20090526

अर्घाखाँचीका गाउँगाउँमा उच्च मावि खोल्ने लहर

सन्धिखर्क, अर्घाखाँची - अर्घाखाँचीका गाउँगाउँमा उच्च मावि खोल्ने लहर चलेको छ ।

घरमा काम गर्दै पढ्न पाएपछि गाउँका उच्च माविमा विद्यार्थीको घुइँचो बढेको छ । सहरमा गएर पढ्ने खर्च नहुँदा अधिकांश विद्यार्थी पढाइबाट वञ्चित थिए । अहिले भने वर्षौंदेखि छाडेकाहरूसमेत पढ््न थालेका छन् ।

जिल्लामा उच्च माविको संख्या २१ पुगेको छ । ४२ गाविसमा ५९ मावि छन् । सदरमुकाम सन्धिखर्कमा तीन उच्च मावि छन् । तुलनात्मक रूपमा क्याम्पसमा भन्दा महँगो शुल्क भए पनि गुणस्तरीय हुने विश्वासले विद्यार्थी उच्च माविमा पढ्न आकषिर्त भएका छन् ।

सदरमुकामकै जनज्योति उच्च माविमा यस वर्षदेखि विज्ञान पढाइ हुने भएको छ । उक्त उच्च माविबाट जिल्लाको वाङला र खनदह गाविसमा उच्च माविको शाखा खोलिएको छ ।

प्रत्येक माविमा उच्च मावि सञ्चालन गर्नुपर्ने अभिभावकको माग रहेको जिल्ला शिक्षा अधिकारी विष्णुबहादुर द्वारेले बताए ।

---------

(सहायक समाचार स्रोत- कान्तिपुर, काठमाडौं )

No comments:

Post a Comment