20090629

अर्घाखाँचीमा एचआईभीबाट बच्न रक्त परीक्षण गर्नेको लहर, कयौमा एड्स भेटियो

सन्धिखर्क, अर्घाखाँची - एचआईभी/एड्स लाग्न सक्ने आशंकामा रक्त परीक्षण गराउने महिलाको संख्या बढ्दै गएको छ ।

रोजगारीका लागि विदेशिएका श्रीमान् घर आउँदा एचआईभी लाग्न सक्ने भएकाले जोगिन उनीहरूले रक्त परीक्षण गराएको बताएका छन् । एचआईभीबाट बच्न रक्त परीक्षण गराउने महिलाको लहर चलेको छ ।

नेपाल परिवार नियोजन संघ र ग्लोबल फन्डको साझेदारीमा प्रेरणा संस्था र सक्रिय सेवा समाजले संयुक्त रूपमा अर्घाखाँचीका गाउँगाउँमा परामर्श केन्द्र स्थापना गरी एचआईभी परीक्षण गर्न आह्वान गरेका छन् । ती संस्थाको आह्वानपछि स्वैच्छिक रक्त परीक्षणमा आउने महिलाको संख्या बढेको हो । परीक्षण गराउन श्रीमान् विदेश गएका महिला र कलेज पढ्ने युवती बढी आउने गरेका छन् । श्रीमान् विदेश गएका महिलाहरूले आफूले रक्त परीक्षण गराएपछि विदेशमा रहेका श्रीमान्लाई पनि एचआईभी परीक्षण गराएरमात्र घर र्फकन सल्लाह दिने गर्छन् ।

एचआईभी/एड्स रोग रोकथामका लागि प्रेरणा संस्थाले ६ महिनादेखि जिल्लाका सबै गाविसमा सचेतना अभियान सञ्चालन गरी छलफल, बहस अन्तरक्रिया र कक्षा सञ्चालनपछि गाउँका महिला परीक्षण गराउन आएको संस्थाका परियोजना संयोजक धर्मराज उप्रेतीले बताए । जिल्लाको पोखराथोक र अर्घातोष गाविसमा गरिएको रक्त परीक्षणमा ४ सय २२ जनाले परीक्षण गराएका छन् । जसमा ३ जना महिलामा एड्स भेटिएको छ ।

जिल्लाको बल्कोट, पोखराथोक, ठाडा र सन्धिखर्कमा केन्द्र स्थापना गरी एचआईभी/एड्स र यौन शिक्षाबारे जानकारी दिनुका साथै एचआईभी परीक्षण गरिन्छ ।

सूचना केन्द्रमा परीक्षण, एचआईभी एड्स र यौन शिक्षाबारे जानकारी लिन दिनमा २० देखि ५० जनासम्म महिला आउने गरेका छन्, उनले भने, नियमित परीक्षण गनर्ुपर्छ भन्ने धारणा सामान्य महिलामा पनि जागेको छ । जिल्लामा घरैपिच्छे पुरुषहरू वैदेशिक रोजगारमा गएकाले घरघरमा गएर यसबारे शिक्षा दिएर सचेत बनाउन आवश्यक रहेको उनको भनाइ छ । जिल्लाको अर्घातोषमा रक्त परीक्षणमा श्रीमान् विदेश गएका र कलेज पढ्ने युवा-युवती बढी आएका थिए ।

अर्घातोषकी स्थानीय कल्पना आचार्य आफ्ना दुई छोरी लिएर परीक्षणमा आएकी थिइन् । जाँच गरेर कुनै पनि संक्रमण नभेटिएपछि ढुक्क भइयो, उनले भनिन् । प्रेरणाका अनुसार परीक्षणका लागि जिल्लाका ४२ गाविसका महिला आउने गरेका छन् ।

---------

(सहायक समाचार स्रोत- कान्तिपुर, काठमाडौं )

20090624

अर्घाखाँचीका सबै गाबिसमा खेतमा रोपाइँ गरी दही-चिउरा खाएर असार पन्ध्र मनाइयो


सन्धिखर्क, अर्घाखाँची - असारको पन्ध्र- सोमबार अर्घाखाँचीका ४२ वटै गाबिसहरुमा खेतमा रोपाइँ गरी दही-चिउरा खाएर मनाइयो ।

असारको पन्ध्र रोपाइँ गरी दही-चिउरा खानाले गति परिने विश्वासमा खेतीपाती नहुनेहरू पनि अरूको खेतमा वा आफ्नै करेसाबारीमा रोपाइँ गरेर हिलो छयापाछाप गरेर रमाइलो गरेका थिए। सबैले एक पटक हिलोमा टेक्नुपर्छ भन्ने मान्यता रहेको छ ।

दोहोरी रोपाईं गीतको रन्कोमा रोपाईं गर्नु असारको अर्को आकर्षण हो । कतैकतै सन्धिखर्कको बागीखोला, खाचिकोटको फुदवाङ लगायतका ठाउँहरुमा ठूला खेती भएकाले रोपाईं गर्दा पञ्चेबाजा बजाई नाचगान गरेका पनि देखिन्थे ।

असार १५ लाई रोपाइँ उत्सवका रुपमा लिँदै अनिवार्य दही-चिउरा खानुपर्छ भन्ने मान्यता पनि रहेको छ ।

असारको पहिलो सातादेखि मनसुन सुरू भएपछि असार १५ सम्म खेत गर्‍हामा लाठे र रोपारहरू असारे गीतको भाकासँगै रोपाईंमा व्यस्त हुन्छन् ।

असार १५ सम्म लाठे र बाउसेहरूलाई आली जोर्ने र मेलो बनाउन चटारो छ भने कोरी वाटी चिटिक्क परेर मेलामा झरेका रोपारहरू कोही ब्याडमा बीउ काट्ने, कोही पखाल्ने र कोही मेलो पैट्याउने तर्खरमा जुटेका हुन्छन् ।

असार पन्ध्रको दिन राष्ट्रिय धान दिवस हरेक बर्ष जस्तै यस बर्ष पनि मनाइयो । नेपालको कुल गार्हस्थ उत्पादनमा ३८ देखि ४० प्रतिशतसम्म योगदान रहेको कृषि क्षेत्रमा असारको रोपाईंले ठूलो राख्छ ।

कृषि प्रधान देश नेपालमा प्रमुख खाद्यान्न धान बालीको उत्पादनमा हुने घटबढले अर्थतन्त्रमा समेत त्यसैअनुसार प्रभाव पार्ने भएकाले रोपाईंको ठूलो महत्व छ ।

--------

अन्य हाम्रा सहयोगी साईटहरु-

म्युजिक भिडियोहरु (हिन्दी, नेपाली) हेर्नको लागि - http://arghakhanchimusic.blogspot.com
प्रकासित फोटोको लागि - http://arghakhanchitimes.blogspot.com/
भिडियो हेर्न्न - http://youtube.com/arghakhanchitimes
प्रकाशित जिल्ला समाचारहरु- http://arghakhanchinews.blogspot.com/
-माथिका सबै साईटहरुमा गइ पेजहरु खोल्दा तल, माथि - दाँया, बाँया देखिएका बिज्ञापनहरु माथि सक्दो क्लिक गरि हामीलाई सहयोग गर्नुहोला।

अर्घाखाँचीमा बालबालिका अपहरण,हत्या हुने सम्भावना बढदो, अपहरणकारीसँग सावधान

सन्धिखर्क, अर्घाखाँची - केही समययता अर्घाखाँचीका छिमेकी जिल्ला एवम देशभर बालबालिका हराउने एवम अपहरण हुने क्रम बढेको छ । घरैबाट वा विद्यालयबाट र्फकंदै गरेका बालबालिका हराइरहेका छन् ।

अपहरणकारीले फिरौती माग्ने एवम अन्त्यमा अपहरणपछि हत्या समेत गरेका समाचार आइरहेका छन।

पछिल्लो समयमा बालबालिका मात्र नभई युवा-युवतीहरु लगायत सबै तहका ब्यक्तीहरुको पनि अपहरण र हत्या हुने क्रम बढको छ।

यस्ता घटना अर्घाखाँचीसँग जोडीएका अन्य जिल्ला जस्तै कपिलबस्तु , रुपन्देही, पाल्पा लगायतका ठाउँहरुमा नियमित नै अपहरण, हत्या तथा अपहरणपछि फिरौती माग्ने गरेका अनेकौ समाचार संचारमाध्यमहरुमा आइरहेका छन।

यि अपहरण, हत्या तथा अपहरणपछि फिरौती माग्ने जस्ता गतिबिधि अर्घाखाँचीमा अझै सम्म त भएका छैनन तर हुन सक्ने सम्भावना देखिन्छ भन्छन सन्धिखर्कका एक शिक्षक रमेश भुसाल।

अर्घाखाँचीमा बाहिरबाट आउँदा एवम जादा गाडीहरुमा नयाँ - नयाँ अनुहार देखिने र जिल्लाका मोटर-गाडी पुगेका सबै गाबिसहरुमा समेत फरक भाषा बोल्ने तथा जिल्ला बाहिरका अनुहार देखिन थालेका छन, अपरिचित ब्यक्तीहरुसँग सावधान रहन सबै अर्घाखाँचीबासीहरुलाई आग्रह गर्छन् शिक्षक रमेश भुसाल।

अर्घाखाँचीबासी अभिभावकहरुले पनि आफ्ना बालबालिकाहरुलाई घर वा विद्यालयबाट आउँदा,जादा ख्याल राख्नु पर्ने देखिन्छ। अपरिचित ब्यक्ती सँग आफ्ना बच्चा नछोडौ, आफु पनि त्यस्ता ब्यक्तीको प्रोभोलनमा नफसौ।

साथै सुरक्षानिकायले पनि जिल्ला प्रवेशमा एवम गाबिस- गाबिसहरुमा नयाँ, अपरिचित ब्यक्ती प्रति बढी निगरानी राख्नु पर्ने आग्रह छ उनको ।
Tere mere hothhon pe - Chandani (1989), Hindi

Song: Tere mere hothhon pe meethhe meethhe geet mitawaa Movie: Chandni (1989) Vocal: Lata Mangeshkar and Babla Mehta Artists: Sridevi and Rishi Kapoor. @ http://www.arghakhanchi.com/ (Video)

20090621

पुर्व अर्घाखाँचीका स्थानीय विकास अधिकारी ढकाल इलाममा राहत कुर्दै

सन्धिखर्क, अर्घाखाँची - पुर्व अर्घाखाँचीका स्थानीय विकास अधिकारी सुदर्शनप्रसाद ढकाल अहिले प्रमुख जिल्ला अधिकारी -प्रजिअको रुपमा इलाममा कार्यरत छन।

प्रमुख जिल्ला अधिकारी -प्रजिअ) सुदर्शनप्रसाद ढकालले द्वन्द्वकालमा तत्कालीन विद्रोहीले १ सय ५ दिन नियन्त्रणमा लिएको भन्दै राहत माग गरेका हुन् । २०६१ माघ ३ गते अर्घाखाँचीबाट तत्कालीन स्थानीय विकास अधिकारी ढकाललाई माओवादीले अपहरण गरेका थिए ।

इलाम जिल्ला प्रशासन कार्यालयमा दिनहुँ राहत माग्नेको भीड लाग्ने गरेको छ । सर्वसाधारण मात्र होइन, प्रजिअ ढकाल स्वयं पनि राहत माग्नेको सूचीमा छन् ।

द्वन्द्वपीडितका लागि आर्थिक सहायता एवं राहतसम्बन्धी मापदण्ड २०६४ अनुसार शान्ति मन्त्रालयले सूची मागेपछि उनको नाम पनि समेटिएको हो ।

जिल्लास्तरीय राहत तथा पुनःस्थापना समिति बैठकले ३० दिनभन्दा बढी अपहरणमा परेकाको नामावली तयार गर्ने क्रममा २५ जनाको निवेदन परेको छ । नाम समेटिएकामध्ये प्रजिअ ढकाल पनि एक हुन् ।

समितिको छानबिनपछि नाम सिफारिस भए अरू पीडितजस्तै उनले पनि २५ हजार नगद पाउने छन् ।

महोत्तरी, बिजुलपुरा ८ घर भएका प्रजिअ ढकाल स्वयं नै छानबिन समितिका अध्यक्ष हुन् । समितिमा नागरिक समाज, अधिकारवादी संस्था र सञ्चारकर्मीलगायत छन् ।

उनी अर्घाखाँचीमा अपहरणको १ सय ५ दिनपछि अन्तर्राष्ट्रिय रेडक्रसको रोहबरमा छुटेका थिए ।

आफू पनि द्वन्द्वपीडित भएकाले सोहीअनुसारको राहतका लागि निवेदन दिएको हुँ, प्रजिअ ढकालले संचारकर्मीहरुसँग भने । निवेदन परेकामध्ये पूर्वी नयाँबजार ४ का एकै घरका चारजना छन् ।

यसका साथै विष्णु पौडेल, गुणनिधि, बालकृष्ण र टेकप्रसादले ७ सय ३० दिन अपहरणमा परेको भन्दै निवेदन दर्ता गराएका छन् । सूचीमा सञ्चारकर्मी उमेश गुरुङ र सोमनाथ शर्माको पनि नाम छ ।

20090620

माओवादीद्वारा सन्धिखर्क लगायत जिल्लाका सबै सरकारी कार्यालयमा अवरोध

सन्धिखर्क, अर्घाखाँची - सरकारले प्रधानसेनापति अवकासको निर्णय उल्ट्याएको भन्दै एकीकृत नेकपा माओवादीले आइतबार सन्धिखर्क लगायत जिल्लाका सबै सरकारी कार्यालयको काममा अवरोध पुर्‍याएका प्राप्त समाचारमा जनाइएको छ।

माओवादीको आन्दोलनका पूर्वनिर्धारित कार्यक्रमअनुसार अर्घाखाँचीका सरकारी कार्यालय अगाडि बिहान ९ बजेदेखि दिउँसो १२ बजेसम्म माओवादी कार्यकर्ताले धर्ना दिएका थिए ।

त्यसैगरी जिल्ला प्रशासन कार्यालय लगायत सदमुकाम सन्धिखर्कका केही कार्यालयहरु अगाडि सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति गराइएको थियो।

जिल्लाका सरकारी कार्यालय घेराउ गर्न गएका माओवादी कार्यकता र प्रहरीबीच केही समय विवाद समेत भएको थियो।

पाँच बर्ष बितिसक्दा पनि नापी कार्यालय अर्घाखाँचीको कामकाज सुचारु हुन सकेन

सन्धिखर्क, अर्घाखाँची - पाँच बर्ष बितिसक्दा पनि नापी कार्यालय अर्घाखाँचीको कामकाज सुचारु हुन नसकेपछि सेवाग्राहिक मर्कामा परेका छन।

सशस्त्र द्वन्द्वको समयमा माओवादीको आक्रमणमा परी नापी कार्यालय अर्घाखाँचीका नक्सा, फिल्ड बुक, प्लट रजिष्टर जस्ता कागजपत्र जलेपछि सो कार्यालयबाट हुने सम्पूर्ण कामकाज ठप्प भएका हुन।

नापी कार्यालयमा कुनै पनि कागजपत्र नभएपछि मालपोत कार्यालयबाट हुने जग्गा किनबेचको कार्य पनि प्रभावित भएको छ।

नापी नक्साका सम्पूर्ण कागजपत्र जलेपछि यसको पुन नापीका लागि स्थानिय प्रशासन, राजनीतिक दल। कुनै पनि सरकारी वा गैरसरकारी संस्थाले पहल नगरेको सर्वसाधारणको गुनासो रहेको छ। www.arghakhanchi.com

अर्घाखाँचीमा एमालेका नेता, कार्यकर्ताहरु धमाधम माओवादीमा प्रबेश

-इश्वर चन्द्र खनाल
खन ४ मखात
अर्घाखाँची


सन्धिखर्क, अर्घाखाँची - अर्घाखाँची जिल्लामा नेकपा एमालेका नेता तथा कार्यकर्ताहरु धमाधम एकीकृत नेकपा माओवादीमा जाने लहर चलेको छ।

अर्घाखाँची जिल्लाका क्षेत्र नम्बर - १ का खन, डिभर्ना लगायतका गाबिसहरुबाट ठुलो जमात सहित प्रबेश गर्ने क्रम जारी छ। एमालेको बर्चस्व मानिएका गाबिसहरु खन तथा डिबर्नामा एमाले राजनीतिलाई ठुलै धक्का पुगेको छ।

खन गाबिसका एमालेबाट निर्बाचित उपाध्यक्ष श्री गंगा राम खनाललाई माओवादी पूर्व जिल्ला इन्चार्ज चन्द्र खड्काले अबिर लगाइ स्वागत गर्नुभयो।

त्यसैगरी बिभिन्न गाउलेहरुलाई पनि एकीकृत नेकपा माओवादीमा धारमा ल्याउने खालको भाषण पनि उहाले गर्नु भएको थियो।

यस अघि नेकपा एमालेको आर्थिक फाँटमा लामो समयसम्म रहेर महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका तथा २०५६ सालमा अर्घाखाँचीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएका डा. डिल्लीराज खनाल पनि एकीकृत नेकपा माओवादीमा प्रवेश गर्नुभएको थियो । www.arghakhanchi.com

ठाडाको भेडामारेबाट अवैध रूपमा जडीबुटी लिएर बुटवल जाँदै गर्दा ३ पक्राउ

सन्धिखर्क/अर्घाखाँची - अवैध रूपमा जडीबुटी लिएर बुटवल जाँदै गर्दा जिल्ला वनले ३ जनालाई पक्राउ गरेको छ ।

ठाडाको भेडामारेबाट लु१ज १३९९ नंको पिकअप जीपमा जडीबुटी लिएर बुटवल जाँदा कर्मचारीले नियन्त्रणमा लिएका हुन् । पक्राउ पर्नेमा भारत घर भई कपिल्ावस्तु बस्ने विष्णु गुप्ता, बुटवल नपा-१३ का जीप चालक गौतम बुद्ध शर्मा, १० का तिलकराम अधिकारी छन् ।

बाँदर केरा, जीवन्ती ५ बोरा अवैध जडीबुटीसहित पक्राउ गरिएको वन अधिकृत सुरेश सिंहले बताए । तीनै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा राखिएको छ । www.arghakhanchi.com

20090616

जुकेना देखि जलुके गाबिससम्म मोटरबाटो पुगेपछि स्थानिय बासिन्दामा खुसियाली

सन्धिखर्क, अर्घाखाँची - अर्घाखाँचीको जुकेना गाबिस देउराली देखि जलुके गाबिसको एरावतसम्म जोडने १२ किलोमिटर मोटरबाटो निर्माण सम्पन्न भएपछि पहिलो पटक मोटर पुगेको छ।

मोटर पुगेपछि स्थानिय बासिन्दाले पन्जेबाजा बजाएर नाचगान गरी खुसियाली मनाएका छन। जुकेना गाबिसको रु, दुई लाख, जलुके गाबिसको रु चार लाख ५० हजार र अन्य उधारो गरी रु २२ लाख ५ हजारको लागतमा बाटो निर्माण कार्य सम्पन्न भएको हो।

पहिलो पटक मोटर पुग्दा मोटर चालकलाई स्थानियबासीले फुलमाला लगाएर स्वागत गरेका छन।

सो बाटोको उद्घाटन एकिक् त माओवादीका केन्द्रिय सदस्य राम प्रसाद बन्जाडेले गर्नु भएको थियो।

ठाडा ३ मा टिप्पर पल्टदा एक जनाको ज्यान गयो

सन्धिखर्क / बुटवल - अर्घाखाँचीको सन्धिखर्कबाट गोर्सिङे आउँदै गरेको ना ३ ख ५४३१ नम्बरको टिप्पर ठाडा ३ मा पल्टदा एक जनाको ज्यान गएको छ।

दुर्घटनामा घाइते भई लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचारको क्रममा टिप्पर चालक मकवानपुर्का लालबहादुर लामाको ज्यान गएको ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ।


घटनामा परी घाइते अन्य दुईको अस्पतालमा उपचार भईरहेको छ।

मैदान गाबिसका मेघ नाथको मलेसियामा रहस्यमय मृत्यू


- मलेसियाको रावाङ्गमा स्थित यूरो कम्पनिमा कार्यरत मैदान गा.बि.स. वडा नं. २ घर भएका मेघनाथको रहस्यमय मृत्यू भएको छ । गत मे महिनाको २९ तारीखका दिन देखि अचानक गायव भएका बिक ३१ मेका दिन कम्पनिकै नजिकै रुखमा झुण्डीको अवस्थामा निजको लास फेला परेको थियो ।

हराई रहेका मेघनाथलाई खोज्दै जानेक्रममा नाईलनको डोरीमा झुण्डीएको शरीर भरी निलडाम भएको अवस्थामा लास फेला परेकोले निजले आत्महत्या गरेको भन्ने कुरा बिश्वास गर्न नसकिने र पोसमार्टम पछि जुन ४ तारीखको थाई एयरवेजको बिमान बाट नेपालमा लास पठाइसकिएको कुरा सँगै कार्यरत नेपाली बुद्धी भण्डारीले बताउनु भयो ।

कम्पनि सँग बिमाको लागी पहल गर्न खोज्दा आत्महत्या गरेकोमा बिमा नपाईने कुरा बताइए पछि मृतक बिक परिवारको राहतको लागी बुद्धि भण्डारीको सकि्रयतामा आरएम ४५०० संकलन गरी निजका परिवारका नाममा ईन्सेन्टीभ रेमिट मार्फत पठाईने निः शुल्क पठाईन लागिएको थाहा हुन आएको छ । नेपाल स्थित ईन्सेन्टीभ ग्रुप अफ कम्पनिका चेयरमेन हरीमान लामा बाट पनि मृतकका परिवार लाई सहयोग गरीने बताउनु भएको छ ।

नेपालमा अर्घाखाँची जिल्ला मैदान गा.बि.स. वडा नं. २ घर भएका निज बिक बिगत ६ बर्ष देखी मलेसियामा मजदुरी गर्दै आएका थिए । मृतकका परिवारमा २ छोरा २ छारी, एक श्रीमती, बाबु र आमा गरी ७ जनाको परिवार छ ।

मेघ नाथको एक छोराको टाउको सँग सम्बधीत जटिल बिरामी भएको र निजको अपे्रसनकोलागी ठुलो रकमको आवस्यकता भएको हुँदा निजको परिवारको सहयोगको लागी यहाँ स्थित नेपाली हरुले सबै सँग सहयोगको लागी अपिल पनि गरेका छन् ।

ठाडा गाविसमा दुवै कान नभएकी बालिका हेर्नेको भीड

सन्धिखर्क, अर्घाखाँची - अर्घाखाँची जिल्लाको ठाडा गाविसमा जन्मेकी अनौठो बालिकालाई भगवान भन्दै हेर्नेको भीड लागेको छ । उनका दुवै कान छैनन्, उनले आमाको दूध नखाई गाईं-भैंसीको दूध खान थालेपछि मानिसहरू आश्चर्यचकित भएका छन् ।

सोही गाविसको खुम्चिकोटकी मीना बस्यालको कोखबाट गत वैशाख १२ गते जन्मेकी ती बालिकाको हालको तौल एक किलो ४०० ग्राम रहेको छ ।

स्वास्थ्यपरीक्षण गर्दा तौल कम भए पनि बालिका स्वस्थ्य भएको चिकित्सकहरूले बताएका छन् ।

20090611

सुपादेउरालीको मन्दिर वरपर प्रद्षण बढदै, अस्तित्व माथि आच

सन्धिखर्क, अर्घाखाँची - समग्र अर्घाखाँची जिल्लाको नै अस्तित्वको रुपमा रहेको सुपादेउरालीको मन्दिर वरपर प्रद्षण बढदै गएको छ।

जसले गर्दा त्यस क्षेत्रमा ब्यापार गर्ने सम्पूर्ण व्यवसायी मर्कामा परेका छन भने मन्दिर अस्तित्व माथि पनि आच आउने देखिन्छ। मन्दिरको वरपर जथाभाबी फालिएको फोहर तथा व्यवस्थित शौचालयको अभावमा मन्दिरको बातावरणमा प्रदुषण बढदै गएको हो।

मन्दिरको मुख्य गेट नजिकै रहेको सार्वजनिक शौचालय अव्यवस्थित रुपमा प्रयोगमा आउँदा त्यस क्षेत्रमा दुर्गन्ध फैलिएको छ भने मन्दिरको सरसफाइ गरेर निस्कने फोहर मन्दिरबाटै सिधै मन्दिरको तलपट्टी भिर्मा फाल्दा बातावरण प्रदुषित हुँदा त्यस्तो समस्या देखिएको हो।

शौचालयको दुर्गन्धले त्यस क्षेत्रमा व्यापार व्यबसाय सन्चालन गर्दै आएका व्यवसायीहरु तथा मन्दिरको बातावरणमा प्रत्यक्ष असर पुगेको देखिन्छ।

मन्दिरको वरपर यसरी दुर्गन्ध बढदै जानुले मन्दिरको अस्तित्वमा नै आच आएकोमा चिन्ता व्यक्त गर्नुहुन्छ मन्दिरको केही पर माला, प्रसादको व्यापार गर्दै आउनुभएका शंकर शर्मा । उहाले थप्नुहुन्छ - पहिले -पहिले त्यस क्षेत्रमा राम्रो स्वच्छ बातावरण भएको बसौ-बसौ लाग्ने स्थल थियो आएका दर्शनार्थीहरु पनि केही बेर यताउता घुम्ने गर्दथे तर अहिले शौचालयको दुर्गन्धले गर्द दर्शनार्थीहरु पनि छिट्टै फर्कने गरेका छन जसले व्यापारमा पनि कमी आएको छ।

त्यस क्षेत्रमा फैलिएको दुर्गन्धले उहा मात्र होइन त्यस क्षेत्रमा व्यवसाय गर्दै आएका सम्पूर्ण व्यवसायीहरुलाई चिन्तित बनाएको छ। यसको प्रत्यक्ष मर्का त्यस क्षेत्रका सम्पूर्ण व्यवसायीहरुलाई परेको छ।

यस दुर्गन्धले गर्दा होटल समेत काम चलेको बताउनुहुन्छ होटल व्यवसायी मनिषा । उहा थप्नुहुन्छ - नास्ता खान आयो पहिल्यै शौचालयको दुर्गन्ध आउन्छ कसरी खाने ?

यस्तै यस् क्षेत्रमा फैलिएको दुर्गन्धले फलफुलको व्यापारमा पनि कमी आएको बताउनुहुन्छ फलफुल व्यवसायी कृष्ण । उहाले मौसम अनुसारका फलफुल बेच्ने बताउनुभयो । त्यस समय उहाले बखडा बेच्नेको लागि एक डोकामा बखडा लिएर बस्नुभएको थियो।

यस सम्बन्धमा मन्दिर सरक्षण समितीका सदस्य मोतिराम घिमिरे सँग जिज्ञासा राख्दा उहाले यस सम्बन्धमा हालसम्म कुनै पहल नभएको बताउनुभयो। उहाले भन्नुभयो- यस क्षेत्रमा फैलिएको दुर्गन्धले सबैलाई मर्कामा परेको महसुस गरेका छौ, छिट्टै नै त्यसलाई व्यवस्थित बनाउनको लागि २ जना पूजारी, १ जना सरक्षक समितिको सदस्य, १ जना चौकीदार गरी चार कर्मचारीले मार्सिक तलब खाने गरी कार्य गरिरहेको जानकारी दिनुभयो।

दैनिक जसो सय देखी ३ सयसम्म दर्शनार्थीहरुको घुइचो लाग्ने मन्दिरमा प्रायजसो कुनै मनको इच्छा पुरा भएको खण्डमा यस्तो चिज चढाउने भनी भक्कल चढाउने व्यक्तीहरु बढी आउने घिमिरेले बताउनुभयो।

उहाले सबैभन्दा बढी घुइचो बडा दशैको दुर्गा लाग्ने समय देखी बैशाख महिनामा नयाँ बर्षको अवसरमा लाग्ने पनि जानकारी दिनुभयो। घिमिरेले मन्को इच्छा पुरा भएमा पाठा - पाठी चढाउने, परेवा उडाउने, भेटी चढाउने लगायतक भक्कल गर्ने जानकारी गराउनुभयो।

उहाले अठोत्, शिवरात्री, औशी, एकादशी, रामनवनीमा भने पाठा- पाठी भक्कल नचढाइने जानकारी दिनुभयो।

20090607

खन- बिहारा,मखता मोटरबाटो अर्थिक समस्याका कारण ओजेलमा, एमालेको असहयोग

-इश्वर चन्द्र खनाल
खन ४ मखात
अर्घाखाँची


सन्धिखर्क, अर्घाखाँची - अर्घाखाँची जिल्लाको सन्धिखर्क बिहारा रामपथ मखता खन मोटरबाटो अर्थिक समस्याका कारण ओजेलमा परेको छ। विगत चार बर्षदेखि लगातर खनाइ हुँदै आएको बाटो राष्ट्रिय योजनाको रातो किताबमा समेत छापिएको थियो। हाल आएर त्यो बाटो राम्रो सँग गाडी गुड्न नपाउदै फेरि समस्यामा परेको हो।

स्थानिय गाउँलेहरु पनि राजनीतिक भागबन्डाको कारणले बिछिप्त भएका छन।

अर्घाखाँची जिल्लाका नेपाली कांग्रेस जिल्ला कार्यसमितिका उपसभापति बिष्णु मुस्कानको पहलमा यो बाटो निर्माण गर्न थालिएको थियो।

यसका साथै अहिले आएर त्यसलाई एमालेका कार्यकर्ताहरुले राजनीतिको कारण देखाइ गाउँबाटै सहयोग नगर्न भनेका छन।

राजनीतिक तथा शैक्षिक अचतेनका कारण यस्तो समस्या परेको खन गाबिस ४ का एक जना बुद्धीजिवी -शिक्षक शोभाखर खनालले बताउनुभयो। अस्ति मात्र सम्पन्न भएको सर्वदलिय बैठकमा पनि खास बिषयमा सहमती हुन सकेको छैन ।

अर्घाखाँचीबासीहरु बस, जिपहरुका छतमा खचाखच रुपमा यात्रा गर्न वाध्य

-मधु प्रसाद पोखेरेल

बुटवल, सन्धिखर्क - २५ जेष्ठ बर्षाको आगमन सँगै पहाडी मार्गमा यात्रुहरुको चाप पनि बढदै गएको छ। जयनगर- सन्धिखर्क अन्तर्गतको सडक खण्डमा यात्रुहरुको चाप बढेको हो।

यसैसँगै यात्रुहरुले असुर्क्षित यात्रा गरिरहेका छन। बर्षाको आगमन सँगै यताउता गएका ब्यक्तीहरु वर्षे खेती गर्नको लागि घर फर्कने, पढन गएका विधार्थीहरु पनि हिउदे बिदामा घरमा फर्कने तथा ब्यापार ब्यवसाय गर्ने ब्यक्तीहरुले पनि बर्षा याममा बाटो बिग्रिने हुनाले पहिल्यै नै सामग्री खरिद गर्ने क्रम बढेकोले यसरी यात्रुहरु उल्लेख्य रुपमा बढेको बताउनु हुन्छ सन्धिखर्कका कृष्ण प्रसाद शर्मा ।


यससँगै सवारीको भित्र तथा बाहिर छतमाथि बसेर जोखिमपूर्ण यात्रा गर्न यात्रुहरुको सन्ख्या पनि उल्लेखिय रुपमा बढेको छ। सो सडक खण्डमा चल्ने बस तथा जिपहरुको भित्र तथा बाहिर छतमा खचाखच रुपमा यात्रुहरु प्राय भरिएको देखिन्छ।


यसरी यात्रुहरु सवारीको छतमाथि बसालेर जोखिमपूर्ण यात्राा गराउदा पनि त्यस क्षेत्रमा ट्रफिक चेकिङको लागि ठाउँ- ठाउँमा बसेका ट्राफिक प्रहरीहरु पनि रमिते बन्न विवश छन। उनिहरुले औपचारिकताका लागि मात्र ट्राफिक बिट्निर आएपछि ओराल्ने गरेको अर्घाखाँची वाइका यात्रु हरिषचन्द्र के.सी ले बताउनुभयो। उहाले भन्नुभयो यस क्षेत्रमा चल्ने सवारी साधनहरुले चेकिङ क्षेत्र आएपछि करिव २,३ सय मिटर अगाडि नै यात्रुहरुलाई ओरालेर अगाडि पठाएर चढाउने गर्छन् तर पनि ट्राफिक प्रहरीले देखेपनि नदेखे जस्तो गरी बस्छन ।

उहाले ट्राफिक प्रहरीले कमसेकम छडके चेकिङ गरेर एक दुई पटक गाडी रोक्ने हो भने यो क्रम घटेर जाने बताउनुहुन्छ। उहाले यसो गरेमा यात्रुहरुलाई सचेत पारी जोखिमपूर्ण यात्रा गर्नबाट बचाउन सकिने बताउनु भयो।

20090606

खनको गुरासेमा पहिलो पटक मोटर,स्थानिय बासिन्दा अत्यन्तै खुशी भएर नाचगान

सन्धिखर्क, अर्घाखाँची - अर्घाखाँचीको खन गुरासेमा पहिलो पटक मोटर पुगेपछि स्थानिय बासिन्दा अत्यन्तै खुशी भएर नाचगान गरेका छन।

कार्कीटोला खन हुँदै गुरासे जोडने ४ किलोमिटर मोटारबाटो निर्माण कार्य सम्पन्न भएर पहिलो पटक गाडी पुगेपछि स्थानिय बासिन्दाहरु बाजा बजाएर नाचगान गरेका हुन।

सांसद कोष, जिबिस अनुदान, नरनारायण बाबाको आर्थिक सहयोग र जन श्रमदान गरी करिब २५ लाखको लागतमा मोटरबाटो निर्माण कार्य सम्पन्न भएको हो। पहिलो पटक मोटर लिएर जाने ड्राइभर र मोटरलाई समेत स्थानिय बसिन्दाले फुल, माला र अविरले स्वागत गरेका थिए।

अर्घाखाँचीका कृषकहरु चैते धान बाली किराले काटेर नष्ट पारेपछि चिन्तित

सन्धिखर्क, अर्घाखाँची - अर्घाखाँचीका बिभिन्न क्षेत्रमा लगाइएका चैते धान बाली किराले काटेर नष्ट पारेपछि कृषक चिन्तित बनेका छन। जिल्लाका खेती योग्य जमिन मध्ये ८ हजार ६९ हेक्टर जमिनमा धानखेती गर्ने यहाँका कृषकहरु धान बाली किराले काटेर नष्ट पारेपछि यस वर्ष अनिकाल पर्ने कुरा चिन्तित बनेको हुन।

जिल्लाका खाकावेसी, साम्नेखोला,मथुराबेसी, भारतुफाट, दुर्गाफाट लगायतका स्थानमा लगाइएको चैते धान सेतो फुर्सो किरा जस्तो देखिने किराले धान काटेको कृषकहरुले बताएका छन। बर्षदिन खान भनेर खेती गरेको पसाउन लागेको धानबाली किराले काटेर र विषादी छर्दा समेत नियन्त्रणमा आउन नसकेको ढाकावाङका कृषक राम थापाले बताए ।

अर्घाखाँची जिल्लामा ९३ प्रतिशत मनिसहरु कृषिमा निर्भर रहेका छन। कृषि बिकास कार्यालय अर्घाखाँचीका प्रमुख शिव रिजालले भने यो समस्या अर्घाखाँचीमा मात्र देखापरेको बताउदै यसको लागि कार्यालयले पहल गरिरहेको बताउनु भयो। उहाले भन्नुभयो कृषकहरुले यसको नमुना हामी कहाँ ल्याइ सकेका छन। रोकथाम प्रकृयामा हामी लागेका छौ।

---------

अर्घाखाँचीका अधिकांश महिलामा पाठेघर खस्ने समस्या

सन्धिखर्क, अर्घाखाँची -अर्घाखाँचीका अधिकांश महिलामा पाठेघर खस्ने समस्या भेटिएको छ । विभिन्न गाविसमा गरिएको परीक्षणमा अधिकांश महिलामा यो समस्या देखिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

सुत्केरीमै भारी काम, गर्भपतन, सानो उमेरमा बच्चा जन्माउने, सुत्केरी अवस्थामै यौनसम्पर्क, बालविवाह, सरसफाइको कमी र अशिक्षाका कारण महिलामा पाठेघरको समस्या देखिएको कार्यालयले जनाएको छ ।

जिल्लाको गोखुंगा, चिदिका, बल्कोट, पोखराथोक, अर्घातोष, सन्धिखर्क, ठाडालगायतका गाविसमा महिलाको पाठेघरसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर गरिएको थियो । १ हजार ८ सय ९४ महिलामा गरिएको परीक्षणमा ३ सय ५० जनालाई रिङ राख्नुपर्ने र २ सय २५ महिलाको शल्यक्रिया गनर्ुपर्ने अवस्था भेटिएको थियो ।

अधिकाश महिला पाठेघरको रोगले पीडित भएको पाइयो, जनस्वास्थ्य प्रमुख डा.चित्रप्रसाद शर्मा वाग्लेले भने, समयमै उपचार नगरे अरू समस्या थपिन सक्छ ।

उनले पाठेघरको उपचारका लागि सरकारले छुट्टै नीति ल्याएर सेवा दिनुपर्ने बताउँदै भने, जिल्लामा ९० प्रतिशत महिला पाठेघर र आङ खस्ने समस्याबाट पीडित छन् ।

उनले धेरै महिलाको पाठेघर पूरै बाहिर निस्केको, भित्र नजाने, घाउ बनेको पिसाब नरोकिने अवस्था भेटिएको बताए । पाठेघरको समस्या देखिएको लगत्तै स्वास्थ्य संस्थामा पुगेर उपचार गराए थप समस्याबाट रोक्न सकिने उनले बताए ।

पाठेघर खसेका महिलालाई घाउ हुने, काम गर्न, हिडडुल गर्न, यौनसम्पर्क गर्दा समस्या हुने र क्यान्सरसमेत भएपनि लाज र डरका कारण रोग लुकाउने गरेका उनीहरूले बताए । पाठेघर खसेपछि हिँड्दा, काम गर्दा मेलापात गर्दा अप्ठ्यारो हुुने गरेको छ, ठाडाकी शारदा बेल्बासेले भनिन्, रोग भने सबैले हेला गर्छन् भनेर लुकाएर राखें, अहिले दुःख पाइयो ।

पाठेघर खस्ने समस्याबाट पीडित हुनेमा १५ वर्षदेखि ७० वर्षसम्मका महिला भएको जनस्वास्थ्यको तथ्यांकमा उल्लेख छ । सुत्केरी महिलाले ४-५ दिनमै काम गनुपर्ने, अवैध गर्भपतन, कम उमेरमै बच्चा जन्माउने, सुत्केरी लगत्तै यौनसम्पर्क, बालविवाह सरसफाइको कमी र अशिक्षित भएका कारणले पाठेघरको समस्या बढी हुने स्वास्थ्यकर्मी बताउँछन्

---------

(सहायक समाचार स्रोत- कान्तिपुर, काठमाडौं )

सिद्धारा गाविसमा नागरिकता दिन सिफारिस गर्ने सचिव सहित तीनजनालाई पक्राउ

सन्धिखर्क, अर्घाखाँची - गलत व्यक्तिलाई नागरिकता दिन सिफारिस गर्ने गाविस सचिवसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको सिद्धारा गाविसका सचिव मोतीप्रसाद बञ्जाडेसहित नक्कली नागरिकता लिन खोज्ने कपिलवस्तु जयनगरका सुरज बस्नेत र सिद्धाराकै बखनजन आलेलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । आलेले आफू नक्कली बाबु बनेर कपिलवस्तुका बस्नेतलाई नागरिकता दिलाउन खोजेको प्रशासनले जनाएको छ ।

गाविसबाट सिफारिससहित आएका उनीहरूलाई शंका लागेर सोधपुछ गर्दा रहस्य पत्ता लागेको थियो । प्रमुख जिल्ला अधिकारी भवानीप्रसाद पराजुलीले गाविस सचिवले गैरकानुनी रूपमा नागरिकताका लागि सिफारिस गरेको बताए । पक्राउ परेका तीनैजनालाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान भइरहेको पराजुलीले बताए ।

---------

(सहायक समाचार स्रोत- कान्तिपुर, काठमाडौं )

20090602

ठाडा गाबिसका ९ वर्षिय बालक रमेश घर्तीको कपिलबस्तुमा डुबेर मृत्‍यु

सन्धिखर्क, अर्घाखाँची - कपिलबस्तुको महेन्द्रकोट गाबिस वार्ड नम्बर- ८ स्थित गुरुङे खोलामा डुबेर एक बालकको मृत्‍यु भएको छ। अर्घाखाँची जिल्ला ठाडा गाबिस- ५ घर भएका ९ वर्षिय बालक रमेश घर्तीको डुबेर मृत्‍यु भएको प्रहरीले जनाएको छ।

स्थानियबासीले उनको शव पानीमा तैरिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए। नुहाउन गएका घर्ती गहिरो ठाउमा पुगेपछि डुबेर मरेको प्रहरीको प्रारम्भिक प्रतिवेदनले जनाएको छ। लाशको पोस्टमार्टम पछि परिवारलाई बुझाइएको थियो।

शाइन डिभेलपमेन्ट बैंक लि.को पहिलो शाखा सन्धिखर्कमा शुभारम्भ

सन्धिखर्क, अर्घाखाँची - शाइन डिभेलपमेन्ट बैंक लि.ले आफ्नो पहिलो शाखा अर्घाखाँचीको सन्धिखर्कमा शुभारम्भ गरेको छ। नेपाल राष्ट्र बैंक सिद्र्थ नगर कार्यालयका मुख्य व्यवस्थापक केशवराज आचार्यले एक समारोह बिच सन्धिखर्क शाखा समुद्घटना गर्नु भएको थियो।

यस् क्षेत्रको समग्र आर्थिक विकासमा सहभागी भई अगाडि बढने लक्ष्यका साथ बैंक यस जिल्लामा प्रबेश गरेको जानकारी बैंकका अध्यक्ष थानेश्वर पौडेलले गराउनु भएको थियो।

कार्यक्रममा उधोग वाणिज्य सँघ, अर्घाखाँचीका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ। प्रमुख जिल्ला अधिकारी भवानी प्रसाद अधिकारी, नेपाल पत्रकार महासँघ अर्घाखाँचीका अध्यक्ष निमबहादुर रिजाल, सन्धिखर्क गाबिसका निवर्तवान अध्यक्ष कुलदिप भुसाल, स्थानिय बिकास अधिकारी तारा बहादुर कार्कीले बैंकको सफलताको लागि शुभकामना व्यक्त गर्नु भएको थियो।

खाचीकोट डिहिडाडाका पवन भट्टराईको असमाहिक निधन


सन्धिखर्क, अर्घाखाँची - खाचीकोट वार्ड नम्बर ५ ,डिहिडाडाका पवन भट्टराईको असमाहिक निधन भएको छ। उनको अरुणखोला, नवलपरासीस्थित माओवादी शिविरमा यही मे ३० तारिकका दिन २९ वर्षो उमेरमा हृदयघातबाट मृत्यु भएको हो।

सुरुमा सामान्य बिरामी भएका उनलाई अरुणखोला, नवलपरासीस्थित अस्पतालमा लगिएको थियो तर मे ३० तारिक साझ करिव ९:३० बजे तिर उनको भएको मृत्यु भएको घोषणा गरिएको थियो।

उनको शब एम्बुलेन्समा नवलपरासीबाट अर्घाखाँची लगिएको थियो। उनको अन्तिम सस्कार गर्न बिभिन्न राजनीतिक पार्टी लगायत अन्य गरी करिव ३०० जना उपस्थिती रहेका थिए।

स्व.भट्टराई अरुणखोला, नवलपरासीस्थित माओवादी शिविरको स्वास्थ्य बिभागमा काम गर्दै आएका थिए।

स्व. भट्टराईका ७ बर्षिय एक छोरी र श्रीमती रहेका छन ।

यस दुखद घडिमा हामी हार्दीक सामवेदना व्यक्त गर्दै मृत आत्माको चिर शान्तिको कामना सहित शोक संतप्त परिवारलाई भगवानश्ले धर्य धारण गर्ने शक्ति प्रदान गरुन भन्ने कामना गर्दछौ ।