20090611

सुपादेउरालीको मन्दिर वरपर प्रद्षण बढदै, अस्तित्व माथि आच

सन्धिखर्क, अर्घाखाँची - समग्र अर्घाखाँची जिल्लाको नै अस्तित्वको रुपमा रहेको सुपादेउरालीको मन्दिर वरपर प्रद्षण बढदै गएको छ।

जसले गर्दा त्यस क्षेत्रमा ब्यापार गर्ने सम्पूर्ण व्यवसायी मर्कामा परेका छन भने मन्दिर अस्तित्व माथि पनि आच आउने देखिन्छ। मन्दिरको वरपर जथाभाबी फालिएको फोहर तथा व्यवस्थित शौचालयको अभावमा मन्दिरको बातावरणमा प्रदुषण बढदै गएको हो।

मन्दिरको मुख्य गेट नजिकै रहेको सार्वजनिक शौचालय अव्यवस्थित रुपमा प्रयोगमा आउँदा त्यस क्षेत्रमा दुर्गन्ध फैलिएको छ भने मन्दिरको सरसफाइ गरेर निस्कने फोहर मन्दिरबाटै सिधै मन्दिरको तलपट्टी भिर्मा फाल्दा बातावरण प्रदुषित हुँदा त्यस्तो समस्या देखिएको हो।

शौचालयको दुर्गन्धले त्यस क्षेत्रमा व्यापार व्यबसाय सन्चालन गर्दै आएका व्यवसायीहरु तथा मन्दिरको बातावरणमा प्रत्यक्ष असर पुगेको देखिन्छ।

मन्दिरको वरपर यसरी दुर्गन्ध बढदै जानुले मन्दिरको अस्तित्वमा नै आच आएकोमा चिन्ता व्यक्त गर्नुहुन्छ मन्दिरको केही पर माला, प्रसादको व्यापार गर्दै आउनुभएका शंकर शर्मा । उहाले थप्नुहुन्छ - पहिले -पहिले त्यस क्षेत्रमा राम्रो स्वच्छ बातावरण भएको बसौ-बसौ लाग्ने स्थल थियो आएका दर्शनार्थीहरु पनि केही बेर यताउता घुम्ने गर्दथे तर अहिले शौचालयको दुर्गन्धले गर्द दर्शनार्थीहरु पनि छिट्टै फर्कने गरेका छन जसले व्यापारमा पनि कमी आएको छ।

त्यस क्षेत्रमा फैलिएको दुर्गन्धले उहा मात्र होइन त्यस क्षेत्रमा व्यवसाय गर्दै आएका सम्पूर्ण व्यवसायीहरुलाई चिन्तित बनाएको छ। यसको प्रत्यक्ष मर्का त्यस क्षेत्रका सम्पूर्ण व्यवसायीहरुलाई परेको छ।

यस दुर्गन्धले गर्दा होटल समेत काम चलेको बताउनुहुन्छ होटल व्यवसायी मनिषा । उहा थप्नुहुन्छ - नास्ता खान आयो पहिल्यै शौचालयको दुर्गन्ध आउन्छ कसरी खाने ?

यस्तै यस् क्षेत्रमा फैलिएको दुर्गन्धले फलफुलको व्यापारमा पनि कमी आएको बताउनुहुन्छ फलफुल व्यवसायी कृष्ण । उहाले मौसम अनुसारका फलफुल बेच्ने बताउनुभयो । त्यस समय उहाले बखडा बेच्नेको लागि एक डोकामा बखडा लिएर बस्नुभएको थियो।

यस सम्बन्धमा मन्दिर सरक्षण समितीका सदस्य मोतिराम घिमिरे सँग जिज्ञासा राख्दा उहाले यस सम्बन्धमा हालसम्म कुनै पहल नभएको बताउनुभयो। उहाले भन्नुभयो- यस क्षेत्रमा फैलिएको दुर्गन्धले सबैलाई मर्कामा परेको महसुस गरेका छौ, छिट्टै नै त्यसलाई व्यवस्थित बनाउनको लागि २ जना पूजारी, १ जना सरक्षक समितिको सदस्य, १ जना चौकीदार गरी चार कर्मचारीले मार्सिक तलब खाने गरी कार्य गरिरहेको जानकारी दिनुभयो।

दैनिक जसो सय देखी ३ सयसम्म दर्शनार्थीहरुको घुइचो लाग्ने मन्दिरमा प्रायजसो कुनै मनको इच्छा पुरा भएको खण्डमा यस्तो चिज चढाउने भनी भक्कल चढाउने व्यक्तीहरु बढी आउने घिमिरेले बताउनुभयो।

उहाले सबैभन्दा बढी घुइचो बडा दशैको दुर्गा लाग्ने समय देखी बैशाख महिनामा नयाँ बर्षको अवसरमा लाग्ने पनि जानकारी दिनुभयो। घिमिरेले मन्को इच्छा पुरा भएमा पाठा - पाठी चढाउने, परेवा उडाउने, भेटी चढाउने लगायतक भक्कल गर्ने जानकारी गराउनुभयो।

उहाले अठोत्, शिवरात्री, औशी, एकादशी, रामनवनीमा भने पाठा- पाठी भक्कल नचढाइने जानकारी दिनुभयो।

No comments:

Post a Comment