20090526

पोखराथोक गाविसका दलित बस्तीमा सरसफाइ अभियान, गाउँ जिल्लाकै नमुना

बिज्ञापन - विश्व समाचारका लागि न्यूयोर्क, लण्डन, मैड्रिडबाट एकै साथ प्रकाशित हुने अन्तरराष्ट्रिय दैनिकी www.timesofearth.com THE TIMES OF EARTH.


सन्धिखर्क, अर्घाखाँची - पोखराथोक गाविसको दलित बस्तीका शौचालय निर्माणसँगै घरअँागन र टोलटोलसमेत सफा देखिन थालेको छ ।

गाउँमा चर्पी बनाएर सरसफाइ अभियान सञ्चालन भएपछि दलित बस्ती सफाइ भएकाले स्वास्थ्यमा समेत सुधार आएको हो । केही समयअघि फोहोरले दलित बस्ती दुर्गन्धित हुनुका साथै बासिन्दा बिरामी भइरहन्थे । चर्पीले दलित बस्तीको रुपनै फेरिएको स्थानीयवासी बताउँछन् ।



समाज सेवा तथा जिल्ला वातावरण समूहले १५ हजार रुपयाँ बराबरको सामग्री दिएपछि उपभोक्ताले घरघरमा शौचालय बनाएका हुन् । पोखराथोकको मोहर गाउँका बासिन्दा दिनहुँ उठ्नासाथ घर वरपरको सरसफाइमा लाग्ने गरेको टीकाराम विकले बताए, अहिले यहाँका मानिसको दिनचर्या फेरिएको छ । सबैले बिहान उठेपछि पहिला घर वरपर तथा टोल र बस्तीसम्म सफा गरेरमात्र अरु काममा लाग्छन् ।

यो गाउँ अहिले जिल्लाकै नमुना भएको छ । शौचालय नहुँदा दलित बस्तीका ब्ासिन्दा खुला आकाशमा दसा पिसाब गर्दा गाउँ फोहोर बनेको थियो । उक्त समूहले शौचालय बनाउन सामान र सिमेन्ट दिएपछि गाउँलेले आफैं पक्की शौचालय बनाएका हुन् । उक्त गाविसका ७० घरमा अभियानअन्तर्गत शौचालय बनाएको हो ।

समूहका अध्यक्ष बाबुराम पौडेलले सफा भएपछि गाउँ अब आत्मर्भिरतिर उन्मुख भएको बताए । उक्त गाविसका ४, ७, ८ र ९ वडामा अधिकांश दतिल बस्ती छ ।

---------

(सहायक समाचार स्रोत- कान्तिपुर, काठमाडौं )

No comments:

Post a Comment