20090802

नेपालमै अहिले सम्मको सबैभन्दा ठुलो गुफा गोखुङामा भेटियो, हेर्नेहरुको भिड

सन्धिखर्क, अर्घाखाँची - अर्घाखाँची जिल्लाको गोखुङा गाबिस वार्ड न- ४ मा नयाँ गुफा भेटिएपछि हेर्नेहरुको भिड लागेको छ।

गोखुङाको ठाडी बान्ड्रेको भिरमा १ हप्ता अगाडि फेलापरेको गुफा हेर्न अर्घाखाँची, गुल्मी, प्युठानसम्मका मानिसहरुको भिड लागेको स्थानिय बासिन्दाहरुले बताएका छन।

गोखुङामा भेटिएको यो गुफा नेपालमै अहिले सम्मको सबैभन्दा ठुलो रहेको दाबी गरिएको छ।

करिब २ सय ५० मिटर लम्बाई र ३० देखि ५० मिटरसम्मको चौडाईमा फैलिएको गुफाभित्र बिभिन्न किसिमका आकृतिहरु देख्न्न पाइन्छ ।

गुफामा शिव, पार्वती, गणेश, देवी, नाग, सिंह, जटायु, मुरली बजाएका कृष्ण र गाईको थुनबाट तपतप दुध आएजस्तै पानी चुहिएको ढुङाको आकृति देख्न्न सकिन्छ।

नेपालमै सबैभन्दा ठुलो र आश्चार्य भनिएको सो गुफा दैनिक ३ सय जनाले अवलोकन गर्ने गरेका छन। गुफा हेर्न मानिसहरुको भिड लागेपछि गुफाको सरक्षण र प्रचार प्रसारको लागि स्थानिय बासिन्दाहरुले मनिराम खनालको अध्यक्षतामा १५ सदस्यीय गुफा व्यवस्थापना समितिको गठन गरेका छन। गठित समितिको उपाध्यक्षमा कृष्ण भुसाल, सचिव रामकृष्ण घिमिरे र कोषाध्यक्षमा ठाकुर प्रसाद खनाल चयन हुनुभएको छ। यसैगरी सदस्यहरुमा दुर्गा बेल्वासे, भुमबहादुर बाठा, लालमणि खनाल, दुर्गा खनाल, लोक बहादुर नेपाली, पूर्ण प्रसाद भुसाल, गुरुप्रसाद खनाल, सुदिप पन्थी, ईश्वेरी खनाल, लोकमणि खनाल र श्याम प्रसाद घिमिरे हुनुहुन्छ।

गठित समितिले गुफामा प्रवेश गर्ने व्यक्तीहरुसँग रु- १० का दरले प्रवेश शुल्क लिने जनाएको छ। गुफामा दैनिक नाचगान र भजनकृतन हुने गरेको स्थानिय बासिन्दाहरुको भनाइ छ।

@ www.arghakhanchi.com

No comments:

Post a Comment