20090606

सिद्धारा गाविसमा नागरिकता दिन सिफारिस गर्ने सचिव सहित तीनजनालाई पक्राउ

सन्धिखर्क, अर्घाखाँची - गलत व्यक्तिलाई नागरिकता दिन सिफारिस गर्ने गाविस सचिवसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको सिद्धारा गाविसका सचिव मोतीप्रसाद बञ्जाडेसहित नक्कली नागरिकता लिन खोज्ने कपिलवस्तु जयनगरका सुरज बस्नेत र सिद्धाराकै बखनजन आलेलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । आलेले आफू नक्कली बाबु बनेर कपिलवस्तुका बस्नेतलाई नागरिकता दिलाउन खोजेको प्रशासनले जनाएको छ ।

गाविसबाट सिफारिससहित आएका उनीहरूलाई शंका लागेर सोधपुछ गर्दा रहस्य पत्ता लागेको थियो । प्रमुख जिल्ला अधिकारी भवानीप्रसाद पराजुलीले गाविस सचिवले गैरकानुनी रूपमा नागरिकताका लागि सिफारिस गरेको बताए । पक्राउ परेका तीनैजनालाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान भइरहेको पराजुलीले बताए ।

---------

(सहायक समाचार स्रोत- कान्तिपुर, काठमाडौं )

No comments:

Post a Comment