20090717

दुर्घटनाको बिषयलाई लिएर गरिएको अर्घाखाँची जिल्ला बन्द आह्वान फिर्ता

सन्धिखर्क, अर्घाखाँची - दुर्घटनाको बिषयलाई लिएर गरिएको अर्घाखाँची जिल्ला बन्द आह्वान फिर्ता लिएको छ ।

एक बालिकालाई मोटरसाइकलले ठक्कर दिएको विरोधमा स्थानीय युवाले हल्ला गरेपछि भएको सन्धिखर्क बन्द हल्लैपछि खुलेको छ। बालिकाको उपचार गर्ने सहमति भइसकेको र ठक्कर दिनेलाई पनि पक्राउ गरिसकेको अवस्थामा त्यत्तिकै अर्घाखाँची सदरमुकाम बन्द भएको थियो।

कसले र किन बन्द गराएको भन्दै एमालेको युथफोर्स र माओवादीको वाइसिएल कार्यकर्ताले बजारमा हल्ला गर्न थालेपछि बजार स्वत: खुलेको थियो।

४ वर्षीय अंगीता अधिकारीलाई छन्दे नेपाली भन्ने व्यक्तिले चलाएको मोटरसाइकलले ठक्कर दिएको थियो। बन्दकर्ताले बजार र यातायात बन्द गराएका थिए।

प्रशासन र घटनाका पीडितबिच सहमति भएपछि बन्द आह्वान फिर्ता लिइएको हो । मोटरसाईकलको ठक्करबाट बालिका अंकिता अधिकारी घाइते भएपछि बालिकाका आफन्त र स्थानियबासीले क्षतिपूर्ति माग गर्दै सदरमुकाम बन्द गरेका हुन् ।

घाइते बालिकाको सदरमुकाम सन्धिखर्कमा उपचार भइरहेको छ भने मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

No comments:

Post a Comment