20090607

अर्घाखाँचीबासीहरु बस, जिपहरुका छतमा खचाखच रुपमा यात्रा गर्न वाध्य

-मधु प्रसाद पोखेरेल

बुटवल, सन्धिखर्क - २५ जेष्ठ बर्षाको आगमन सँगै पहाडी मार्गमा यात्रुहरुको चाप पनि बढदै गएको छ। जयनगर- सन्धिखर्क अन्तर्गतको सडक खण्डमा यात्रुहरुको चाप बढेको हो।

यसैसँगै यात्रुहरुले असुर्क्षित यात्रा गरिरहेका छन। बर्षाको आगमन सँगै यताउता गएका ब्यक्तीहरु वर्षे खेती गर्नको लागि घर फर्कने, पढन गएका विधार्थीहरु पनि हिउदे बिदामा घरमा फर्कने तथा ब्यापार ब्यवसाय गर्ने ब्यक्तीहरुले पनि बर्षा याममा बाटो बिग्रिने हुनाले पहिल्यै नै सामग्री खरिद गर्ने क्रम बढेकोले यसरी यात्रुहरु उल्लेख्य रुपमा बढेको बताउनु हुन्छ सन्धिखर्कका कृष्ण प्रसाद शर्मा ।


यससँगै सवारीको भित्र तथा बाहिर छतमाथि बसेर जोखिमपूर्ण यात्रा गर्न यात्रुहरुको सन्ख्या पनि उल्लेखिय रुपमा बढेको छ। सो सडक खण्डमा चल्ने बस तथा जिपहरुको भित्र तथा बाहिर छतमा खचाखच रुपमा यात्रुहरु प्राय भरिएको देखिन्छ।


यसरी यात्रुहरु सवारीको छतमाथि बसालेर जोखिमपूर्ण यात्राा गराउदा पनि त्यस क्षेत्रमा ट्रफिक चेकिङको लागि ठाउँ- ठाउँमा बसेका ट्राफिक प्रहरीहरु पनि रमिते बन्न विवश छन। उनिहरुले औपचारिकताका लागि मात्र ट्राफिक बिट्निर आएपछि ओराल्ने गरेको अर्घाखाँची वाइका यात्रु हरिषचन्द्र के.सी ले बताउनुभयो। उहाले भन्नुभयो यस क्षेत्रमा चल्ने सवारी साधनहरुले चेकिङ क्षेत्र आएपछि करिव २,३ सय मिटर अगाडि नै यात्रुहरुलाई ओरालेर अगाडि पठाएर चढाउने गर्छन् तर पनि ट्राफिक प्रहरीले देखेपनि नदेखे जस्तो गरी बस्छन ।

उहाले ट्राफिक प्रहरीले कमसेकम छडके चेकिङ गरेर एक दुई पटक गाडी रोक्ने हो भने यो क्रम घटेर जाने बताउनुहुन्छ। उहाले यसो गरेमा यात्रुहरुलाई सचेत पारी जोखिमपूर्ण यात्रा गर्नबाट बचाउन सकिने बताउनु भयो।

No comments:

Post a Comment