20090530

एमालेमा पहिरो, माओवादीमा ओइरो ? डा. डिल्लीराज खनाललको प्रेस विज्ञप्ति


नागरिक सर्वोच्चता कायम गर्नएकीकृत नेकपा माओवादीको नेतृत्वमा रहेको सरकारले राजीनामा दिएपछि विदेशी दलाल र प्रतिक्रियावादीका साथै नेपाली काँग्रेसको बुईचढेर एमाले सत्ताको बागडोर सम्हाल्न पुगेपछि पार्टीतहसनहस हुने भएको छ ।

एमाले पार्टीभित्रकै राष्ट्रवादी र नागरिक सर्वोच्चताका पक्षधर स्वाभिमानी कार्यकर्ताहरू पार्टीदेशी, विदेशी प्रक्रियावादीहरूको चङ्गुलमा फसेको बताउँदै सच्चा कम्युनिस्ट एकीकृत नेकपा माओवादी मात्र भएको ठहर गर्दैमाओवादीमा प्रवेश गर्नथालेपछि एमालेमा ठूलो पहिरो जाने क्रम सुरु भएको छ भने एकीकृत नेकपा माओवादीमा सच्चा राष्ट्रवादी र नागरिक सर्वोच्चताका पक्षधर नेता तथा कार्यकर्ताको ओइरो नै लाग्न थालेको छ ।

एमालेले कम्युनिस्टको नाममा प्रतिक्रियावादीको सेवा गरेको ठहर गर्दैएमालेका वरिष्ठ अर्थशास्त्री तथा तत्कालीन प्रतिनिधिसभा सदस्य डा. डिल्लीराज खनालले एमाले परित्याग गरी एकीकृत नेकपा माओवादीमा प्रवेश गर्नुभएको छ । आफू नेकपा एमालेको कार्यदिशाबाट पटक्कै सन्तुष्ट नभएको र एमाले कम्युनिस्ट आचरण त्यागिसकेकाले एमाले परित्याग गर्नुपरेको बताउनुभएको छ ।

नागरिक सर्वोच्चताविरुद्ध प्रतिक्रियावादी र यथास्थितिवादीहरूसँग साँगठाँग गरी सरकार बनाएकोले उसलाईकम्युनिस्ट भन्ने कुनै अधिकार नभएको उहाँको धारणा थियो । यसै क्रममा डा. डिल्लीराज खनाललाईमाओवादीका अध्यक्ष एवंगणतान्त्रिक नेपालका प्रथम प्रधानमन्त्री प्रचण्डले गत बिहीबार आयोजित एक कार्यक्रममा अविर र माला लगाईपार्टीमा प्रवेश गराउनुभएको थियो । डा. डिल्लीराज खनालले बद्लिँदो परिवेशअनुरूप एमालेले कार्यगर्ननसकेको बताउँदै वर्तमान समयमा एकीकृत नेकपा माओवादी मात्र देश र जनताप्रति प्रतिबद्ध भएकोले आफू एकीकृत नेकपा माओवादीमा प्रवेश गर्नुपरेको प्रेस विज्ञप्तिमार्फत्जनाउनुभएको छ ।


डा. डिल्लीराज खनाललको प्रेस विज्ञप्ति यसप्रकार छ-

सफल दोस्रो ऐतिहासिक जनआन्दोलनपश्चात्मुलुकमा ठूलो परिवर्तनहरू भएका छन्र सायदै समकालीन इतिहासमा यस्ता परिवर्तनहरू यति छिटो भएका उदाहरणहरू होलान्। मुलुकबाट राजतन्त्र समाप्त भएको छ । ज्यादै समावेशी प्रकृतिको संविधानसभाको निर्माण भईमुलुक नयाँ संविधान बनाउने प्रक्रियामा अघि बढिरहेको छ ।

हामी सच्चा लोकतन्त्रको स्थापना गर्नेलक्ष्यसहित एकात्मक शासन प्रणालीको अन्त्य र संघीय प्रणालीको स्थापनाका लागि छलफल र गृहकार्यमा व्यस्त छौँ । यी युगान्तकारी परिवर्तनका लागि जनविद्रोह हुँदै शान्तिपूर्णजनआन्दोलनमा निर्णायक भूमिका खेलेको तत्कालिक नेकपा -माओवादी) लाई संविधानसभामा अत्यधिक मत दिईअगुवाईको भूमिका निर्वाह गर्नेजनताले अभिमत दिएका छन्। यसैको परिणामस्वरूप संविधानसभा निर्वाचनको केही समयपछि उसैको नेतृत्वमा सरकार सञ्चालन, तमाम मुलुकका राजनीतिक र अन्य मुद्दामा सम्बोधन, शान्तिप्रक्रियाको सुदृढीकरण र संविधान निर्माण कार्य सम्पन्न हुँदै आएको थियो । तर, विगत केही समयदेखिका पछिल्ला सिर्जित राजनीतिक घटनाक्रमहरूका कारण उसको नेतृत्वको सरकारले परित्याग गर्नुपर्नेअवस्था निर्माण भयो ।

त्यसबाट सदियौँदेखिको संरचनागत र सामाजिक द्वन्द्व हुने हो कि भन्ने खतरा बढेको छ । यो बेला मुलुकको वामशक्तिको रूपमा स्थापित नेकपा -एमाले) सरकारबाट हटी राष्ट्रपतिलाईअसंवैधानिक कदम चाल्न उक्साउने कार्यमा संलग्न हुने तथा मुलुकका यथास्थितिवादी शक्तिहरूसँग साँगठाँग गर्दै सरकारकै नेतृत्व गर्नेकार्यगर्दैछ । यो कम्युनिस्ट आदर्शर पार्टीको आठौँ महाधिवेशनबाट पारित राजनीतिक प्रस्तावको विपरीत भएको पुष्टि हुन गएको छ । उसका कदमहरू दोस्रो ऐतिहासिक जनआन्दोलनको मर्मर भावना तथा संविधानसभामा जनताका अभिमतद्वारा नागरिक सर्वोच्चता सुदृढ गर्नेभावनाविपरीत छ । यसका गतिविधिहरू राष्ट्रिय स्वाधीनता र राष्ट्रिय सम्मानप्रतिको प्रतिबद्धताविपरीत देखिन पुगेका छन्। यसको स्थितिमा नेकपा एमालेमै बसेर काम गर्नु कम्युनिस्ट आदर्शर मान्यताविपरीत हुने निष्कर्षनिकाली म नेकपा एमाले पार्टीपरित्याग गर्नेटुङ्गोमा पुगेको छु ।

म ८-९ कक्षामा पढ्दादेखि नै पुष्पलाल समूहमा संगठित भईवामआन्दोलनमा सक्रिय हुँदै आएको थिएँ । अर्घाखाँचीमा २०२८/२९ सालतिर सामन्ती शोषणका विरुद्धको अभियानमा लाग्दा थुनुवामा समेत परेको थिएँ । २०३२ सालको विद्यार्थीआन्दोलनमा मेरो सक्रिय सहभागिता रहिआएको थियो ।

२०४६ सालको प्रजातान्त्रिक आन्दोलनमा आˆनो ठाउँबाट सक्दो भूमिका खेलेको थिएँ । २०४६ सालको परिवर्तनपछि २०४७ सालमा माले र त्यसपछि नेकपा एमालेको संगठित सदस्य भईअविछिन्नरूपमा पार्टीका विभिन्न जिम्मा लिई सक्रियताका साथ काम गरिरहेको थिएँ । नेकपा एमालेको पाँचौँ महाधिवेशनबाट पारित जनताको बहुदलीय जनवादको कार्यक्रमको आर्थिक पक्ष निर्माणदेखि पार्टीको आर्थिक फाँटमा महत्वपूर्णभूमिका खेल्दै आएको थिएँ । २०५१ सालमा बनेको एमालेको अल्पमतको सरकारको पालामा राष्ट्रिय योजना आयोगको सदस्य भईबजेट र कार्यक्रम निर्माणमा अहम्भूमिका खेलेको थिएँ । २०५६ सालको निर्वाचनमा एमालेको तर्फबाट प्रतिनिधिसभाको सदस्यसमेत निर्वाचित भएको थिएँ । पार्टीको संगठित सदस्य लिएयता अविछिन्नरूपमा आर्थिक फाँटसँग सम्बन्धित विभागहरूमा रही पार्टीको काम गर्दैआएको थिएँ ।

नेपाल बुद्धिजीवी परिषद्को संस्थापक उपाध्यक्ष हुँदै सल्लाहकारको भूमिका निर्वाह गर्दैआएको थिएँ । वाम बुद्धिजीवीहरूबाट एमाले क्रमशः दक्षिण भासमा जाँदैछ भन्ने टिकाटिप्पणी हुँदै आएको थियो । म स्वयम्आठौँ महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदनबाट एमालेप्रति झस्केको थिएँ ।

मैले उक्त महाधिवेशनको समूहगत छलफलमा राजनीतिक प्रतिवेदनमा विभिन्न विषयमा फरक मत र दृष्टिकोणसमेत प्रस्तुत गरेको थिएँ । उक्त राजनीतिक प्रतिवेदन आफैँमा अस्पष्ट र विरोधाभाषपूर्णछ । राजनीतिक प्रतिवेदनको पेज १८९ मा यतिबेला सामन्ती, प्रतिगामी तथा यथास्थितिवादी शक्तिहरू नै नेपाली जनताका प्रधान शत्रु वा निशाना हुन्। तर, त्यही प्रतिवेदनको पेज २२८ र २२९ मा भनिएको छ- यतिबेला अर्धसामन्ती अर्थतन्त्र विस्तारै विघटनतिर जाँदैछ.... । अहिलेको संक्रमणकालमा नेपाली समाज अर्धपुँजीवादी चरित्र लिएर अगाडि बढ्दैछ.... । अर्थतन्त्रको अर्धसामन्ती चरित्र विघटनतिर जाने अवस्थामा समाजमा सामन्तीवर्गसँग प्रधान अन्तरविरोध कसरी हुन सक्दछ ? त्यस्तै प्रतिवेदनको धेरै ठाउँमा जनताको प्रधान अन्तर विरोध दलाल नोकरशाही पुँजीवादसँग समेत रहेको कुरा गरिएको छ । अर्धपुँजीवादी अवस्था र दलाल नोकरशाही पुँजीवाद के एउटै हुन् ? अझ सिङ्गो दस्तावेजमा दलाल, नोकरशाही पुँजीवादबारे स्पष्ट गर्नेर त्यसलाईकसरी समाप्त गरिनेछ भन्ने चर्चासमेत छैन । यसरी अहिले दक्षिणपन्थी र यथास्थितिवादी शक्तिहरूसँग साँठगाँठ गरी सरकारको नेतृत्व गर्नेजुन कार्यनेकपा एमालेबाट भएको छ । त्यो राजनीतिक प्रतिवेदनमा उल्लेखित प्रधान अन्तर विरोधसम्बन्धी उसको ठहरविपरीत छ । अब एमालेका लागि यथास्थितिवादी शक्ति को हो भनेर प्रश्न गर्नुपर्नेअवस्था खडा भएको छ ।

यो जगजाहेर छ कि हिजो नेकपा माओवादीले अघि सारेको कार्यनीतिसँग मेरो पूरै असहमति रहिआएको थियो । तर, १२ बुँदे सम्झौता र तत्पश्चात्शान्तिपूर्णजनआन्दोलनमा उसको निर्णायक भूमिका लगत्तै बृहत्शान्तिसम्झौता र त्यसप्रतिको प्रतिबद्धता तथा कानुनको शासन, लोकतान्त्रिक विधि र प्रक्रियामा समर्पित हुँदै मुलुकमा रहेको शोषण, उत्पीडन र पछौटेपनका मूल कारक तत्वहरूको सम्बोधनमार्फत्नेपाली समाजलाईअग्रगमनतर्फलैजान ऊ जसरी अघि बढिरहेको छ, त्यसबाट वाम विचारमा आस्था राख्नेहरूको ऊप्रति अरू आकर्षण बढेर गएको छ । नागरिक सर्वोच्चता र राष्ट्रियताको सन्दर्भमा कसैसँग सम्झौता नगर्नेबरु सरकारबाटै हट्नेसम्मको जुन विशिष्ट ऐतिहासिक उदाहरण नेपाली जनताको सामु उसले पेस गरेको छ, ऊ राष्ट्र र जनताप्रति कति समर्पित छ भन्ने थप रूपमा पुष्टि भएको छ । यसबाट एकीकृत नेकपा माओवादीप्रतिको मेरो सम्मान र आस्था बढेको छ । त्यसैले म आज नेकपा एमाले पार्टीपरित्याग गर्दैएकीकृत नेकपा माओवादीमा समाहित हुने घोषणा गर्दछु ।

नेपाली समाजमा रहेको सदियौँदेखिको संरचनागत र सामाजिक द्वन्द्वको सम्बोधन परिवर्तनकामी प्रगतिशील बाटोबाट मात्र सम्भव छ । त्यसको अगुवाईएकीकृत नेकपा -माओवादी) ले गरेकोछ भन्ने कुरा उसका विचार र कदमहरूले पुष्टि गरेका छन्। आज देशमा जे-जस्ता राजनीतिक मुद्दामा केन्दि्रत भएर संविधानसभामार्फत् सम्बोधन हुँदैछन्ती अधिकांश माग, आन्दोलन र जनविद्रोहको रूपमा उसैबाट अघि सारिएका हुन्।

यसै कारणले पनि अबको नयाँ ढङ्गको सामाजिक, आर्थिक रूपान्तरणको आन्दोलनको अगुवाईगर्नेजिम्मा नेपाली जनताले उसैलाईदिएका छन्। तर, आज कथित सर्वसत्तावादको नाममा जनतालाईभ्रमित गर्दैनेपाली समाजलाईजसरी पनि यथास्थितिमै राखी राख्ने वा पछाडि धकेल्ने षड्यन्त्र विभिन्न शक्तिहरूबाट भइरहेको छ । यस्तो षड्यन्त्रलाईचिर्दैअगाडि बढ्न एकीकृत नेकपा माओवादी पार्टीलाईबलियो र सुदृढ बढाउन आवश्यक छ ।

उसैको नेतृत्व र अगुवाईमा एकीकृत वाम आन्दोलन अघि बढाउन जरुरी छ । त्यसैले मबिना सर्तएकीकृत नेकपा -माओवादी) पार्टीमा समाहित भइरहेको बेला तमाम वाम बुद्धिजीवीहरूलाईइतिहासले दिएको विशिष्ट कार्यभार पूरा गर्दैलोककल्याणमा आधारित समृद्ध नेपालको द्रूत निर्माणमा योगदान पुर्‍याउने गरी एकीकृत नेकपा माओवादी पार्टीलाईबलियो बनाउने कार्यमा सहयोग पुर्‍याउन हार्दिक अपिलसमेत गर्दछु ।

20090529

डा. डिल्लीराज खनाल एकीकृत नेकपा माओवादीमा प्रवेश

बिज्ञापन - विश्व समाचारका लागि न्यूयोर्क, लण्डन, मैड्रिडबाट एकै साथ प्रकाशित हुने अन्तरराष्ट्रिय दैनिकी www.timesofearth.com THE TIMES OF EARTH.


काठमाडौं - नेकपा एमालेको आर्थिक फाँटमा लामो समयसम्म रहेर महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका डा. डिल्लीराज खनाल एकीकृत नेकपा माओवादीमा प्रवेश गर्नुभएको छ । उहाँ राष्ट्रिय योजना आयोगको सदस्य र २०५६ सालमा अर्घाखाँचीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

डा. खनाल सहित ठूलो संख्यामा एमाले कार्यकर्ताहरु एकिकृत नेकपा माओवादीमा प्रवेश गरेका छन् ।

एनेकपा -माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीबार राजधानीमा आयोजित कार्यक्रममा उहाँलाई टीका लगाई पार्टीमा भित्र्याइएको घोषणा गर्नुभयो । उहाँका साथ उहाँकी श्रीमती मीनासमेत सो पार्टीमा प्रवेश गर्नुभएको छ ।

बुटवलमा सम्पन्न आठौं महाधिवेशनमा फरक मत जाहेर गर्नुभएका खनालले २०४७ देखि नेकपा -एमाले)को आर्थिक विभागमा रहेर काम गर्दै आउनुभएको थियो ।


आठौं महाधिवेशनले दिएको मार्गदर्शन विपरीत सरकार गठन र गिराउने खेलमा पार्टी लागेकाले त्यसप्रति चित्त नबुझेर आफूले विद्रोह गरेको डा. खनालले जानकारी दिनुभयो ।

कार्यक्रममा वोल्दै खनालले आफु माओवादीले थालेको जनयुद्धप्रति असहमत रहेपनि उसले शान्तिपूर्ण राजनीतिमा खेलेको भूमिकाप्रति सकरात्मक भएकाले माओवादीमा प्रवेश गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो- मुलुकको वाम एकीकरणलाई अगाडि बढाउनुपर्छ भन्ने मान्यताका साथ आफू माओवादीमा प्रवेश गरेको हुँ ।

डा. खनाल यसअघि एमाले कोटामा राष्ट्रिय योजना आयोगका सदस्य थिए भने पछिल्लो संबिधानसभा चुनावमा अर्घाखाँचीबाट पराजीत भएका थिए ।

20090526

अर्घाखाँची जिल्लाको सन्धिखर्क रिङरोड निर्माण कार्य सुरु

-इश्वर चन्द्र खनाल
खन ४ मखात
अर्घाखाँची

सन्धिखर्क, अर्घाखाँची - अर्घाखाँची जिल्लामा निर्माण गरिने भनिएको सन्धिखर्क रिङ्गरोड कोरिडोर केही दिन यता मात्र बल्ल द्रुत गतिमा निर्माण हुन थालेको छ ।


सन्धिखर्क देखि वाङ्ला हुँदै मथुराबेसीको फाटबाट डिभर्ना स्कुल हुँदै राम्पथ बाट माटेलाई समेटेर अर्घा धरमपानीबाट किमडाँडालाई समेटी सन्धिखर्क सँग जोडीने भएको छ । यसले सन्धिखर्कको भाबी नगरपालिकाको एरियालाई लगभग समेटेको छ। जसबाट अर्घाखाँची जिल्लाका बसिन्दालाई यातायातको लागि अझ धेरै सुबिध हुने बिश्वास राखिएको छ।

सो रोडको निर्माण जति सक्दो छिटो गर्ने तथा अहिले को नयाँ सरकारबाट यसलाई कुनै अबरोध नपर्ने कुरा जिबिस कार्यलयले जनाएको छ । साथै बिभिन्न पार्टी प्रतिनिधीहरु बिच पनि यस सम्बन्धमा पनि साझा सहमति कायम भयको नेकपा एमाले जिल्लाका वरिष्ठ नेता चेत नारायण आचार्यले बताउनु भयो।

माओवादीद्वारा कान्तिपुरका अर्घाखाँची संवाददाता वीरेन्द्र केसीलाई आक्रमणको धम्की

सन्धिखर्क/काठमाडौं - पुष्पकमल दाहालले प्रधानमन्त्रीबाट राजीनामा दिएपछि अर्घाखाँचीभर पुर्व बिद्रोही माओवादीबाट एमाले र कांग्रेस कार्यकर्ता र अन्य सर्वसाधारणहरु माथि आक्रमणका अनेकौ धम्की आउन शुरु भएका छन।

एकीकृत माओवादीका जिल्ला नेताले कान्तिपुर दैनिक पत्रीकाका अर्घाखाँची स्थित संवाददाता वीरेन्द्र केसीलाई आक्रमणको धम्की दिएका छन् । माओवादी अर्घाखाँची सचिवालय सदस्य बाबुराम विक भन्नेले समाचार लेखेको विषयमा सो पत्रीकाका संवाददाता केसीलाई हातखुट्टा भाँच्ने धम्की दिएका हुन् ।

साथै उक्त कान्तिपुर दैनिक पत्रीकाले मे २५, २००९ गते पोखरा संवाददातालाई आधार बनाइ प्रकाशित गरेको समाचारमा अगाडि लेखेको छ,------ माओवादीद्वारा एमाले र कांग्रेसलाई लखेट्न निर्देशन भन्ने समाचारलाई उल्लेख गर्दै धम्क्याएका हुन् । वैशाख २९ गते प्रकाशित समाचारमा माओवादी नेता टोपबहादुर रायमाझीले कांग्रेस, एमालेका कार्यकर्ता माओवादीमा नआए गाउँ छाड्न तयार हुन चेतावनी दिएको उल्लेख थियो ।

समाचार प्रकाशित भएपछि अप्रत्यक्ष रूपमा पनि केही धम्की आइरहेका बेला १० दिनपछि ती नेता आफैंले केसीलाई बोलाएर आक्रमणको चेतावनी दिएका थिए । समाचार लेख्ने अनुमति कसले दियो, पत्रकारका हातखुट्टा भाँचिएका र ज्यान मारिएको सुनेको छस् कि छैनस्, हातखुट्टा भाँचेर फालिदिऊँ भनेका छन्, केसीले भने, दिनभर म जता जान्छु त्यतै गई निगरानी गरेपछि असुरक्षित महसुस गरी सदरमुकाम छाडेर राति बासका लागि सुरक्षित स्थान खोज्दै हिँड्नुपरेको छ ।

घटनाबारे पत्रकार महासंघ अर्घाखाँचीलाई जानकारी गराउँदा गम्भीरतापूर्वक लिएको छैन । महासंघ शाखा सभापति निमबहादुर रिजाललाई जिल्लामै छलफल गरेर मिलाउन पटकपटक गरेको आग्रहलाई बेवास्ता गरेका छन् । घटनाबारे माओवादी अर्घाखाँची इन्चार्ज चन्द्रबहादुर खडका उज्ज्वल ले पार्टीको नीति, योजना बाहिरको कुरा भएको बताउँदै त्यसलाई नियन्त्रण गर्ने बताए ।

यसैगरी एकीकृत नेकपा -माओवादी केन्द्रिय सचिवालय सदस्य तथा इन्चार्ज एवम सभासद टोप बहादुर रायमाझी विरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी परेको छ । उजुरीमा रायमाझीले राष्ट्रपतिको समर्थन गर्नेलाई गाउँबाट लखट्ने तथा कांग्रेस-एमालेमा लागेर माओवादीको बिरोध गर्नेलाई जनकारबाही गर्ने धम्की दिएको भन्दै रायमाझी माथि कारवाहीको माग गरिएको छ।

---------

(सहायक समाचार स्रोत- कान्तिपुर, काठमाडौं )

अर्घाखाँचीमा शान्ति समिति गठन ! सशस्त्र द्वन्द्वमा मारिएकाका परिवारलाई राहत

सन्धिखर्क/काठमाडौं - छ/छ महिनामा नेतृत्व फेरिने सहमतिमा शान्ति समिति गठन भएको छ । सर्वदलीय बैठकले पालो गरेर संयोजक बस्ने सहमतिमा समितिको चयन गरेको हो ।

सहमति जुट्न नसक्दा बैठकमा उपस्थित सदस्यहरूको बहुमतले एमाओवादीका जिल्ला इन्चार्ज चन्द्रबहादुर खडकाको संयोजकत्वमा २१ सदस्यीय समिति गठन गरेको छ । सरकारले जिल्लामा हुने सामान्य विवाद र सहज वातावरणका लागि शान्ति तथा पुनर्निर्माण मन्त्रालयमार्फत सबै जिल्लामा स्थानीय शान्ति समिति गठन गर्ने निर्णय गरेको थियो ।


मारिएकाका परिवारलाई राहत

-सशस्त्र द्वन्द्वमा मारिएका परिवारलाई जिल्ला प्रशासनले राहत वितरण गरेको छ । द्वन्द्वमा राज्य र माओवादी दुवै पक्षबाट जिल्लामा मारिएका ८७ जनालाई एक लाख रुपैयाँका दरले वितरण गरिएको प्रमुख जिल्ला अधिकारी भवानीप्रसाद पराजुलीले बताए ।

यस जिल्लामा द्वन्द्वका क्रममा दुवै पक्षबाट गरी ९७ जनाले ज्यान गुमाएका थिए ।



---------

(सहायक समाचार स्रोत- कान्तिपुर, काठमाडौं )

टोप बहादुर रायमाझी विरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी

सन्धिखर्क/काठमाडौं - एकीकृत नेकपा-माओवादी केन्द्रिय सचिवालय सदस्य, इन्चार्ज एवम सभासद टोप बहादुर रायमाझी विरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी परेको छ।



नेपाली कांग्रेसका नेता राम बहादुर बि.सी तथा खाचिकोट गच्छेखोलाका बासुदेव आचार्य लगायतले गरेको उजुरीमा रायमाझीले राष्ट्रपतिको समर्थन गर्नेलाई गाउँबाट लखट्ने तथा कांग्रेस-एमालेमा लागेर माओवादीको बिरोध गर्नेलाई जनकारबाही गर्ने धम्की दिएको भन्दै रायमाझी माथि कारवाहीको माग गरिएको छ।


सो उजुरीमा दन्डहिनता अन्य गर्न, विचार अभिव्यक्ती स्वतन्त्रता सम्बन्धी हक तथा अरुको बिचारमा विमति राख्न पाउनु पर्ने अधिकार सरक्षण गराउन पहल गर्न आयोग समक्ष माग गरिएको छ।

पुर्व बिद्रोही माओवादीले गत १२ मे, २००९ मा सदरमुकाम सन्धिखर्कमा एक सभा गरेको थियो र सो सभामा रायमाझीले जिल्लाका सबै जनता माओवादी हुनुपर्ने र एक हप्ता भित्र माओवादी नभए जिल्लाबाट लखट्ने तथा जनकारबाही समेत गर्ने धम्की दिएका थिए।

यसका साथै देशमा भएको संवैधानिक कु को समर्थक राजनीतिक दल संघ-संस्था र व्यक्तिहरुले एक हप्ताभित्र गाउँ छोड्नुहोला हैन भने पार्टीले गर्ने प्रतिरोधमा कारबाहीको भागिदार बन्न तयार हुनुहोला भन्ने जस्ता अनेकौ धम्कीहरु दिएका थिए।

सो लखट्ने तथा जनकारबाही गर्ने खबर आएपछि अर्घाखाँची जिल्लाका अरु राजनीतिक दलका नेता, कार्यकर्ता, सर्वसाधारणहरु समेत डर- त्रासमा रहेका छन।

अर्घाखाँचीका गाउँगाउँमा उच्च मावि खोल्ने लहर

सन्धिखर्क, अर्घाखाँची - अर्घाखाँचीका गाउँगाउँमा उच्च मावि खोल्ने लहर चलेको छ ।

घरमा काम गर्दै पढ्न पाएपछि गाउँका उच्च माविमा विद्यार्थीको घुइँचो बढेको छ । सहरमा गएर पढ्ने खर्च नहुँदा अधिकांश विद्यार्थी पढाइबाट वञ्चित थिए । अहिले भने वर्षौंदेखि छाडेकाहरूसमेत पढ््न थालेका छन् ।

जिल्लामा उच्च माविको संख्या २१ पुगेको छ । ४२ गाविसमा ५९ मावि छन् । सदरमुकाम सन्धिखर्कमा तीन उच्च मावि छन् । तुलनात्मक रूपमा क्याम्पसमा भन्दा महँगो शुल्क भए पनि गुणस्तरीय हुने विश्वासले विद्यार्थी उच्च माविमा पढ्न आकषिर्त भएका छन् ।

सदरमुकामकै जनज्योति उच्च माविमा यस वर्षदेखि विज्ञान पढाइ हुने भएको छ । उक्त उच्च माविबाट जिल्लाको वाङला र खनदह गाविसमा उच्च माविको शाखा खोलिएको छ ।

प्रत्येक माविमा उच्च मावि सञ्चालन गर्नुपर्ने अभिभावकको माग रहेको जिल्ला शिक्षा अधिकारी विष्णुबहादुर द्वारेले बताए ।

---------

(सहायक समाचार स्रोत- कान्तिपुर, काठमाडौं )

पोखराथोक गाविसका दलित बस्तीमा सरसफाइ अभियान, गाउँ जिल्लाकै नमुना

बिज्ञापन - विश्व समाचारका लागि न्यूयोर्क, लण्डन, मैड्रिडबाट एकै साथ प्रकाशित हुने अन्तरराष्ट्रिय दैनिकी www.timesofearth.com THE TIMES OF EARTH.


सन्धिखर्क, अर्घाखाँची - पोखराथोक गाविसको दलित बस्तीका शौचालय निर्माणसँगै घरअँागन र टोलटोलसमेत सफा देखिन थालेको छ ।

गाउँमा चर्पी बनाएर सरसफाइ अभियान सञ्चालन भएपछि दलित बस्ती सफाइ भएकाले स्वास्थ्यमा समेत सुधार आएको हो । केही समयअघि फोहोरले दलित बस्ती दुर्गन्धित हुनुका साथै बासिन्दा बिरामी भइरहन्थे । चर्पीले दलित बस्तीको रुपनै फेरिएको स्थानीयवासी बताउँछन् ।



समाज सेवा तथा जिल्ला वातावरण समूहले १५ हजार रुपयाँ बराबरको सामग्री दिएपछि उपभोक्ताले घरघरमा शौचालय बनाएका हुन् । पोखराथोकको मोहर गाउँका बासिन्दा दिनहुँ उठ्नासाथ घर वरपरको सरसफाइमा लाग्ने गरेको टीकाराम विकले बताए, अहिले यहाँका मानिसको दिनचर्या फेरिएको छ । सबैले बिहान उठेपछि पहिला घर वरपर तथा टोल र बस्तीसम्म सफा गरेरमात्र अरु काममा लाग्छन् ।

यो गाउँ अहिले जिल्लाकै नमुना भएको छ । शौचालय नहुँदा दलित बस्तीका ब्ासिन्दा खुला आकाशमा दसा पिसाब गर्दा गाउँ फोहोर बनेको थियो । उक्त समूहले शौचालय बनाउन सामान र सिमेन्ट दिएपछि गाउँलेले आफैं पक्की शौचालय बनाएका हुन् । उक्त गाविसका ७० घरमा अभियानअन्तर्गत शौचालय बनाएको हो ।

समूहका अध्यक्ष बाबुराम पौडेलले सफा भएपछि गाउँ अब आत्मर्भिरतिर उन्मुख भएको बताए । उक्त गाविसका ४, ७, ८ र ९ वडामा अधिकांश दतिल बस्ती छ ।

---------

(सहायक समाचार स्रोत- कान्तिपुर, काठमाडौं )

अर्घाखाँचीका अधिकांश महिला पाठेघर खस्ने समस्याबाट पीडित

बिज्ञापन - विश्व समाचारका लागि न्यूयोर्क, लण्डन, मैड्रिडबाट एकै साथ प्रकाशित हुने अन्तरराष्ट्रिय दैनिकी www.timesofearth.com THE TIMES OF EARTH.



सन्धिखर्क, अर्घाखाँची - ग्रामीण भेगका अधिकांश महिला पाठेघर खस्ने समस्याबाट पीडित भएका भेटिएको छ ।

चिदिका गाविसमा गरिएको स्वास्थ्य शिविरमा आएका धेरैजसो महिला पाठेघरका रोगी भेटिएका थिए । गाउँका महिलाले रोग लुकाएर बस्ने समस्याले पनि यस्ता रोगी बढी देखिएका हुन् ।

महिलामा आङ खस्ने, पेट दुख्ने र पाठेघरको समस्याबाट अत्यधिक भएको चिकित्सकहरूले बताए । चिदिका गाविसकी ७० वषर्ीया गंगी कुमालले पेट दुखेको ३० वर्षपछि गाउँमै आएको स्वास्थ्य शिविरमा पहिलोपटक परीक्षण गराइन् ।

शिविरमा आएका ३ सय ८७ महिलाको परीक्षण गर्दा १२ जनालाई पाठेघरको अप्रेसन गर्नुपर्ने देखिएको जिल्ला जनस्वास्थ्य प्रमुख डा. चित्रप्रसाद शर्मा वाग्लेले बताए ।

स्वास्थ्य परीक्षण गरएकामध्ये ९० प्रतिशतमा पाठेघर र आङ खस्ने समस्या भेटिएको छ ।

---------

(सहायक समाचार स्रोत- कान्तिपुर, काठमाडौं )