20090806

सुपाखोलामा नयाँ पुल बन्न नसक्दा यातायात संचालनमा कठिनाई

सन्धिखर्क, अर्घाखाँची - गोर्सिङ्गे सन्धिखर्क सडकको सुपाखोलामा हालसम्म नयाँ पुल बन्न नसक्दा यातायात संचालनमा कठिनाई भएको भनी सर्वत्र आवाज उठिरहेको बेला पुलको कामकार्बाहीको अनुगमन गर्न जिल्ला प्राशासन कार्यालयमा बसेको सर्वपक्षिय भेलाले एक अनुगमन समितिको गठन गरेको छ।

भेलाले बिष्णु मुस्कानको संयोजकमा ५ सदस्यीय अनुगमन समिति गठन गरेको थियो। समितिमा ठाकुर कुमार बिक, यमुना भुसाल, व्यवसायी युवराज श्रेष्ठ, जिल्ला प्रशासन र जिबिसका प्रतिनिधी छन। अनुगमन समितिले सुपाखोलामा पुगेर अनुगमन सुरु गरेको छ।

सुपाखोलाको पुरानो पुल भत्काएको ८ महिना बितिसक्दा पनि ठेकेदारले नयाँ पक्कीपुल बनाउने तर्फ कुनै ध्यान नदिदा पानी परेको समयमा यातायात बन्द गर्नुपर्ने र अन्य समयमा पनि यातायातका साधनले ५० प्रतिशत कमी सामान ढुवानी गर्नुपर्ने बाध्यता रहेको छ।
---
@ www.arghakhanchi.com

1 comment:

  1. gHOentro bhana budho haru.... sept. 15 samma Aug 06 kai samachar sampresan garchhau ani kasari ............................???

    ReplyDelete