20090526

अर्घाखाँचीमा शान्ति समिति गठन ! सशस्त्र द्वन्द्वमा मारिएकाका परिवारलाई राहत

सन्धिखर्क/काठमाडौं - छ/छ महिनामा नेतृत्व फेरिने सहमतिमा शान्ति समिति गठन भएको छ । सर्वदलीय बैठकले पालो गरेर संयोजक बस्ने सहमतिमा समितिको चयन गरेको हो ।

सहमति जुट्न नसक्दा बैठकमा उपस्थित सदस्यहरूको बहुमतले एमाओवादीका जिल्ला इन्चार्ज चन्द्रबहादुर खडकाको संयोजकत्वमा २१ सदस्यीय समिति गठन गरेको छ । सरकारले जिल्लामा हुने सामान्य विवाद र सहज वातावरणका लागि शान्ति तथा पुनर्निर्माण मन्त्रालयमार्फत सबै जिल्लामा स्थानीय शान्ति समिति गठन गर्ने निर्णय गरेको थियो ।


मारिएकाका परिवारलाई राहत

-सशस्त्र द्वन्द्वमा मारिएका परिवारलाई जिल्ला प्रशासनले राहत वितरण गरेको छ । द्वन्द्वमा राज्य र माओवादी दुवै पक्षबाट जिल्लामा मारिएका ८७ जनालाई एक लाख रुपैयाँका दरले वितरण गरिएको प्रमुख जिल्ला अधिकारी भवानीप्रसाद पराजुलीले बताए ।

यस जिल्लामा द्वन्द्वका क्रममा दुवै पक्षबाट गरी ९७ जनाले ज्यान गुमाएका थिए ।



---------

(सहायक समाचार स्रोत- कान्तिपुर, काठमाडौं )

No comments:

Post a Comment