20090802

अर्घाखाँचीमा ग्रामीण सडक मर्मत र सुधारको काम सम्पन्न नहुँदै रकम निकासा

सन्धिखर्क, अर्घाखाँची - जिविसले विभिन्न ग्रामीण सडक मर्मत र सुधारको काम सम्पन्न नहुँदै रकम निकासा दिएको छ ।

काम नसकिँदै सकिएको नक्कली कागजात बनाई उपभोक्ता समिति र त्यसका अध्यक्षको नाममा रकम निकासा गरिएको जिविस स्रोतले जनायो । अर्थ मन्त्रालयले आर्थिक वर्षभित्रै काम सम्पन्न गर्न गत असार दोस्रो साता ६ वटा सडक मर्मत तथा सुुधारका लागि पठाएको ६४ लाख रुपैयाँ कामै नगरी भुक्तानी भएको हो । एमाले कार्यकर्ताको सिफारिसका आधारमा मन्त्रालयले जिविसमार्फत ती सडकका लागि रकम विनियोजन गरेको थियो ।

खगडी-चिवेक-पटैती हुँदै देउरालीको लागि पाँच लाख, बाँसाका रूख -मैदान) घर्तीखोरका लागि पाँच लाख मन्त्रालयले पठाएको थियो । यसैगरी डिर्भना गाविसको सिदुरे आँपका फुर्कामुनी र्फसेडाँडाका लागि चार लाख, गच्छे भालुवाङका लागि पाँच लाख, च्यानडाँडा खनदह डाँडाकटेरीका लागि २० लाख र घुम्ती पाल्पाका लागि २५ लाख रुपैयाँ आएको थियो । यी सबै सडकमा काम नभए पनि सम्पन्न भएको कागज तयार गरिएको छ ।

प्राविधिक प्रतिवेदनका आधारमा रकम भुक्तानी दिएका हौ स्थानीय विकास अधिकारी ताराबहादुर कार्कीले भने, हामीले कानुनी प्रक्रिया मात्रै हेर्ने हो । उनले राजनीतिक दलले भनेको आधारमा आफू चल्नुपर्ने र अर्कोतिर बजेट ढिलो आउने प्रवृत्तिले काम गर्न अप्ठेरो भएको बताए ।

एमाले जिल्ला सचिव जनार्दन खनालले जनतामा आएको रकम फि्रज हुन नदिन चेक काटेर राखेको बताए । खनालका अनुसार सबै ठाउँमा राजनैतिक दलको अनुगमन र काम सम्पन्न गरेपछि मात्र भुक्तानी दिइनेछ ।

(सहायक समाचार स्रोत- कान्तिपुर(वीरेन्द्र केसी )काठमाडौं )

--------

@ www.arghakhanchi.com

No comments:

Post a Comment