20090723

खडेरीले अर्घाखाँचीको हालत खराब, धान रोपाई ढिलो, किसानहरु मर्कामा


सन्धिखर्क, अर्घाखाँची - मनसुनको सामान्य अवस्था हुँदो हो त, साउनको पहिलो हप्ता बिति सक्दा वर्षाको पानीले अर्घाखाँचीका कतिपय क्षेत्र जलमग्न हुन्थ्यो । खेतमा किसानहरुको ब्यस्तता हेर्न लायक हुन्थ्यो र खेतहरु रोपाईका लागि हिलाम्मे हुन्थे । खडेरीले अर्घाखाँची भरिका किसानहरुको बेफुर्सदी यति धेरै हुन्थ्यो कि उनीहरुलाई तलमाथि सोच्ने फुर्सद हुने थिएन् ।

तर, यसपालि कुरा अलि फरक छ, खेतहरु हिलाम्मे छैनन् र किसानहरु फुर्सदिला बनेका छन् । अधिकाश किसानहरुका दिनचर्या आकाशतिर हेर्दैमा बित्न थालेका छन् ।

धान रोपाई हुने प्रमुख महिना असार गुजि्रसक्दा अर्घाखाँचीभरिमा धान खेती हुने क्षेत्र मध्ये भर्खर अनुमानित ६० प्रतिशत भागमा मात्र रोपाई सकिएको छ ।

रोपाई हुन सकेको छैन् र किसानहरु मर्कामा परेका छन् । जिल्लाका रोपाई गरिसकेका सन्धिखर्कको व्रिती, खचिकोटका फुडवाङ, बटुवाफाट-गछेखोला, बागी लगायत सबै गाबिसहरुका केही भागहरुमा रातदिन पालो बाडेर खेतमा पानी लगाउने गरेका देखिन्छन ।

खास गरेर अर्घाखाँचीमा त गत वर्षतिरको तथ्याङ्क हेर्ने हो भने यो समयसम्ममा त लगभग शतप्रतिशत नै रोपाई सकिईसकेको हुन्थ्यो । जबकि यसवर्ष अर्घाखाँचीमा ६० प्रतिशत मात्रै धान रोपाई हुनसकेको छ ।

अर्घाखाँचीको हालत खराब नै छ, धान रोपाई ढिलो गर्दा उत्पादन पनि कम हुन्छ । वर्षाको अभावमा समयमा रोपाई हुन नसक्दा यसवर्षको धानबालीको उत्पादन कम हुनसक्छ । यद्यपि, अब नियमित पानी परे पनि उत्पादन कम हुन सक्छ भन्छन सन्धिखर्कका एक किसान प्रेम खड्का ।

असार र साउन मस्त पानी पर्ने महिनाहरु हुन् । गत वर्ष समयमै पानी परेको थियो र असार तेश्रो साता बित्दा नै आधा भागमा रोपाई सकिईसकेको थियो । तर, जल तथा मौसम पूर्वानुमान महाशाखा काठमाडौंको रेकर्डमा पनि अर्घाखाँची लगायत देशभर यो वर्ष कम पानी परेको रेकर्ड छ । १०६ दिनको मनसुन पिरियडमा असार र साउनमा धेरै पानी पर्छ । यद्यपि यसपटक पर्याप्त पानी परेको छैन् ।

पर्याप्त वर्षा सम्भव भएन भने धान उत्पादनमा ह्रास आउनेछ । कृषिको कुल गाह्रस्र्थ उत्पादनमध्ये धान बालीको योगदान २० प्रतिशत छ । गत वर्ष समयमा नै पर्याप्त पानी परेकाले अर्घाखाँची लगायत देशभर धानको उत्पादन ५ दशमलव २ प्रतिशतले वृद्धि भएको थियो । देशभरको रेकर्डलाई हेर्दा गत वर्ष नेपालको कुल धानको उत्पादन ४३ लाख मेटि्रक टन थियो । समयमानै पानी पर्नाले धानको उत्पादकत्व गत वर्ष बढेको थियो ।
@ www.arghakhanchi.com

No comments:

Post a Comment