20090806

माथि देखिएको बिज्ञापनलाई दैनिक १० पटक सम्म क्लिक गरि सहयोग गरिदिनुहोला।

सुपाखोलामा नयाँ पुल बन्न नसक्दा यातायात संचालनमा कठिनाई

सन्धिखर्क, अर्घाखाँची - गोर्सिङ्गे सन्धिखर्क सडकको सुपाखोलामा हालसम्म नयाँ पुल बन्न नसक्दा यातायात संचालनमा कठिनाई भएको भनी सर्वत्र आवाज उठिरहेको बेला पुलको कामकार्बाहीको अनुगमन गर्न जिल्ला प्राशासन कार्यालयमा बसेको सर्वपक्षिय भेलाले एक अनुगमन समितिको गठन गरेको छ।

भेलाले बिष्णु मुस्कानको संयोजकमा ५ सदस्यीय अनुगमन समिति गठन गरेको थियो। समितिमा ठाकुर कुमार बिक, यमुना भुसाल, व्यवसायी युवराज श्रेष्ठ, जिल्ला प्रशासन र जिबिसका प्रतिनिधी छन। अनुगमन समितिले सुपाखोलामा पुगेर अनुगमन सुरु गरेको छ।

सुपाखोलाको पुरानो पुल भत्काएको ८ महिना बितिसक्दा पनि ठेकेदारले नयाँ पक्कीपुल बनाउने तर्फ कुनै ध्यान नदिदा पानी परेको समयमा यातायात बन्द गर्नुपर्ने र अन्य समयमा पनि यातायातका साधनले ५० प्रतिशत कमी सामान ढुवानी गर्नुपर्ने बाध्यता रहेको छ।
---
@ www.arghakhanchi.com

सन्धिखर्कका सडकहरुमा घडेरी प्लाटिङका कारण स्थानिय बासिन्दाहरुलाई ठुलो सास्ती

सन्धिखर्क, अर्घाखाँची - सदरमुकाम सन्धिखर्क स्थित गुण्टी खोलाको सडकमा घडेरी प्लाटिङ गर्नेहरुका कारण सडकमा माटो थुप्रिदा सडकमा आवाजजावात गर्नेहरुमा ठुलो सास्ती व्यहोर्दै आएका छन।

सन्धिखर्क गोर्सिङ्गे सडकको उद्ग गम स्थल सन्धिखर्क बसपार्कको पाँच सय मिटर नजिकैको पक्की सडकमा माटो थुप्रिदा भएको हिलोका कारण स्थानिय बासिन्दाहरुले हिडडुल गर्न र सवारी चालकहरुले सवारीका साधनहरु संचालन गर्न ठुलो सास्ती व्यहोर्नु परेको हो।

सडक पक्की नहुँदा हिलो र धुलोका कारण सास्ती व्यहोरेका स्थानिय बासिन्दाहरु सडक पक्की भएपछि पनि समस्याबाट मुक्ती पाउन नसक्दा हैरानीमा परेका बताउनछन।

स्कुल र क्याम्पस पढन जाने बिधार्थीहरुको पनि प्रमुख बाटो नै यही सडक भएकोले दैनिक जसो हजारौ मानिस हिलोमा चिप्लिएर लडने, सवारीका साधनहरु हिलोमा फस्ने गरेको देख्न पाईन्छ। हिलोले कपडा बिग्रनुलाई त यहाँ सामान्य नै मान्ने गरेको स्थानिय बासिन्दाको भनाइ छ।

व्यक्तिगत प्रयोजनका निम्ती सडकमा अवरोध पुर्याएको महिनौ बितिसक्दा पनि स्थानिय प्रशासनको चासो नपुग्दा स्थानिय बासिन्दाहरु आक्रोसित बनेका छन।
---
@ www.arghakhanchi.com

सन्धिखर्कमा मुल्य वृद्धि नियन्त्रण सम्बन्धी छलफल कार्यक्रम सम्पन्न‏

सन्धिखर्क, अर्घाखाँची - जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको आयोजनामा सदमुकाम सन्धिखर्कमा मुल्य वृद्धि नियन्त्रण सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा सहभागीहरुले अप्रत्यासित रुपमा महंगी बढेको, मुल्य नियन्त्रण तथा अनुगमन निकाय मौन रहेको, पसल पिच्छे सामानको मुल्य फरक हुने गरेको गुनासो गरेका थिए।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य सागर के।सी, नेपाली काग्रेसका जिल्ला उपसभापती बिष्णु मुस्कान, नेकपा एमालेका जिल्ला सचिवालय सदस्य रामजी प्रसाद घिमिरे, माओवादीका बाबुराम बिक, राप्रपाका जिल्ला अध्यक्ष देवीबहादुर खड्का, राष्ट्रिय जनमोर्चाबाट निष्कासित भएकी जिल्ला नेता यमुना भुसाल, समाजसेवी कुलदिप भुसाल, उद्योग बाणिज्य संघका जिल्ला सचिव नेत्रप्रसाद भुसाल, पत्रकार महासंघका जिल्ला अध्यक्ष निम बहादुर रिजाल, समुदायिक रेडियो अर्घाखाँचीका स्टेशन मेनेजर बिष्णु आचार्य, उपभोक्ता संरक्षण मन्चका सचिव श्रीकृष्ण भुसाल लगायतका वक्ताहरुले प्रत्येक पसलमा मुल्यसुची टास गर्नुपर्ने, कालोबजार र कृतिम अभाव सिर्जना गर्ने माथि कडा कार्वाही गर्नुपर्ने, बजार अनुगमनको व्यवस्था मिलाउनु पर्ने, सामानको नापतौल र गुणस्तरमा ध्यान दिनुपर्ने बताउनु भएको थियो।

कार्यक्रम प्रमुख जिल्ला अधिकारी भवानी प्रसाद पराजुलीको अध्यक्षतामा सम्पन्न भएको थियो। अर्घाखाँची लगायत नेपालभर बढ्दो महँगीका कारण सर्वसाधारणलाई मर्का परेको भन्दै राष्ट्रिय जनमोर्चाले मात्र नियन्त्रणका लागि अभियान थालेको समाचारमा उल्लेख छ।
---
@ www.arghakhanchi.com

क्रान्तिकारीको अर्घाखाँचीमा संगठन विस्तार अभियान, अन्य दलका विधार्थीले प्रतिकार गर्ने‏

सन्धिखर्क, अर्घाखाँची - अनेरास्वियु क्रान्तिकारी अर्घाखाँचीले २ महिने संगठन निर्माण तथा सुद्रढीकरण अभियान बनाएर जिल्लाका सबै क्याम्पस, उच्च मावि र माध्यामिक विद्यालयसम्म पुग्ने भएको छ।

क्रान्तिकारीले अभियानको क्रममा अन्तरक्रिया, छलफल, प्रशिक्षण, सदस्य वितरण, नविकरण तथा संगठन निर्माण एवम पुर्नगठन गर्ने जनाएको छ।

क्रान्तिकारी अर्घाखाँचीको सन्धिखर्कमा सम्पन्न बैठकले अभियान संचालन तथा संगठन सुद्धढीकरणका लागि इलाका स्तरका १२ वटा कमिटी निर्माण गर्नुका साथै कार्ययोजना समेत बनाएको छ।

तर उता अन्य राजनीतिक दलहरुका विधार्थी संगठनहरुले सदस्य वितरण, संगठन पुर्नगठन तथा विस्तार अभियानका नाममा क्रान्तिकारीले क्याम्पस, विद्यालयहरुमा गई दवाव दिएर अन्य दलहरुका विधार्थीहरुलाई सदस्य वितरण गर्ने लगायत अन्य जबर्जस्तीका कार्य गरेमा त्यसको प्रतिकार गर्ने बताएका प्राप्त समाचारमा जनाइएको छ।
---
@ www.arghakhanchi.com

20090803

अर्घाखाँचीका सबै गाबिसहरुमा खुशीयालीका साथ जनैपूर्णिमा पर्व मनाइयो

सन्धिखर्क, अर्घाखाँची - श्रावण शुक्ल पूर्णिमा अथवा ऋषितर्पणी (जनै) पूर्णिमा अर्घाखाँचीका सबै गाबिसहरुमा हिन्दु धर्मावलम्बीहरुले नाडीमा रक्षाबन्धन बाँधेर र जनै फेरेर मनाइयो।


नाडीमा रक्षाबन्धन बाँध्दा दैत्यराज बलीको दानशीलता र सत्यनिष्ठा स्मरण गराउने …यनबद्धो बलि राजा दानबद्धो महाबल: त्वेनत्वांम प्रतिबध्नामि रक्षामा चलमा चल:… भनेर मन्त्रोच्चारण गर्ने चलन छ।
रक्षाबन्धनको डोरीले सुरक्षा गर्ने मानिन्छ। जनै लगाउनेहरुले ऋषिहरुको सम्झना गर्दै नजिकको खोला, धारामा पुगेर माटो, गोबर, कुश, खरानी र अपमार्गले स्नान गरी नयाँ जनै (यज्ञोपवित) धारण गर्ने गर्छन्।

रक्षाबन्धन दिन देखि अर्घाखाँचीका ४२ वटै गाबिसहरुमा तिजका गीतहरु गाउँने गर्दछन, रातदिन गाउँ - गाउँहरुमा मादलहरु बजेका सुनिन्छन।


जनैपूर्णिमा पर्वमा कश्यप, अत्रि, भारद्धाज, गौतम, जमदग्नी, वशिष्ठ र विश्वामित्र सप्तऋषीलाई तर्पणसमेत दिइने गरिन्छ। जनै फरिने हुनाले जनै पूर्णिमा र ऋषिलाई तर्पण दिइने भएकाले यस दिनलाई ऋषिपूर्णिमा भनिएको हो।


पौराणिक मान्यताअनुसार, रक्षाबन्धनको सम्बन्ध दानवी शक्तिबाट लखेटिएका देवताहरुलाई इन्द्रका गुरु बृहस्पतीद्धारा रक्षाबन्धन तयार गरी जोगाइएको र वामन अवतार विष्णुद्वारा दैत्यराज बलीलाई बचनवद्ध गराई तीनै लोक प्राप्त गरेको स्मृतिसँग जोडिएको छ।

जनै पूर्णिमा बाँधिएको डोरो गाई तिहारको दिन गाईको पुच्छरमा बाँधिदिए मृत्युपछि वैतरणी नदी पार हुने मान्यता छ।

---
@ www.arghakhanchi.com

धारापानी-७ ठुलाखर्क निवासी नारायण भाटको भारतको काल्काजीमा हत्या

सन्धिखर्क, अर्घाखाँची - अर्घाखाँची धारापानी-७ ठुलाखर्क निवासी नारायण भाटको भारतको काल्काजीमा हत्या भएको छ ।

भाट बिगत दुई महिनादेखि दिल्लीको काल्काजी स्थित E-97 काल्काजी मेनमा कार्यरत रहेको र मिती २ अगष्ट, ०९ का दिन बिहान उनकै कोठामा मृत शरिर भेटिएको थियो।

हत्या गरिएको आशङ्का गरिए तापनि मृत्‍युको कारण भने अझै खुल्न नसकेको र अनुसन्धान भने जारी राखेको स्थानिय प्रहरीले बताएको प्राप्त समाचारमा जनाइएको छ।

यसैगरी नेकपा मसाल निकट अखिल भारत नेपाली एकता समाजले पछिल्लो समयमा नेपालीहरुश्रको हत्या हुने क्रम बढेको भन्दै निष्पक्ष छानबिनको माग गरेको समाचारहरुमा उल्लेख गरिएको छ।

--------
@ www.arghakhanchi.com

20090802

एक हप्ता मै पाल्पाका चिकित्सकको लापारबाहीमा अर्घातोषका दुई महिलाको मृत्यु‏

सन्धिखर्क/पाल्पा - पाठेघरको शल्यक्रिया गरिएकी अर्घातोषकी ७६ बर्षिया कुन्तादेवी बन्जाडेको आइतबार लुम्बिनी मेडिकल कलेज, पाल्पाका चिकित्सकको लापारबाहीले मृत्यु भएको छ र चिकित्सकको लापारबाहीले बन्जाडेको मृत्यु भएको आरोप लगाउँदै पीडितले नाराबाजी गरेपछि अस्पताल तनावग्रस्त बन्न पुगेको थियो।

साताभित्र दुई पटकसम्म शल्यक्रिया गरेपछि मृत्यु भएकी महिलाका आफन्तले घटनाको छानबिन गरी कारबाहीको माग राख्दै अस्पताल घेराउ गर्नुका साथै शव बुझ्न अस्वीकार गरेका थिए ।

अस्पतालमा साताअघि पनि अर्घातोषकी एक महिलाको पाठेघरको शल्यक्रियापछि मृत्यु भएको थियो ।

एक महिलाको मलामी गएको साता नबित्दै अर्की महिलाको मृत्यु भएपछि गाउँले आक्रोशित बनेका हुन् । उनीहरूले शनिबार र आइतबार लुम्बिनी मेडिकल कलेजमा घेराउसमेत गरे । अस्पताल प्रशासन घेराउ गरेका आफन्तले डाक्टरको लापरबाहीले बिरामीको मृत्यु भएको आरोप लगाउँदै घटनाको छानबिनको माग गरेका छन् ।

एक महिनाअघि पाठेघरको शल्यक्रिया गर्दा ११ वटा पत्थरीसमेत निकालिएको दाबी गर्दै अस्पतालले लापरबाही लुकाउने प्रयास गरेको मृतक कुन्तादेवीका छोरा टीकाराम बन्जाडेले बताए ।

अल्ट्रा साउन्ड गर्दा केही देखिएन भन्छन्, अनि अप्रेसन गर्दा ११ वटा पत्थरी कसरी देखियो, मृतक बन्जाडेका आफन्त भीमार्जुन पाण्डेले भने, सानो पत्थरी भए पनि हुन्थ्यो, ठूलो ठूलो छ, यस्तो पनि अल्ट्रासाउन्डमा नदेखिने हुन्छ र ?

कुन्तादेवीको पहिलो शल्यक्रियापछि घाउ निको नभएपछि सातापछि पुनः दोस्रो शल्यक्रिया गरिएपछि बिरामीको अवस्था नाजुक भएर मृत्यु भएको थियो ।

हामीले पहिलो अप्रेसन गरेपछि घाउबाट पिप बग्न नरोकिएपछि नै रिफरका लागि भनेका थियौं तर मानेनन्, छोरा टीकारामले भने, डाक्टरले यहीँ निको हुन्छ भनेका थिए तर मृत्यु भयो ।

लुम्बिनी मेडिकल कलेजले पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय, पोखरासँगको सहकार्यमा पाठेघर खस्ने रोगको निःशुल्क शल्यक्रिया गरिएको थियो । विभिन्न जिल्लाबाट यहाँ पाठेघर खस्ने समस्याको शल्यक्रिया गर्न आउँछन् ।

यस क्षेत्रमा १ हजार ५ सय पाठेघरका बिरामी भएका र सरकारले निःशुल्क शल्यक्रियाका लागि विभिन्न निजी अस्पताललाई अनुमति दिएको छ । कलेजमा ६ सय बिरामीको शल्यक्रिया गरिएको कलेजका अध्यक्ष गोपालबहादुर पोखरेलले बताए ।

सयौंको अप्रेसन गर्दा केही नहुने, दुईवटै अर्घाखाँचीका पर्न गए, कलेजका मेडिकल सुपरिटेन्डेन्ट डा. सुदर्शनलाल प्रधानले भने, यस्तो अवस्था आउला भन्ने कल्पनासमेत थिएन । बिरामीलाई बचाउन खोज्दाखोज्दै दुर्घटना भएको उनले बताए । अस्पतालले भने डाक्टरको लापरबाहीले गर्दा बिरामीको मृत्यु भएको भन्ने स्विकार्न चाहेन । अबका दिनमा यस्ता गल्ती कमजोरी हुने छैनन्, अध्यक्ष पोखरेलले भने, अहिले पनि गल्ती हो वा होइन हामीले यसबारेमा छानबिन गर्नेछौं ।

@ नेपाली संचार माध्यमहरु

--------
@ www.arghakhanchi.com

नेपाल प्रेस युनियन अर्घाखाँचीले श्रमजिवी पत्रकार ऐन लागु गर्न माग गर्दै ज्ञापनपत्र‏

नेपाल प्रेस युनियन अर्घाखाँची शाखाले जिल्लाका बिभिन्न संचार गृहहरुलाई श्रमजिवी पत्रकार ऐन २००६ लाई अनिवार्य रुपमा लागु गर्न ज्ञापन पत्र बुझाएका छ।

नेपाल सरकार सुचना तथा संचार मन्त्रालयले २०६६ साल बैशाख १ गतेदेखि लागु गर्ने गरी शम पत्रकारी ऐन लागु गरेपछि अर्घाखाँची जिल्लामा पनि अनिवार्य रुपमा सो एन लागु गर्न नेपाल प्रेस यूनियन अर्घाखाँची शाखाले रेडियो अर्घाखाँचीमा पनि ज्ञापन पत्र बुझाएको थियो।

विगतमा पत्रकारले आफ्नो ज्यानलाई जोखिममा राखी पत्रकारिता गर्दा न्युन पारिश्रमिक उपलब्ध गराई पत्रकारहरुको श्रम शोषण हुने गरेको भन्दै त्यसको न्युनिकरण गर्न यो ऐन लागु भएको हो।

नेपाल प्रेस यूनियन अर्घाखाँची शाखाले यस जिल्लामा श्रमजीवि पत्रकार ऐन लागि नभएको निरन्तररुपमा सं।गठानिक रुपमै अनुगमन गर्न समेत ज्ञापन पत्रमा उल्लेख छ।

ज्ञापन पत्र बुझ्नु हुँदै सामुदायिक रेडियो अर्घाखाँची कार्य समिति अध्यक्ष बिष्णु मुस्कानले श्रमजीवी पत्रकार ऐन अर्घाखाँची एफ.एममा लागु गर्न प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो।

--------

@ www.arghakhanchi.com

एमालेको छैठौ जिल्ला अधिवेशन असोज २३ र २४ गते सन्धिखर्कमा हुने

सन्धिखर्क, अर्घाखाँची - नेकपा एमाले अर्घाखाँचीको छैठौ जिल्ला अधिवेशन असोज २३ र २४ गते सन्धिखर्कमा हुने भएको छ।

एमालेले पार्टीको जिल्ला अधिवेशन सम्पन्न गर्नको लागि जनार्दन खनालको संयोजकत्वमा ८० सदस्यीय जिल्ला संगठन कमिटी चयन गरेको छ। कमिटिको २२ सदस्यीय जिल्ला सचिवालयको समेत गठन गरेको छ।

सचिवालयमा नरेन्द्र कुमार क्षेत्री, पिताम्बर भुसाल, रामजी प्रसाद घिमिरे, बुद्धिराम भुसाल, पिताबर सारु, धुर्व पाण्डे, बुद्धिबहादुर रायमाझी, जीवनारायण कोइराला, पिताम्बर भुसाल(ख), दधिराम आचार्य, भविश्वर पाण्डे, दलबहादुर भट्टराई, शालिकराम आचार्य, पवित्रा पौडेल, बोमबहादुर बिक, रुद्ध पोखेरेल, धुर्व के.सी, खेमराज खनाल, कुटमदिन अली, कृष्ण पौडेल र खगेश्वर पन्थी लगायत हुनुहुन्छ।

एमालेले अधिवेशनको लागि भाद्र १० गतेसम्म सदस्यता वितरण तथा नविकरण गर्ने, भाद्र मसान्तसम्म सबै गाबिसमा गाउँ अधिवेशन सम्पन्न गर्ने, असोज २ गते निर्वाचन क्षेत्र न- १ र असोज ३ गते निर्वाचन क्षेत्र न- २ को अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको नेकपा एमाले अर्घाखाँचीद्धारा पार्टी कार्यालय सन्धिखर्कमा आयोजित पत्रकार सम्मेलनमा जनाइएको थियो।

--------

@ www.arghakhanchi.com