20090719

अर्घाखाँचीका सरकारी कार्यालयमा बढी अनियमितता र ढिलासुस्ती भएको गुनासो

सन्धिखर्क, अर्घाखाँची - जिल्ला बिकास समिती अर्घाखाँचीको आयोजनामा सदरमुकाम सन्धिखर्कमा जिल्ला स्तरीय सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ।

एकवर्ष भरी जिल्ला स्थित सरकारी कार्यालयबाट सम्पादित काम काजको समिक्षा गरी अनियमितता ढिलासुस्तीका बारेमा सर्वसाधारण जनताले आवाज उठाउन भन्ने अभिप्रायले सन्चालित कार्यक्रममा सयौ स्थानिय बसिन्दाहरुले सरकारी कार्यालयले गरेका अनियमितता र ढिलासुस्तीका बारेमा आवाज उठाएका थिए।

कार्यक्रममा सरकारी कार्यलय र बिकास निर्माणका कामmaa भ्रष्टाचार हुनेगरेको, जिल्लाको दक्षिण भेगमा रह्को वन सम्पदा कर्मचारीको मिलोमितोमा सखाप भएको, डोजरबाट सडक निर्माण गरी कामदारलाई भरपाइ गराएर बजेट निकास गरिएको जिल्ला भित्र विधुतको लाइन बिग्रेता पनि पाल्पा र गुल्मीमा विग्रेको भन्दै टार्ने काम भएको, झिम्रुक जलविधुत आयोजनाबाट प्रभावित जिल्ला हुँदाहुँदै पनि अर्घाखाँची जिल्लामा झिम्रुकको लाइन विस्तार नगरिएको, ग्रामीण तहमा रहेका प्राथमिक स्वास्थ्य चौकी तथा उपचौकी बन्द गरी कर्मचारी हिडने गरेको, जिल्ला अस्पतालमा बिरामी राख्ने ठाउँको अभाव रहेको, स्थानिय तहमा जडिबुटी खेतीमा ध्यान नदिएको, गाउँ गाउँमा भैंसी र पाडीहरु मासुको लागि ट्रकका जिल्ला बाहिर निकासी हुँदा स्थानिय प्रशासन मौन रहेको, मासु बधशाला र दुध देरी उधोग सन्चालन सम्वन्धित निकायले सहयोग नपुराएको, हुलाक कार्यालयले अनियमितरुपमा कर्मचारी भर्ना गरेको, विधालयमा अनियमित भई घरमै बसी गैर हाजिरी गरे शिक्षकलाई जिल्ला शिक्षा कार्यालयले कार्वाही गर्न नसकको, सडक निर्माण भएका ठाउँमा बाटोको डिलमा विरुवा लगाउन ध्यान नदिएको, जेटी, जेटीय र कृषि कार्यालयका कर्मचारी बजार केन्द्रित भएको, गोखुङा गाबिसको पात्लेमा सयौ परिवार पहराको खतरा मा हुँदा पनि कुनै निकायले ध्यान पुर्याउन नसकेको लगायतका बिकास निर्माण र जनसरोकारक बिषयमा आवाज उठाइएको थियो।

प्रमुख जिल्ला अधिकारी भवानी प्रसाद प्रराजुलीको अध्क्ष्यतामा र शेषकान्त घिमिरे ओसनको सन्चालनमा सम्पन्न कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य सागर के.सी, नेपाली काग्रेसका जिल्ला सभापति पितम्वर शर्मा, नेकपा एमालेका जिल्ला सचिव जनार्दन खनाल, ए.माओवादीका जिल्ला इन्चार्ज चन्द्र बहादुर खड्का, स्थानिय बिकास अधिकारी ताराबहादुर कार्की लगायत बिभिन्न सरकारी कार्यालयका प्रमुख र प्रतिनिधिहरुले जनताले उठाएका जिज्ञासाहरुको जवाफ दिनुभएको थियो।



--------

अन्य हाम्रा सहयोगी साईटहरु-

म्युजिक भिडियोहरु (हिन्दी, नेपाली) हेर्नको लागि - http://arghakhanchimusic.blogspot.com
प्रकासित फोटोको लागि - http://arghakhanchitimes.blogspot.com/
भिडियो हेर्न्न - http://youtube.com/arghakhanchitimes
प्रकाशित जिल्ला समाचारहरु- http://arghakhanchinews.blogspot.com/
-माथिका सबै साईटहरुमा गइ पेजहरु खोल्दा तल, माथि - दाँया, बाँया देखिएका बिज्ञापनहरु माथि सक्दो क्लिक गरि हामीलाई सहयोग गर्नुहोला।

No comments:

Post a Comment