20090806

सन्धिखर्कमा मुल्य वृद्धि नियन्त्रण सम्बन्धी छलफल कार्यक्रम सम्पन्न‏

सन्धिखर्क, अर्घाखाँची - जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको आयोजनामा सदमुकाम सन्धिखर्कमा मुल्य वृद्धि नियन्त्रण सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा सहभागीहरुले अप्रत्यासित रुपमा महंगी बढेको, मुल्य नियन्त्रण तथा अनुगमन निकाय मौन रहेको, पसल पिच्छे सामानको मुल्य फरक हुने गरेको गुनासो गरेका थिए।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य सागर के।सी, नेपाली काग्रेसका जिल्ला उपसभापती बिष्णु मुस्कान, नेकपा एमालेका जिल्ला सचिवालय सदस्य रामजी प्रसाद घिमिरे, माओवादीका बाबुराम बिक, राप्रपाका जिल्ला अध्यक्ष देवीबहादुर खड्का, राष्ट्रिय जनमोर्चाबाट निष्कासित भएकी जिल्ला नेता यमुना भुसाल, समाजसेवी कुलदिप भुसाल, उद्योग बाणिज्य संघका जिल्ला सचिव नेत्रप्रसाद भुसाल, पत्रकार महासंघका जिल्ला अध्यक्ष निम बहादुर रिजाल, समुदायिक रेडियो अर्घाखाँचीका स्टेशन मेनेजर बिष्णु आचार्य, उपभोक्ता संरक्षण मन्चका सचिव श्रीकृष्ण भुसाल लगायतका वक्ताहरुले प्रत्येक पसलमा मुल्यसुची टास गर्नुपर्ने, कालोबजार र कृतिम अभाव सिर्जना गर्ने माथि कडा कार्वाही गर्नुपर्ने, बजार अनुगमनको व्यवस्था मिलाउनु पर्ने, सामानको नापतौल र गुणस्तरमा ध्यान दिनुपर्ने बताउनु भएको थियो।

कार्यक्रम प्रमुख जिल्ला अधिकारी भवानी प्रसाद पराजुलीको अध्यक्षतामा सम्पन्न भएको थियो। अर्घाखाँची लगायत नेपालभर बढ्दो महँगीका कारण सर्वसाधारणलाई मर्का परेको भन्दै राष्ट्रिय जनमोर्चाले मात्र नियन्त्रणका लागि अभियान थालेको समाचारमा उल्लेख छ।
---
@ www.arghakhanchi.com

No comments:

Post a Comment