20090803

अर्घाखाँचीका सबै गाबिसहरुमा खुशीयालीका साथ जनैपूर्णिमा पर्व मनाइयो

सन्धिखर्क, अर्घाखाँची - श्रावण शुक्ल पूर्णिमा अथवा ऋषितर्पणी (जनै) पूर्णिमा अर्घाखाँचीका सबै गाबिसहरुमा हिन्दु धर्मावलम्बीहरुले नाडीमा रक्षाबन्धन बाँधेर र जनै फेरेर मनाइयो।


नाडीमा रक्षाबन्धन बाँध्दा दैत्यराज बलीको दानशीलता र सत्यनिष्ठा स्मरण गराउने …यनबद्धो बलि राजा दानबद्धो महाबल: त्वेनत्वांम प्रतिबध्नामि रक्षामा चलमा चल:… भनेर मन्त्रोच्चारण गर्ने चलन छ।
रक्षाबन्धनको डोरीले सुरक्षा गर्ने मानिन्छ। जनै लगाउनेहरुले ऋषिहरुको सम्झना गर्दै नजिकको खोला, धारामा पुगेर माटो, गोबर, कुश, खरानी र अपमार्गले स्नान गरी नयाँ जनै (यज्ञोपवित) धारण गर्ने गर्छन्।

रक्षाबन्धन दिन देखि अर्घाखाँचीका ४२ वटै गाबिसहरुमा तिजका गीतहरु गाउँने गर्दछन, रातदिन गाउँ - गाउँहरुमा मादलहरु बजेका सुनिन्छन।


जनैपूर्णिमा पर्वमा कश्यप, अत्रि, भारद्धाज, गौतम, जमदग्नी, वशिष्ठ र विश्वामित्र सप्तऋषीलाई तर्पणसमेत दिइने गरिन्छ। जनै फरिने हुनाले जनै पूर्णिमा र ऋषिलाई तर्पण दिइने भएकाले यस दिनलाई ऋषिपूर्णिमा भनिएको हो।


पौराणिक मान्यताअनुसार, रक्षाबन्धनको सम्बन्ध दानवी शक्तिबाट लखेटिएका देवताहरुलाई इन्द्रका गुरु बृहस्पतीद्धारा रक्षाबन्धन तयार गरी जोगाइएको र वामन अवतार विष्णुद्वारा दैत्यराज बलीलाई बचनवद्ध गराई तीनै लोक प्राप्त गरेको स्मृतिसँग जोडिएको छ।

जनै पूर्णिमा बाँधिएको डोरो गाई तिहारको दिन गाईको पुच्छरमा बाँधिदिए मृत्युपछि वैतरणी नदी पार हुने मान्यता छ।

---
@ www.arghakhanchi.com

No comments:

Post a Comment