20090717

कतारमा पानीजहाज दुर्घटनामा मरेका दीभर्ना-३ का मानसिंह खत्री आर्यघाटमा अन्त्येष्टि

सन्धिखर्क, अर्घाखाँची - गत जुन ३० कतारछेउको समुद्रमा पानी जहाज डुबेर ज्यान गुमाएका १२ मध्ये दीभर्ना-३ अर्घाखाँचीका मानसिंह खत्री- २४ शव पनि शनिबार बिहान कतार एयरवेजबाट ल्याइएको थियो ।

खत्रीको शनिबारै नै आर्यघाटमा अन्त्येष्टि गरिएको छ । विमानस्थलमा उनको शव कफिनमा प्याक गरेर ल्याइएको थियो ।

शव बुझ्न आएका आफन्तहरू शोकमा आहत थिए । बिहान नौ बजे शव आइपुग्ने भनिए पनि आफन्तहरू सात बजेअघि नै विमानस्थल पुगेका थिए ।

पानीजहाज दुर्घटनामा मृत्यु भएका नेपालीका आफन्तलाई क्षतिपूर्ति र जीवन बिमा उपलब्ध गराउने प्रक्रिया कतारस्थित दूतावासले थालेको छ ।

कतारस्थित राजदूत डा. सूर्यनाथ मिश्रका अनुसार मृतकका आफन्तहरूले शव प्राप्त गरेलगत्तै नाता प्रमाणित र अख्तियारनामा पठाउनुपर्नेर् छ । त्यसैको आधारमा दूतावासले प्रक्रिया अगाडि बढाउने छ । दुर्घटनाग्रस्त पानीजहाजको बिमा भएको र मृतकहरू कार्यरत कम्पनी पनि प्रतिष्ठित रहेकाले बिमा र क्षतिपूर्ति लिन समस्या नहुने मिश्रले बताए । प्रत्येक मृतकका आश्रतिले २ लाख रियाल -करिब ४२ लाख रुपैयाँ) बिमा पाउने पनि उनले जनाए ।

संयुक्त अरब इमिरेट्सको दुबईबाट कतारको दोहातर्फ आइरहेको पानीजहाज दोहा पर्सियन सागरमा डुबेको थियो। जहाजमा ३५ जना थिए ।

संयुक्त अरब इमिरेट्स -यूएई) स्थित एचबीके पावर क्लिनिङ कम्पनीले कामदारलाई कतारस्थित आफ्नै कम्पनीमा ल्याउँदै गरेका बेला जहाज दुर्घटना भएको थियो ।

--------

अन्य हाम्रा सहयोगी साईटहरु-

म्युजिक भिडियोहरु (हिन्दी, नेपाली) हेर्नको लागि - http://arghakhanchimusic.blogspot.com
प्रकासित फोटोको लागि - http://arghakhanchitimes.blogspot.com/
भिडियो हेर्न्न - http://youtube.com/arghakhanchitimes
प्रकाशित जिल्ला समाचारहरु- http://arghakhanchinews.blogspot.com/
-माथिका सबै साईटहरुमा गइ पेजहरु खोल्दा तल, माथि - दाँया, बाँया देखिएका बिज्ञापनहरु माथि सक्दो क्लिक गरि हामीलाई सहयोग गर्नुहोला।

No comments:

Post a Comment