20090526

टोप बहादुर रायमाझी विरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी

सन्धिखर्क/काठमाडौं - एकीकृत नेकपा-माओवादी केन्द्रिय सचिवालय सदस्य, इन्चार्ज एवम सभासद टोप बहादुर रायमाझी विरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी परेको छ।



नेपाली कांग्रेसका नेता राम बहादुर बि.सी तथा खाचिकोट गच्छेखोलाका बासुदेव आचार्य लगायतले गरेको उजुरीमा रायमाझीले राष्ट्रपतिको समर्थन गर्नेलाई गाउँबाट लखट्ने तथा कांग्रेस-एमालेमा लागेर माओवादीको बिरोध गर्नेलाई जनकारबाही गर्ने धम्की दिएको भन्दै रायमाझी माथि कारवाहीको माग गरिएको छ।


सो उजुरीमा दन्डहिनता अन्य गर्न, विचार अभिव्यक्ती स्वतन्त्रता सम्बन्धी हक तथा अरुको बिचारमा विमति राख्न पाउनु पर्ने अधिकार सरक्षण गराउन पहल गर्न आयोग समक्ष माग गरिएको छ।

पुर्व बिद्रोही माओवादीले गत १२ मे, २००९ मा सदरमुकाम सन्धिखर्कमा एक सभा गरेको थियो र सो सभामा रायमाझीले जिल्लाका सबै जनता माओवादी हुनुपर्ने र एक हप्ता भित्र माओवादी नभए जिल्लाबाट लखट्ने तथा जनकारबाही समेत गर्ने धम्की दिएका थिए।

यसका साथै देशमा भएको संवैधानिक कु को समर्थक राजनीतिक दल संघ-संस्था र व्यक्तिहरुले एक हप्ताभित्र गाउँ छोड्नुहोला हैन भने पार्टीले गर्ने प्रतिरोधमा कारबाहीको भागिदार बन्न तयार हुनुहोला भन्ने जस्ता अनेकौ धम्कीहरु दिएका थिए।

सो लखट्ने तथा जनकारबाही गर्ने खबर आएपछि अर्घाखाँची जिल्लाका अरु राजनीतिक दलका नेता, कार्यकर्ता, सर्वसाधारणहरु समेत डर- त्रासमा रहेका छन।

No comments:

Post a Comment