20090529

डा. डिल्लीराज खनाल एकीकृत नेकपा माओवादीमा प्रवेश

बिज्ञापन - विश्व समाचारका लागि न्यूयोर्क, लण्डन, मैड्रिडबाट एकै साथ प्रकाशित हुने अन्तरराष्ट्रिय दैनिकी www.timesofearth.com THE TIMES OF EARTH.


काठमाडौं - नेकपा एमालेको आर्थिक फाँटमा लामो समयसम्म रहेर महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका डा. डिल्लीराज खनाल एकीकृत नेकपा माओवादीमा प्रवेश गर्नुभएको छ । उहाँ राष्ट्रिय योजना आयोगको सदस्य र २०५६ सालमा अर्घाखाँचीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

डा. खनाल सहित ठूलो संख्यामा एमाले कार्यकर्ताहरु एकिकृत नेकपा माओवादीमा प्रवेश गरेका छन् ।

एनेकपा -माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीबार राजधानीमा आयोजित कार्यक्रममा उहाँलाई टीका लगाई पार्टीमा भित्र्याइएको घोषणा गर्नुभयो । उहाँका साथ उहाँकी श्रीमती मीनासमेत सो पार्टीमा प्रवेश गर्नुभएको छ ।

बुटवलमा सम्पन्न आठौं महाधिवेशनमा फरक मत जाहेर गर्नुभएका खनालले २०४७ देखि नेकपा -एमाले)को आर्थिक विभागमा रहेर काम गर्दै आउनुभएको थियो ।


आठौं महाधिवेशनले दिएको मार्गदर्शन विपरीत सरकार गठन र गिराउने खेलमा पार्टी लागेकाले त्यसप्रति चित्त नबुझेर आफूले विद्रोह गरेको डा. खनालले जानकारी दिनुभयो ।

कार्यक्रममा वोल्दै खनालले आफु माओवादीले थालेको जनयुद्धप्रति असहमत रहेपनि उसले शान्तिपूर्ण राजनीतिमा खेलेको भूमिकाप्रति सकरात्मक भएकाले माओवादीमा प्रवेश गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो- मुलुकको वाम एकीकरणलाई अगाडि बढाउनुपर्छ भन्ने मान्यताका साथ आफू माओवादीमा प्रवेश गरेको हुँ ।

डा. खनाल यसअघि एमाले कोटामा राष्ट्रिय योजना आयोगका सदस्य थिए भने पछिल्लो संबिधानसभा चुनावमा अर्घाखाँचीबाट पराजीत भएका थिए ।

No comments:

Post a Comment