घडेरी प्लाटिङका कारण स्थानिय बासिन्दाहरुलाई ठुलो सास्ती

सन्धिखर्क, अर्घाखाँची - सदरमुकाम सन्धिखर्क स्थित गुण्टी खोलाको सडकमा घडेरी प्लाटिङ गर्नेहरुका कारण सडकमा माटो थुप्रिदा सडकमा आवाजजावात गर्नेहरुमा ठुलो सास्ती व्यहोर्दै आएका छन।

सन्धिखर्क गोर्सिङ्गे सडकको उद्ग गम स्थल सन्धिखर्क बसपार्कको पाँच सय मिटर नजिकैको पक्की सडकमा माटो थुप्रिदा भएको हिलोका कारण स्थानिय बासिन्दाहरुले हिडडुल गर्न र सवारी चालकहरुले सवारीका साधनहरु संचालन गर्न ठुलो सास्ती व्यहोर्नु परेको हो।

सडक पक्की नहुँदा हिलो र धुलोका कारण सास्ती व्यहोरेका स्थानिय बासिन्दाहरु सडक पक्की भएपछि पनि समस्याबाट मुक्ती पाउन नसक्दा हैरानीमा परेका बताउनछन।

स्कुल र क्याम्पस पढन जाने बिधार्थीहरुको पनि प्रमुख बाटो नै यही सडक भएकोले दैनिक जसो हजारौ मानिस हिलोमा चिप्लिएर लडने, सवारीका साधनहरु हिलोमा फस्ने गरेको देख्न पाईन्छ। हिलोले कपडा बिग्रनुलाई त यहाँ सामान्य नै मान्ने गरेको स्थानिय बासिन्दाको भनाइ छ।

व्यक्तिगत प्रयोजनका निम्ती सडकमा अवरोध पुर्याएको महिनौ बितिसक्दा पनि स्थानिय प्रशासनको चासो नपुग्दा स्थानिय बासिन्दाहरु आक्रोसित बनेका छन।
---
@ www.arghakhanchi.com

सन्धिखर्कमा मुल्य वृद्धि नियन्त्रण सम्बन्धी छलफल कार्यक्रम सम्पन्न‏

सन्धिखर्क, अर्घाखाँची - जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको आयोजनामा सदमुकाम सन्धिखर्कमा मुल्य वृद्धि नियन्त्रण सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा सहभागीहरुले अप्रत्यासित रुपमा महंगी बढेको, मुल्य नियन्त्रण तथा अनुगमन निकाय मौन रहेको, पसल पिच्छे सामानको मुल्य फरक हुने गरेको गुनासो गरेका थिए।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य सागर के।सी, नेपाली काग्रेसका जिल्ला उपसभापती बिष्णु मुस्कान, नेकपा एमालेका जिल्ला सचिवालय सदस्य रामजी प्रसाद घिमिरे, माओवादीका बाबुराम बिक, राप्रपाका जिल्ला अध्यक्ष देवीबहादुर खड्का, राष्ट्रिय जनमोर्चाबाट निष्कासित भएकी जिल्ला नेता यमुना भुसाल, समाजसेवी कुलदिप भुसाल, उद्योग बाणिज्य संघका जिल्ला सचिव नेत्रप्रसाद भुसाल, पत्रकार महासंघका जिल्ला अध्यक्ष निम बहादुर रिजाल, समुदायिक रेडियो अर्घाखाँचीका स्टेशन मेनेजर बिष्णु आचार्य, उपभोक्ता संरक्षण मन्चका सचिव श्रीकृष्ण भुसाल लगायतका वक्ताहरुले प्रत्येक पसलमा मुल्यसुची टास गर्नुपर्ने, कालोबजार र कृतिम अभाव सिर्जना गर्ने माथि कडा कार्वाही गर्नुपर्ने, बजार अनुगमनको व्यवस्था मिलाउनु पर्ने, सामानको नापतौल र गुणस्तरमा ध्यान दिनुपर्ने बताउनु भएको थियो।

कार्यक्रम प्रमुख जिल्ला अधिकारी भवानी प्रसाद पराजुलीको अध्यक्षतामा सम्पन्न भएको थियो। अर्घाखाँची लगायत नेपालभर बढ्दो महँगीका कारण सर्वसाधारणलाई मर्का परेको भन्दै राष्ट्रिय जनमोर्चाले मात्र नियन्त्रणका लागि अभियान थालेको समाचारमा उल्लेख छ।
---
@ www.arghakhanchi.com

क्रान्तिकारीको अर्घाखाँचीमा संगठन विस्तार अभियान, अन्य दलका विधार्थीले प्रतिकार गर्ने‏

सन्धिखर्क, अर्घाखाँची - अनेरास्वियु क्रान्तिकारी अर्घाखाँचीले २ महिने संगठन निर्माण तथा सुद्रढीकरण अभियान बनाएर जिल्लाका सबै क्याम्पस, उच्च मावि र माध्यामिक विद्यालयसम्म पुग्ने भएको छ।

क्रान्तिकारीले अभियानको क्रममा अन्तरक्रिया, छलफल, प्रशिक्षण, सदस्य वितरण, नविकरण तथा संगठन निर्माण एवम पुर्नगठन गर्ने जनाएको छ।

क्रान्तिकारी अर्घाखाँचीको सन्धिखर्कमा सम्पन्न बैठकले अभियान संचालन तथा संगठन सुद्धढीकरणका लागि इलाका स्तरका १२ वटा कमिटी निर्माण गर्नुका साथै कार्ययोजना समेत बनाएको छ।

तर उता अन्य राजनीतिक दलहरुका विधार्थी संगठनहरुले सदस्य वितरण, संगठन पुर्नगठन तथा विस्तार अभियानका नाममा क्रान्तिकारीले क्याम्पस, विद्यालयहरुमा गई दवाव दिएर अन्य दलहरुका विधार्थीहरुलाई सदस्य वितरण गर्ने लगायत अन्य जबर्जस्तीका कार्य गरेमा त्यसको प्रतिकार गर्ने बताएका प्राप्त समाचारमा जनाइएको छ।
---
@ www.arghakhanchi.com

20090803

अर्घाखाँचीका सबै गाबिसहरुमा खुशीयालीका साथ जनैपूर्णिमा पर्व मनाइयो

सन्धिखर्क, अर्घाखाँची - श्रावण शुक्ल पूर्णिमा अथवा ऋषितर्पणी (जनै) पूर्णिमा अर्घाखाँचीका सबै गाबिसहरुमा हिन्दु धर्मावलम्बीहरुले नाडीमा रक्षाबन्धन बाँधेर र जनै फेरेर मनाइयो।


नाडीमा रक्षाबन्धन बाँध्दा दैत्यराज बलीको दानशीलता र सत्यनिष्ठा स्मरण गराउने …यनबद्धो बलि राजा दानबद्धो महाबल: त्वेनत्वांम प्रतिबध्नामि रक्षामा चलमा चल:… भनेर मन्त्रोच्चारण गर्ने चलन छ।
रक्षाबन्धनको डोरीले सुरक्षा गर्ने मानिन्छ। जनै लगाउनेहरुले ऋषिहरुको सम्झना गर्दै नजिकको खोला, धारामा पुगेर माटो, गोबर, कुश, खरानी र अपमार्गले स्नान गरी नयाँ जनै (यज्ञोपवित) धारण गर्ने गर्छन्।

रक्षाबन्धन दिन देखि अर्घाखाँचीका ४२ वटै गाबिसहरुमा तिजका गीतहरु गाउँने गर्दछन, रातदिन गाउँ - गाउँहरुमा मादलहरु बजेका सुनिन्छन।


जनैपूर्णिमा पर्वमा कश्यप, अत्रि, भारद्धाज, गौतम, जमदग्नी, वशिष्ठ र विश्वामित्र सप्तऋषीलाई तर्पणसमेत दिइने गरिन्छ। जनै फरिने हुनाले जनै पूर्णिमा र ऋषिलाई तर्पण दिइने भएकाले यस दिनलाई ऋषिपूर्णिमा भनिएको हो।


पौराणिक मान्यताअनुसार, रक्षाबन्धनको सम्बन्ध दानवी शक्तिबाट लखेटिएका देवताहरुलाई इन्द्रका गुरु बृहस्पतीद्धारा रक्षाबन्धन तयार गरी जोगाइएको र वामन अवतार विष्णुद्वारा दैत्यराज बलीलाई बचनवद्ध गराई तीनै लोक प्राप्त गरेको स्मृतिसँग जोडिएको छ।

जनै पूर्णिमा बाँधिएको डोरो गाई तिहारको दिन गाईको पुच्छरमा बाँधिदिए मृत्युपछि वैतरणी नदी पार हुने मान्यता छ।

---
@ www.arghakhanchi.com

धारापानी-७ ठुलाखर्क निवासी नारायण भाटको भारतको काल्काजीमा हत्या

सन्धिखर्क, अर्घाखाँची - अर्घाखाँची धारापानी-७ ठुलाखर्क निवासी नारायण भाटको भारतको काल्काजीमा हत्या भएको छ ।

भाट बिगत दुई महिनादेखि दिल्लीको काल्काजी स्थित E-97 काल्काजी मेनमा कार्यरत रहेको र मिती २ अगष्ट, ०९ का दिन बिहान उनकै कोठामा मृत शरिर भेटिएको थियो।

हत्या गरिएको आशङ्का गरिए तापनि मृत्‍युको कारण भने अझै खुल्न नसकेको र अनुसन्धान भने जारी राखेको स्थानिय प्रहरीले बताएको प्राप्त समाचारमा जनाइएको छ।

यसैगरी नेकपा मसाल निकट अखिल भारत नेपाली एकता समाजले पछिल्लो समयमा नेपालीहरुश्रको हत्या हुने क्रम बढेको भन्दै निष्पक्ष छानबिनको माग गरेको समाचारहरुमा उल्लेख गरिएको छ।

--------
@ www.arghakhanchi.com

20090802

एक हप्ता मै पाल्पाका चिकित्सकको लापारबाहीमा अर्घातोषका दुई महिलाको मृत्यु‏

सन्धिखर्क/पाल्पा - पाठेघरको शल्यक्रिया गरिएकी अर्घातोषकी ७६ बर्षिया कुन्तादेवी बन्जाडेको आइतबार लुम्बिनी मेडिकल कलेज, पाल्पाका चिकित्सकको लापारबाहीले मृत्यु भएको छ र चिकित्सकको लापारबाहीले बन्जाडेको मृत्यु भएको आरोप लगाउँदै पीडितले नाराबाजी गरेपछि अस्पताल तनावग्रस्त बन्न पुगेको थियो।

साताभित्र दुई पटकसम्म शल्यक्रिया गरेपछि मृत्यु भएकी महिलाका आफन्तले घटनाको छानबिन गरी कारबाहीको माग राख्दै अस्पताल घेराउ गर्नुका साथै शव बुझ्न अस्वीकार गरेका थिए ।

अस्पतालमा साताअघि पनि अर्घातोषकी एक महिलाको पाठेघरको शल्यक्रियापछि मृत्यु भएको थियो ।

एक महिलाको मलामी गएको साता नबित्दै अर्की महिलाको मृत्यु भएपछि गाउँले आक्रोशित बनेका हुन् । उनीहरूले शनिबार र आइतबार लुम्बिनी मेडिकल कलेजमा घेराउसमेत गरे । अस्पताल प्रशासन घेराउ गरेका आफन्तले डाक्टरको लापरबाहीले बिरामीको मृत्यु भएको आरोप लगाउँदै घटनाको छानबिनको माग गरेका छन् ।

एक महिनाअघि पाठेघरको शल्यक्रिया गर्दा ११ वटा पत्थरीसमेत निकालिएको दाबी गर्दै अस्पतालले लापरबाही लुकाउने प्रयास गरेको मृतक कुन्तादेवीका छोरा टीकाराम बन्जाडेले बताए ।

अल्ट्रा साउन्ड गर्दा केही देखिएन भन्छन्, अनि अप्रेसन गर्दा ११ वटा पत्थरी कसरी देखियो, मृतक बन्जाडेका आफन्त भीमार्जुन पाण्डेले भने, सानो पत्थरी भए पनि हुन्थ्यो, ठूलो ठूलो छ, यस्तो पनि अल्ट्रासाउन्डमा नदेखिने हुन्छ र ?

कुन्तादेवीको पहिलो शल्यक्रियापछि घाउ निको नभएपछि सातापछि पुनः दोस्रो शल्यक्रिया गरिएपछि बिरामीको अवस्था नाजुक भएर मृत्यु भएको थियो ।

हामीले पहिलो अप्रेसन गरेपछि घाउबाट पिप बग्न नरोकिएपछि नै रिफरका लागि भनेका थियौं तर मानेनन्, छोरा टीकारामले भने, डाक्टरले यहीँ निको हुन्छ भनेका थिए तर मृत्यु भयो ।

लुम्बिनी मेडिकल कलेजले पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय, पोखरासँगको सहकार्यमा पाठेघर खस्ने रोगको निःशुल्क शल्यक्रिया गरिएको थियो । विभिन्न जिल्लाबाट यहाँ पाठेघर खस्ने समस्याको शल्यक्रिया गर्न आउँछन् ।

यस क्षेत्रमा १ हजार ५ सय पाठेघरका बिरामी भएका र सरकारले निःशुल्क शल्यक्रियाका लागि विभिन्न निजी अस्पताललाई अनुमति दिएको छ । कलेजमा ६ सय बिरामीको शल्यक्रिया गरिएको कलेजका अध्यक्ष गोपालबहादुर पोखरेलले बताए ।

सयौंको अप्रेसन गर्दा केही नहुने, दुईवटै अर्घाखाँचीका पर्न गए, कलेजका मेडिकल सुपरिटेन्डेन्ट डा. सुदर्शनलाल प्रधानले भने, यस्तो अवस्था आउला भन्ने कल्पनासमेत थिएन । बिरामीलाई बचाउन खोज्दाखोज्दै दुर्घटना भएको उनले बताए । अस्पतालले भने डाक्टरको लापरबाहीले गर्दा बिरामीको मृत्यु भएको भन्ने स्विकार्न चाहेन । अबका दिनमा यस्ता गल्ती कमजोरी हुने छैनन्, अध्यक्ष पोखरेलले भने, अहिले पनि गल्ती हो वा होइन हामीले यसबारेमा छानबिन गर्नेछौं ।

@ नेपाली संचार माध्यमहरु

--------
@ www.arghakhanchi.com

नेपाल प्रेस युनियन अर्घाखाँचीले श्रमजिवी पत्रकार ऐन लागु गर्न माग गर्दै ज्ञापनपत्र‏

नेपाल प्रेस युनियन अर्घाखाँची शाखाले जिल्लाका बिभिन्न संचार गृहहरुलाई श्रमजिवी पत्रकार ऐन २००६ लाई अनिवार्य रुपमा लागु गर्न ज्ञापन पत्र बुझाएका छ।

नेपाल सरकार सुचना तथा संचार मन्त्रालयले २०६६ साल बैशाख १ गतेदेखि लागु गर्ने गरी शम पत्रकारी ऐन लागु गरेपछि अर्घाखाँची जिल्लामा पनि अनिवार्य रुपमा सो एन लागु गर्न नेपाल प्रेस यूनियन अर्घाखाँची शाखाले रेडियो अर्घाखाँचीमा पनि ज्ञापन पत्र बुझाएको थियो।

विगतमा पत्रकारले आफ्नो ज्यानलाई जोखिममा राखी पत्रकारिता गर्दा न्युन पारिश्रमिक उपलब्ध गराई पत्रकारहरुको श्रम शोषण हुने गरेको भन्दै त्यसको न्युनिकरण गर्न यो ऐन लागु भएको हो।

नेपाल प्रेस यूनियन अर्घाखाँची शाखाले यस जिल्लामा श्रमजीवि पत्रकार ऐन लागि नभएको निरन्तररुपमा सं।गठानिक रुपमै अनुगमन गर्न समेत ज्ञापन पत्रमा उल्लेख छ।

ज्ञापन पत्र बुझ्नु हुँदै सामुदायिक रेडियो अर्घाखाँची कार्य समिति अध्यक्ष बिष्णु मुस्कानले श्रमजीवी पत्रकार ऐन अर्घाखाँची एफ.एममा लागु गर्न प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो।

--------

@ www.arghakhanchi.com

एमालेको छैठौ जिल्ला अधिवेशन असोज २३ र २४ गते सन्धिखर्कमा हुने

सन्धिखर्क, अर्घाखाँची - नेकपा एमाले अर्घाखाँचीको छैठौ जिल्ला अधिवेशन असोज २३ र २४ गते सन्धिखर्कमा हुने भएको छ।

एमालेले पार्टीको जिल्ला अधिवेशन सम्पन्न गर्नको लागि जनार्दन खनालको संयोजकत्वमा ८० सदस्यीय जिल्ला संगठन कमिटी चयन गरेको छ। कमिटिको २२ सदस्यीय जिल्ला सचिवालयको समेत गठन गरेको छ।

सचिवालयमा नरेन्द्र कुमार क्षेत्री, पिताम्बर भुसाल, रामजी प्रसाद घिमिरे, बुद्धिराम भुसाल, पिताबर सारु, धुर्व पाण्डे, बुद्धिबहादुर रायमाझी, जीवनारायण कोइराला, पिताम्बर भुसाल(ख), दधिराम आचार्य, भविश्वर पाण्डे, दलबहादुर भट्टराई, शालिकराम आचार्य, पवित्रा पौडेल, बोमबहादुर बिक, रुद्ध पोखेरेल, धुर्व के.सी, खेमराज खनाल, कुटमदिन अली, कृष्ण पौडेल र खगेश्वर पन्थी लगायत हुनुहुन्छ।

एमालेले अधिवेशनको लागि भाद्र १० गतेसम्म सदस्यता वितरण तथा नविकरण गर्ने, भाद्र मसान्तसम्म सबै गाबिसमा गाउँ अधिवेशन सम्पन्न गर्ने, असोज २ गते निर्वाचन क्षेत्र न- १ र असोज ३ गते निर्वाचन क्षेत्र न- २ को अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको नेकपा एमाले अर्घाखाँचीद्धारा पार्टी कार्यालय सन्धिखर्कमा आयोजित पत्रकार सम्मेलनमा जनाइएको थियो।

--------

@ www.arghakhanchi.com

अर्घाखाँचीका बागी,सिद्धारा र पणेना गाबिसमा थप तीन उच्च मावि संचालन

सन्धिखर्क, अर्घाखाँची - अर्घाखाँची जिल्लामा यस वर्ष देखि ३ वटा माध्यमिक विद्यालयको स्तर व् द्धि गरी माध्यमिक विद्यालय संचालन गरिएको छ।

उच्च मावि संचालन गरिएका विद्यालयहरुमा शान्ती मावि बागी, जनजाग्रीति मावि सिद्धारा र नेरा मावि पणेना छन। यसवर्ष संचालित ३ वटा उच्च मावि समेत जिल्लामा सन्चालित उच्च माध्यमिक विद्यालयको सन्ख्या २५ पुगेको छ।

स्थानिय बासिन्दाहरुको प्रयासबाट सन्चालित यि उच्च माविहरु गाबिसको आर्थिक अनुदान, समुदायिक वनहरुको आम्दानीका अतिरिक्त गाउँ- गाउँमा चन्दा सन्कलन गरी स्थापना गरिएको स्थानिय बासिन्दा र् उच्च माविका संचालकहरुले बताएका छन।

--------

@ www.arghakhanchi.com

अर्घाखाँचीका स्वास्थ्यकर्मीको अधिवेशन सम्पन्न,सेवालाई सर्वसुलभ बनाउन आग्रह

सन्धिखर्क, अर्घाखाँची - अखिल नेपाल प्रगतिशील जनस्वास्थ्य कर्मी संघ एकिकृत अर्घाखाँचीको प्रथम जिल्ला अधिवेशन सदमुकाम सन्धिखर्कमा सम्पन्न भएको छ।

कार्यक्रममा मन्तव्य राख्ने वक्ताहरुले जनताको स्वस्थ जीवन पाउने अधिकारप्रति राज्य उदासिन भएको बताउदै स्वास्थ सेवालाई सर्वसुलभ बनाउन आग्रह गरेका थिए।

शंकर पाण्डेको अध्यक्षता सम्पन्न कार्यक्रममा जिल्ला स्वास्थ कार्यालयका प्रमुख डा, चित्र प्रसाद शर्मा वाग्ले, औषधि व्यवसायी संघका जिल्ला अध्यक्ष नारायण प्रसाद पौडेल, नेपाल राष्ट्रिय कर्मचारी महासंघका जिल्ला अध्यक्ष उमानाथ पौडेल, नेपाल स्वास्थ प्राविधीक संघका अध्यक्ष शोभाखर पोख्रेल, नेपाल निजामती कर्मचारी संघठनका पिताम्बर अर्याल, नेपाल पत्रकार महासंघका जिल्ला सचिव शोभाखर पन्थी, रुपलाल पन्थी लगायतका वक्ताहरुले मन्तव्य राख्न्नु भएको थियो।

--------

@ www.arghakhanchi.com

नेपाल प्रेस युनियन जिल्ला शाखा अर्घाखाँचीको दोश्रो साधारणसभा सम्पन्न

सन्धिखर्क, अर्घाखाँची - नेपाल प्रेस युनियन जिल्ला शाखा अर्घाखाँचीको दोश्रो साधारणसभा विपी स्मीती भावन सन्धिखर्कमा सम्पन्न भएको छ।

नेपाल प्रेस युनियन जिल्ला शाखा सभापति हरि बहादुर खड्काको अध्यक्षमा भ्एको कार्यक्रममा नेपाली काग्रेस जिल्ला कार्यलय समितिका उप सभापति विष्णु प्रसाद खनाल, सह- सचिव बाबुराम पौडेल, सदस्यहरु सकिर मिया, कृष्ण प्रसाद खनाल,दलित संघका केन्द्रिय उपाध्यक्ष कमल विक, उधोग वाणिज्य संघका सचिव नेत्र प्रसाद भुसाल, नेपाल पत्रकार महासघका जिल्ला शाखा अर्घाखाँचीका सभापति निम बहादुर रिजाल, रेडियो अर्घाखाँचीका स्टेशन म्यानेजर बिष्णु प्रसाद आचार्य, पाणीनी क्याम्पस ने वि संघ अध्यक्ष मेघराज पाण्डे लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो।

शुभकामना मन्तव्यको क्रममा प्रमुख अतिथी बिष्णु प्रसाद खनाल मुस्कानले पत्रकारहरुले एकजुट भएर कलम चलाऊनु पर्नेमा जोड दिनु भएको थियो।

--------

@ www.arghakhanchi.com

अर्घाखाँचीमा ग्रामीण सडक मर्मत र सुधारको काम सम्पन्न नहुँदै रकम निकासा

सन्धिखर्क, अर्घाखाँची - जिविसले विभिन्न ग्रामीण सडक मर्मत र सुधारको काम सम्पन्न नहुँदै रकम निकासा दिएको छ ।

काम नसकिँदै सकिएको नक्कली कागजात बनाई उपभोक्ता समिति र त्यसका अध्यक्षको नाममा रकम निकासा गरिएको जिविस स्रोतले जनायो । अर्थ मन्त्रालयले आर्थिक वर्षभित्रै काम सम्पन्न गर्न गत असार दोस्रो साता ६ वटा सडक मर्मत तथा सुुधारका लागि पठाएको ६४ लाख रुपैयाँ कामै नगरी भुक्तानी भएको हो । एमाले कार्यकर्ताको सिफारिसका आधारमा मन्त्रालयले जिविसमार्फत ती सडकका लागि रकम विनियोजन गरेको थियो ।

खगडी-चिवेक-पटैती हुँदै देउरालीको लागि पाँच लाख, बाँसाका रूख -मैदान) घर्तीखोरका लागि पाँच लाख मन्त्रालयले पठाएको थियो । यसैगरी डिर्भना गाविसको सिदुरे आँपका फुर्कामुनी र्फसेडाँडाका लागि चार लाख, गच्छे भालुवाङका लागि पाँच लाख, च्यानडाँडा खनदह डाँडाकटेरीका लागि २० लाख र घुम्ती पाल्पाका लागि २५ लाख रुपैयाँ आएको थियो । यी सबै सडकमा काम नभए पनि सम्पन्न भएको कागज तयार गरिएको छ ।

प्राविधिक प्रतिवेदनका आधारमा रकम भुक्तानी दिएका हौ स्थानीय विकास अधिकारी ताराबहादुर कार्कीले भने, हामीले कानुनी प्रक्रिया मात्रै हेर्ने हो । उनले राजनीतिक दलले भनेको आधारमा आफू चल्नुपर्ने र अर्कोतिर बजेट ढिलो आउने प्रवृत्तिले काम गर्न अप्ठेरो भएको बताए ।

एमाले जिल्ला सचिव जनार्दन खनालले जनतामा आएको रकम फि्रज हुन नदिन चेक काटेर राखेको बताए । खनालका अनुसार सबै ठाउँमा राजनैतिक दलको अनुगमन र काम सम्पन्न गरेपछि मात्र भुक्तानी दिइनेछ ।

(सहायक समाचार स्रोत- कान्तिपुर(वीरेन्द्र केसी )काठमाडौं )

--------

@ www.arghakhanchi.com

३० बर्षदेखि कार्यरत अर्घाखाँची जिबिसका प्राविधिकलाई सम्मानपुर्वक विदाइ

सन्धिखर्क, अर्घाखाँची - करिब ३० बर्ष देखि निरन्तर सेवारत जिल्ला बिकास समितिको कार्यालय अर्घाखाँचीका प्राविधिक मिस्त्री फर्सुराम श्रेष्ठलाई गत सोमवार दोसल्ला ओढाएर सम्मानपुर्वक विदाइ गरिएको छ।

निजामती सेवा एनमा ५८ बर्ष पुरा गरेका कर्मचारीलाई स्वत: अनिवार्य अवकाश गर्ने प्रावधान रहे बमोजिम उहालाई अवकाश प्रदान अरी विदाई गरिएको हो।

३६ बर्ष ३ महिना २५ दिन सेवा गरी अवकाश हुँदा स्थानिय बिकास अधिकारी ताराबहादुर कार्कीले श्रेष्ठलाई सम्मान स्वरुप दोसल्ला ओढाई टोपी प्रदान गर्नु भएको थियो भने जिविसका अन्य सम्पूर्ण कर्माचारीहरुले टिका तथा फुलमाला प्रदान गरी विदाई गरेका थिए।

विगतमा सरकारी प्राविधिक मिस्त्री पदमा कार्यरत कर्मचारी सेवा निर्व्रती हुँदा सो पद खारेज हुने निर्णय गरे बमोजिम उहाको अवकास सँगै जिविसको कार्यालय अर्घाखाँचीको प्राविधिक मिस्त्री पद पनि खारेज भएको प्राप्त समाचारमा बताइएको छ।

----

@ www.arghakhanchi.com

पाली गाबिसको सालझण्डी- बेलाहा देखि फुदवाङसम्मको मोटरबाटो निर्माणकार्य सम्पन्न

सन्धिखर्क, अर्घाखाँची - सालझण्डी - ढोरपाटन सडक खण्डको पाली बेलाहा हुँदै फुदवाङसम्मको साढे ५ किलोमिटर मोटरबाटो निर्माणकार्य सम्पन्न भएको छ।

नेपाल सरकारको करिब ४० लाख रुपैयाको लागतमा बाटो निर्माण भएको थियो। मोटर बाटोको चौडाई ७ देखि ८ मिटरसम्म भएको निर्मित सडकमा ठुला- ठुला सवारीका साधनहरु समेत सन्चालन गर्न सकिने बाटो निर्माण समितिका अध्यक्ष जाकीर हुसेनले बताउनुभयो।

----

@ www.arghakhanchi.com

१५ दिनदेखि अवरुद्ध हुँदै आएको अर्घा गाबिसको कार्यालय सुचारु

सन्धिखर्क, अर्घाखाँची - १५ दिनदेखि अवरुद्ध हुँदै आएको अर्घा गाबिसको कार्यालय सुचारु भएको छ।

गाबिस सचिब र स्थानिय राजनीतिक महिला संगठनहरुबिच आगामी बर्षको बजेटमा महिला बिकासको लागि ५ प्रतिशत बजेट छुट्टाउने सहमती भएपनि अबरुद्ध हुँदै आएको गाबिस कार्यालय सुचारु गर्ने सहमती भएको थियो।

स्थानिय ३ वटा महिला संगठनले सरकारी निती अनुसार महिलाको बिकासमा बजेट विनियोजन नगरेको बताउदै विगत १५ दिनदेखि गाबिस कार्यालयमा तालाबन्दी गदै आएको थियो।

----

@ www.arghakhanchi.com

राष्ट्रिय जनमोर्चाद्धारा अर्घाखाँचीमा बढ्दो महँगी नियन्त्रणका लागि अभियान थाल्ने

सन्धिखर्क, अर्घाखाँची - बढ्दो महँगीका कारण सर्वसाधारणलाई मर्का परेको भन्दै राष्ट्रिय जनमोर्चाले नियन्त्रणका लागि अभियान थाल्ने भएको छ ।

जनमोर्चा अर्घाखाँचीले सन्धिखर्कमा पत्रकार सम्मेलन गरेर महँगी विरोध अभियान सञ्चालन गर्ने जनाएको हो । मोर्चाले महँगी नियन्त्रण गनर्ुपर्ने माग राख्दै आइतबार प्रजिअमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

पत्रकार सम्मेलनमा मोर्चाका केन्द्रीय सदस्य सागर केसीले सरकारले कृत्रिम अभाव सिर्जना गरेर महँगी बढाएको बताए । पटकपटक बढेको महँगीले जनताको ढाड सेकिएको छ, उनले भने, कर्मचारीको मात्रै तलब बढाएर हुँदैन जागिर नभएका जनताले के खाने ? सरकार जिम्मेवार छैन ।


(सहायक समाचार स्रोत- कान्तिपुर (वीरेन्द्र केसी), काठमाडौं )

@ www.arghakhanchi.com

सन्धिखर्कमा राष्ट्रिय युवा नीतिका लागि सुझाव प्रकृया कार्यक्रम सुरु

सन्धिखर्क, अर्घाखाँची - अर्घाखाँची जिल्लामा क्रियाशील ४ युवा संगठनको आयोजनामा सदरमुकाम सन्धिखर्कमा राष्ट्रिय युवा नीतिका लागि सुझाव प्रकृया कार्यक्रम सुरुभएको छ।

कार्यक्रममा मन्तब्य राख्ने वक्ताअरुए निरन्कुश ब्यवस्थाको विरुद्दमा बलिदान गर्ने युवाहरुका अधिकारलाई सुनिश्चित गरिनुपर्ने बताएका छन।

यसरी मन्तब्य राख्नुहुनेमा राष्ट्रिय जनमोर्चाका जिल्ला प्रतिनिधि लगायत नेपाली काग्रेसका जिल्ला सदस्य कृष्णप्रसाद खनाल, नेकपा एमालेका जिल्ला सचिवालय सदस्य रामजी प्रसाद घिमिरे, नेकपा माओवादी मगरात राज्य समितीका सचिवालय बुद्दी जिसी, युवा नितिका लागि सुझाव सकलन केन्द्रिय प्रतिनिधि खेलराज पाण्डे, सहजकर्ता चिरन्जिवी पौडेल हुनुहुन्थ्यो ।

नेपाल तरुणदलका जिल्ला अध्यक्ष पिताम्बर खनालको अध्यक्षता, प्रजातान्त्रिक युवासंघका जिल्ला सचिव बाबुराम पन्थीको स्वागत मन्तब्य र योङ कम्युनिष्ट लिङ नेपालका आदर्श सौरागको सन्चालनमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघकाजिल्ला अध्यक्ष निम बहादुर रिजाल, समुदायिक रेडियो अर्घाखाँचीका बिष्णु आचार्य, सिर्जनशील अपाङ्ग बिकास केन्द्रका अध्यक्ष फर्सुराम पाण्डे, उधोग वाणिज्य संघक जिल्ला उपाध्यक्ष अशोक श्रेष्ठ, जिल्ला खेलकुद बिकास केन्द्रका उपाध्यक्ष विष्णु परिवार, नेपाल बार एशोसिएसनका चेतनारायण खनाल, नेपाल दलित संघका जिल्ला अध्यक्ष मणीराम परिवार, मुक्ती समाजक जिल्ला सचिव घनश्याम परिवार र लोक दोहोरी प्रतिष्ठानका उपाध्यक्ष जीवन परिवार हुनुहुन्थ्यो ।

उहाहरुले युवाहरुलाई अधिकार प्रदान गरी सिर्जनात्मक काममा लगाउनु पर्नेमा जोडदिनुभयो।

@ www.arghakhanchi.com

नेपालमै अहिले सम्मको सबैभन्दा ठुलो गुफा गोखुङामा भेटियो, हेर्नेहरुको भिड

सन्धिखर्क, अर्घाखाँची - अर्घाखाँची जिल्लाको गोखुङा गाबिस वार्ड न- ४ मा नयाँ गुफा भेटिएपछि हेर्नेहरुको भिड लागेको छ।

गोखुङाको ठाडी बान्ड्रेको भिरमा १ हप्ता अगाडि फेलापरेको गुफा हेर्न अर्घाखाँची, गुल्मी, प्युठानसम्मका मानिसहरुको भिड लागेको स्थानिय बासिन्दाहरुले बताएका छन।

गोखुङामा भेटिएको यो गुफा नेपालमै अहिले सम्मको सबैभन्दा ठुलो रहेको दाबी गरिएको छ।

करिब २ सय ५० मिटर लम्बाई र ३० देखि ५० मिटरसम्मको चौडाईमा फैलिएको गुफाभित्र बिभिन्न किसिमका आकृतिहरु देख्न्न पाइन्छ ।

गुफामा शिव, पार्वती, गणेश, देवी, नाग, सिंह, जटायु, मुरली बजाएका कृष्ण र गाईको थुनबाट तपतप दुध आएजस्तै पानी चुहिएको ढुङाको आकृति देख्न्न सकिन्छ।

नेपालमै सबैभन्दा ठुलो र आश्चार्य भनिएको सो गुफा दैनिक ३ सय जनाले अवलोकन गर्ने गरेका छन। गुफा हेर्न मानिसहरुको भिड लागेपछि गुफाको सरक्षण र प्रचार प्रसारको लागि स्थानिय बासिन्दाहरुले मनिराम खनालको अध्यक्षतामा १५ सदस्यीय गुफा व्यवस्थापना समितिको गठन गरेका छन। गठित समितिको उपाध्यक्षमा कृष्ण भुसाल, सचिव रामकृष्ण घिमिरे र कोषाध्यक्षमा ठाकुर प्रसाद खनाल चयन हुनुभएको छ। यसैगरी सदस्यहरुमा दुर्गा बेल्वासे, भुमबहादुर बाठा, लालमणि खनाल, दुर्गा खनाल, लोक बहादुर नेपाली, पूर्ण प्रसाद भुसाल, गुरुप्रसाद खनाल, सुदिप पन्थी, ईश्वेरी खनाल, लोकमणि खनाल र श्याम प्रसाद घिमिरे हुनुहुन्छ।

गठित समितिले गुफामा प्रवेश गर्ने व्यक्तीहरुसँग रु- १० का दरले प्रवेश शुल्क लिने जनाएको छ। गुफामा दैनिक नाचगान र भजनकृतन हुने गरेको स्थानिय बासिन्दाहरुको भनाइ छ।

@ www.arghakhanchi.com

एकीकृत माओवादी अर्घाखाँची संगठन निर्माण तथा सुद्ढीकरण अभियानमा

सन्धिखर्क, अर्घाखाँची - एकीकृत नेकपा (माओवादी) किमडाडा गाउँ कमिटी अर्घाखाँची संगठन निर्माण तथा सुद्ढीकरण अभियान लिएर वार्डमा पुगेको छ्।

एकीकृत माओवादीले प्रत्येक वार्डमा पार्टीको वार्ड कमिटी निर्माण गर्नुका साथै योङ कम्युनिष्ट लिग नेपाल, अनेम संघ क्रान्तिकारी, अखिल नेपाल किसान संघ क्रान्तिकारीको गठन गरेको छ्। अभियानको क्रममा भेला तथा प्रशिक्षक कार्यक्रम सम्पन्न गर्नुका साथै नव प्रवेशीहरुका लागि स्वागत कार्यक्रम समेत सम्पन्न गरिएको थियो।

अभियानमा माओवादी जिल्ला सचिवालय सदस्य कृष्णहरि भुसाल, ४ न- एरिया इन्चार्ज सुशिला, माओवादी जिल्ला सदस्य कमल भुसाल, हरी प्रसाद भुसाल, एसिएम निमबहादुर कुवर, सरस्वती भुसाल लगायतको नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो।

अभियानमा वार्ड न- १ मा राम प्यारी परिवारको अध्यक्षतामा ३९ सदस्यीय महिला कमिटी गठन गर्नुका साथै वार्ड न्- २ मा मिनकला कुवरको अध्यक्षतामा ४९, वार्ड न्- ६ मा रुकमाया घर्त्तीको अध्यक्षतामा ४९, सदस्यीय वार्ड कमिटीको गठन गरिएको माओवादी किमडाँडाले जनाएको छ्।

@ www.arghakhanchi.com