20090526

माओवादीद्वारा कान्तिपुरका अर्घाखाँची संवाददाता वीरेन्द्र केसीलाई आक्रमणको धम्की

सन्धिखर्क/काठमाडौं - पुष्पकमल दाहालले प्रधानमन्त्रीबाट राजीनामा दिएपछि अर्घाखाँचीभर पुर्व बिद्रोही माओवादीबाट एमाले र कांग्रेस कार्यकर्ता र अन्य सर्वसाधारणहरु माथि आक्रमणका अनेकौ धम्की आउन शुरु भएका छन।

एकीकृत माओवादीका जिल्ला नेताले कान्तिपुर दैनिक पत्रीकाका अर्घाखाँची स्थित संवाददाता वीरेन्द्र केसीलाई आक्रमणको धम्की दिएका छन् । माओवादी अर्घाखाँची सचिवालय सदस्य बाबुराम विक भन्नेले समाचार लेखेको विषयमा सो पत्रीकाका संवाददाता केसीलाई हातखुट्टा भाँच्ने धम्की दिएका हुन् ।

साथै उक्त कान्तिपुर दैनिक पत्रीकाले मे २५, २००९ गते पोखरा संवाददातालाई आधार बनाइ प्रकाशित गरेको समाचारमा अगाडि लेखेको छ,------ माओवादीद्वारा एमाले र कांग्रेसलाई लखेट्न निर्देशन भन्ने समाचारलाई उल्लेख गर्दै धम्क्याएका हुन् । वैशाख २९ गते प्रकाशित समाचारमा माओवादी नेता टोपबहादुर रायमाझीले कांग्रेस, एमालेका कार्यकर्ता माओवादीमा नआए गाउँ छाड्न तयार हुन चेतावनी दिएको उल्लेख थियो ।

समाचार प्रकाशित भएपछि अप्रत्यक्ष रूपमा पनि केही धम्की आइरहेका बेला १० दिनपछि ती नेता आफैंले केसीलाई बोलाएर आक्रमणको चेतावनी दिएका थिए । समाचार लेख्ने अनुमति कसले दियो, पत्रकारका हातखुट्टा भाँचिएका र ज्यान मारिएको सुनेको छस् कि छैनस्, हातखुट्टा भाँचेर फालिदिऊँ भनेका छन्, केसीले भने, दिनभर म जता जान्छु त्यतै गई निगरानी गरेपछि असुरक्षित महसुस गरी सदरमुकाम छाडेर राति बासका लागि सुरक्षित स्थान खोज्दै हिँड्नुपरेको छ ।

घटनाबारे पत्रकार महासंघ अर्घाखाँचीलाई जानकारी गराउँदा गम्भीरतापूर्वक लिएको छैन । महासंघ शाखा सभापति निमबहादुर रिजाललाई जिल्लामै छलफल गरेर मिलाउन पटकपटक गरेको आग्रहलाई बेवास्ता गरेका छन् । घटनाबारे माओवादी अर्घाखाँची इन्चार्ज चन्द्रबहादुर खडका उज्ज्वल ले पार्टीको नीति, योजना बाहिरको कुरा भएको बताउँदै त्यसलाई नियन्त्रण गर्ने बताए ।

यसैगरी एकीकृत नेकपा -माओवादी केन्द्रिय सचिवालय सदस्य तथा इन्चार्ज एवम सभासद टोप बहादुर रायमाझी विरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी परेको छ । उजुरीमा रायमाझीले राष्ट्रपतिको समर्थन गर्नेलाई गाउँबाट लखट्ने तथा कांग्रेस-एमालेमा लागेर माओवादीको बिरोध गर्नेलाई जनकारबाही गर्ने धम्की दिएको भन्दै रायमाझी माथि कारवाहीको माग गरिएको छ।

---------

(सहायक समाचार स्रोत- कान्तिपुर, काठमाडौं )

No comments:

Post a Comment