20090606

अर्घाखाँचीका कृषकहरु चैते धान बाली किराले काटेर नष्ट पारेपछि चिन्तित

सन्धिखर्क, अर्घाखाँची - अर्घाखाँचीका बिभिन्न क्षेत्रमा लगाइएका चैते धान बाली किराले काटेर नष्ट पारेपछि कृषक चिन्तित बनेका छन। जिल्लाका खेती योग्य जमिन मध्ये ८ हजार ६९ हेक्टर जमिनमा धानखेती गर्ने यहाँका कृषकहरु धान बाली किराले काटेर नष्ट पारेपछि यस वर्ष अनिकाल पर्ने कुरा चिन्तित बनेको हुन।

जिल्लाका खाकावेसी, साम्नेखोला,मथुराबेसी, भारतुफाट, दुर्गाफाट लगायतका स्थानमा लगाइएको चैते धान सेतो फुर्सो किरा जस्तो देखिने किराले धान काटेको कृषकहरुले बताएका छन। बर्षदिन खान भनेर खेती गरेको पसाउन लागेको धानबाली किराले काटेर र विषादी छर्दा समेत नियन्त्रणमा आउन नसकेको ढाकावाङका कृषक राम थापाले बताए ।

अर्घाखाँची जिल्लामा ९३ प्रतिशत मनिसहरु कृषिमा निर्भर रहेका छन। कृषि बिकास कार्यालय अर्घाखाँचीका प्रमुख शिव रिजालले भने यो समस्या अर्घाखाँचीमा मात्र देखापरेको बताउदै यसको लागि कार्यालयले पहल गरिरहेको बताउनु भयो। उहाले भन्नुभयो कृषकहरुले यसको नमुना हामी कहाँ ल्याइ सकेका छन। रोकथाम प्रकृयामा हामी लागेका छौ।

---------

No comments:

Post a Comment