सन्धिखर्क, अर्घाखाँची - एचआईभी/एड्स लाग्न सक्ने आशंकामा रक्त परीक्षण गराउने महिलाको संख्या बढ्दै गएको छ ।
रोजगारीका लागि विदेशिएका श्रीमान् घर आउँदा एचआईभी लाग्न सक्ने भएकाले जोगिन उनीहरूले रक्त परीक्षण गराएको बताएका छन् । एचआईभीबाट बच्न रक्त परीक्षण गराउने महिलाको लहर चलेको छ ।
नेपाल परिवार नियोजन संघ र ग्लोबल फन्डको साझेदारीमा प्रेरणा संस्था र सक्रिय सेवा समाजले संयुक्त रूपमा अर्घाखाँचीका गाउँगाउँमा परामर्श केन्द्र स्थापना गरी एचआईभी परीक्षण गर्न आह्वान गरेका छन् । ती संस्थाको आह्वानपछि स्वैच्छिक रक्त परीक्षणमा आउने महिलाको संख्या बढेको हो । परीक्षण गराउन श्रीमान् विदेश गएका महिला र कलेज पढ्ने युवती बढी आउने गरेका छन् । श्रीमान् विदेश गएका महिलाहरूले आफूले रक्त परीक्षण गराएपछि विदेशमा रहेका श्रीमान्लाई पनि एचआईभी परीक्षण गराएरमात्र घर र्फकन सल्लाह दिने गर्छन् ।
एचआईभी/एड्स रोग रोकथामका लागि प्रेरणा संस्थाले ६ महिनादेखि जिल्लाका सबै गाविसमा सचेतना अभियान सञ्चालन गरी छलफल, बहस अन्तरक्रिया र कक्षा सञ्चालनपछि गाउँका महिला परीक्षण गराउन आएको संस्थाका परियोजना संयोजक धर्मराज उप्रेतीले बताए । जिल्लाको पोखराथोक र अर्घातोष गाविसमा गरिएको रक्त परीक्षणमा ४ सय २२ जनाले परीक्षण गराएका छन् । जसमा ३ जना महिलामा एड्स भेटिएको छ ।
जिल्लाको बल्कोट, पोखराथोक, ठाडा र सन्धिखर्कमा केन्द्र स्थापना गरी एचआईभी/एड्स र यौन शिक्षाबारे जानकारी दिनुका साथै एचआईभी परीक्षण गरिन्छ ।
सूचना केन्द्रमा परीक्षण, एचआईभी एड्स र यौन शिक्षाबारे जानकारी लिन दिनमा २० देखि ५० जनासम्म महिला आउने गरेका छन्, उनले भने, नियमित परीक्षण गनर्ुपर्छ भन्ने धारणा सामान्य महिलामा पनि जागेको छ । जिल्लामा घरैपिच्छे पुरुषहरू वैदेशिक रोजगारमा गएकाले घरघरमा गएर यसबारे शिक्षा दिएर सचेत बनाउन आवश्यक रहेको उनको भनाइ छ । जिल्लाको अर्घातोषमा रक्त परीक्षणमा श्रीमान् विदेश गएका र कलेज पढ्ने युवा-युवती बढी आएका थिए ।
अर्घातोषकी स्थानीय कल्पना आचार्य आफ्ना दुई छोरी लिएर परीक्षणमा आएकी थिइन् । जाँच गरेर कुनै पनि संक्रमण नभेटिएपछि ढुक्क भइयो, उनले भनिन् । प्रेरणाका अनुसार परीक्षणका लागि जिल्लाका ४२ गाविसका महिला आउने गरेका छन् ।
---------
(सहायक समाचार स्रोत- कान्तिपुर, काठमाडौं )
20090629
20090624
अर्घाखाँचीका सबै गाबिसमा खेतमा रोपाइँ गरी दही-चिउरा खाएर असार पन्ध्र मनाइयो

सन्धिखर्क, अर्घाखाँची - असारको पन्ध्र- सोमबार अर्घाखाँचीका ४२ वटै गाबिसहरुमा खेतमा रोपाइँ गरी दही-चिउरा खाएर मनाइयो ।
असारको पन्ध्र रोपाइँ गरी दही-चिउरा खानाले गति परिने विश्वासमा खेतीपाती नहुनेहरू पनि अरूको खेतमा वा आफ्नै करेसाबारीमा रोपाइँ गरेर हिलो छयापाछाप गरेर रमाइलो गरेका थिए। सबैले एक पटक हिलोमा टेक्नुपर्छ भन्ने मान्यता रहेको छ ।
दोहोरी रोपाईं गीतको रन्कोमा रोपाईं गर्नु असारको अर्को आकर्षण हो । कतैकतै सन्धिखर्कको बागीखोला, खाचिकोटको फुदवाङ लगायतका ठाउँहरुमा ठूला खेती भएकाले रोपाईं गर्दा पञ्चेबाजा बजाई नाचगान गरेका पनि देखिन्थे ।
असार १५ लाई रोपाइँ उत्सवका रुपमा लिँदै अनिवार्य दही-चिउरा खानुपर्छ भन्ने मान्यता पनि रहेको छ ।
असारको पहिलो सातादेखि मनसुन सुरू भएपछि असार १५ सम्म खेत गर्हामा लाठे र रोपारहरू असारे गीतको भाकासँगै रोपाईंमा व्यस्त हुन्छन् ।
असार १५ सम्म लाठे र बाउसेहरूलाई आली जोर्ने र मेलो बनाउन चटारो छ भने कोरी वाटी चिटिक्क परेर मेलामा झरेका रोपारहरू कोही ब्याडमा बीउ काट्ने, कोही पखाल्ने र कोही मेलो पैट्याउने तर्खरमा जुटेका हुन्छन् ।
असार पन्ध्रको दिन राष्ट्रिय धान दिवस हरेक बर्ष जस्तै यस बर्ष पनि मनाइयो । नेपालको कुल गार्हस्थ उत्पादनमा ३८ देखि ४० प्रतिशतसम्म योगदान रहेको कृषि क्षेत्रमा असारको रोपाईंले ठूलो राख्छ ।
कृषि प्रधान देश नेपालमा प्रमुख खाद्यान्न धान बालीको उत्पादनमा हुने घटबढले अर्थतन्त्रमा समेत त्यसैअनुसार प्रभाव पार्ने भएकाले रोपाईंको ठूलो महत्व छ ।
--------
अन्य हाम्रा सहयोगी साईटहरु-
म्युजिक भिडियोहरु (हिन्दी, नेपाली) हेर्नको लागि - http://arghakhanchimusic.blogspot.com
प्रकासित फोटोको लागि - http://arghakhanchitimes.blogspot.com/
भिडियो हेर्न्न - http://youtube.com/arghakhanchitimes
प्रकाशित जिल्ला समाचारहरु- http://arghakhanchinews.blogspot.com/
-माथिका सबै साईटहरुमा गइ पेजहरु खोल्दा तल, माथि - दाँया, बाँया देखिएका बिज्ञापनहरु माथि सक्दो क्लिक गरि हामीलाई सहयोग गर्नुहोला।
अर्घाखाँचीमा बालबालिका अपहरण,हत्या हुने सम्भावना बढदो, अपहरणकारीसँग सावधान
सन्धिखर्क, अर्घाखाँची - केही समययता अर्घाखाँचीका छिमेकी जिल्ला एवम देशभर बालबालिका हराउने एवम अपहरण हुने क्रम बढेको छ । घरैबाट वा विद्यालयबाट र्फकंदै गरेका बालबालिका हराइरहेका छन् ।
अपहरणकारीले फिरौती माग्ने एवम अन्त्यमा अपहरणपछि हत्या समेत गरेका समाचार आइरहेका छन।
पछिल्लो समयमा बालबालिका मात्र नभई युवा-युवतीहरु लगायत सबै तहका ब्यक्तीहरुको पनि अपहरण र हत्या हुने क्रम बढको छ।
यस्ता घटना अर्घाखाँचीसँग जोडीएका अन्य जिल्ला जस्तै कपिलबस्तु , रुपन्देही, पाल्पा लगायतका ठाउँहरुमा नियमित नै अपहरण, हत्या तथा अपहरणपछि फिरौती माग्ने गरेका अनेकौ समाचार संचारमाध्यमहरुमा आइरहेका छन।
यि अपहरण, हत्या तथा अपहरणपछि फिरौती माग्ने जस्ता गतिबिधि अर्घाखाँचीमा अझै सम्म त भएका छैनन तर हुन सक्ने सम्भावना देखिन्छ भन्छन सन्धिखर्कका एक शिक्षक रमेश भुसाल।
अर्घाखाँचीमा बाहिरबाट आउँदा एवम जादा गाडीहरुमा नयाँ - नयाँ अनुहार देखिने र जिल्लाका मोटर-गाडी पुगेका सबै गाबिसहरुमा समेत फरक भाषा बोल्ने तथा जिल्ला बाहिरका अनुहार देखिन थालेका छन, अपरिचित ब्यक्तीहरुसँग सावधान रहन सबै अर्घाखाँचीबासीहरुलाई आग्रह गर्छन् शिक्षक रमेश भुसाल।
अर्घाखाँचीबासी अभिभावकहरुले पनि आफ्ना बालबालिकाहरुलाई घर वा विद्यालयबाट आउँदा,जादा ख्याल राख्नु पर्ने देखिन्छ। अपरिचित ब्यक्ती सँग आफ्ना बच्चा नछोडौ, आफु पनि त्यस्ता ब्यक्तीको प्रोभोलनमा नफसौ।
साथै सुरक्षानिकायले पनि जिल्ला प्रवेशमा एवम गाबिस- गाबिसहरुमा नयाँ, अपरिचित ब्यक्ती प्रति बढी निगरानी राख्नु पर्ने आग्रह छ उनको ।
Tere mere hothhon pe - Chandani (1989), Hindi

Song: Tere mere hothhon pe meethhe meethhe geet mitawaa Movie: Chandni (1989) Vocal: Lata Mangeshkar and Babla Mehta Artists: Sridevi and Rishi Kapoor. @ http://www.arghakhanchi.com/ (Video)
20090621
पुर्व अर्घाखाँचीका स्थानीय विकास अधिकारी ढकाल इलाममा राहत कुर्दै
सन्धिखर्क, अर्घाखाँची - पुर्व अर्घाखाँचीका स्थानीय विकास अधिकारी सुदर्शनप्रसाद ढकाल अहिले प्रमुख जिल्ला अधिकारी -प्रजिअको रुपमा इलाममा कार्यरत छन।
प्रमुख जिल्ला अधिकारी -प्रजिअ) सुदर्शनप्रसाद ढकालले द्वन्द्वकालमा तत्कालीन विद्रोहीले १ सय ५ दिन नियन्त्रणमा लिएको भन्दै राहत माग गरेका हुन् । २०६१ माघ ३ गते अर्घाखाँचीबाट तत्कालीन स्थानीय विकास अधिकारी ढकाललाई माओवादीले अपहरण गरेका थिए ।
इलाम जिल्ला प्रशासन कार्यालयमा दिनहुँ राहत माग्नेको भीड लाग्ने गरेको छ । सर्वसाधारण मात्र होइन, प्रजिअ ढकाल स्वयं पनि राहत माग्नेको सूचीमा छन् ।
द्वन्द्वपीडितका लागि आर्थिक सहायता एवं राहतसम्बन्धी मापदण्ड २०६४ अनुसार शान्ति मन्त्रालयले सूची मागेपछि उनको नाम पनि समेटिएको हो ।
जिल्लास्तरीय राहत तथा पुनःस्थापना समिति बैठकले ३० दिनभन्दा बढी अपहरणमा परेकाको नामावली तयार गर्ने क्रममा २५ जनाको निवेदन परेको छ । नाम समेटिएकामध्ये प्रजिअ ढकाल पनि एक हुन् ।
समितिको छानबिनपछि नाम सिफारिस भए अरू पीडितजस्तै उनले पनि २५ हजार नगद पाउने छन् ।
महोत्तरी, बिजुलपुरा ८ घर भएका प्रजिअ ढकाल स्वयं नै छानबिन समितिका अध्यक्ष हुन् । समितिमा नागरिक समाज, अधिकारवादी संस्था र सञ्चारकर्मीलगायत छन् ।
उनी अर्घाखाँचीमा अपहरणको १ सय ५ दिनपछि अन्तर्राष्ट्रिय रेडक्रसको रोहबरमा छुटेका थिए ।
आफू पनि द्वन्द्वपीडित भएकाले सोहीअनुसारको राहतका लागि निवेदन दिएको हुँ, प्रजिअ ढकालले संचारकर्मीहरुसँग भने । निवेदन परेकामध्ये पूर्वी नयाँबजार ४ का एकै घरका चारजना छन् ।
यसका साथै विष्णु पौडेल, गुणनिधि, बालकृष्ण र टेकप्रसादले ७ सय ३० दिन अपहरणमा परेको भन्दै निवेदन दर्ता गराएका छन् । सूचीमा सञ्चारकर्मी उमेश गुरुङ र सोमनाथ शर्माको पनि नाम छ ।

20090620
माओवादीद्वारा सन्धिखर्क लगायत जिल्लाका सबै सरकारी कार्यालयमा अवरोध
सन्धिखर्क, अर्घाखाँची - सरकारले प्रधानसेनापति अवकासको निर्णय उल्ट्याएको भन्दै एकीकृत नेकपा माओवादीले आइतबार सन्धिखर्क लगायत जिल्लाका सबै सरकारी कार्यालयको काममा अवरोध पुर्याएका प्राप्त समाचारमा जनाइएको छ।
माओवादीको आन्दोलनका पूर्वनिर्धारित कार्यक्रमअनुसार अर्घाखाँचीका सरकारी कार्यालय अगाडि बिहान ९ बजेदेखि दिउँसो १२ बजेसम्म माओवादी कार्यकर्ताले धर्ना दिएका थिए ।
त्यसैगरी जिल्ला प्रशासन कार्यालय लगायत सदमुकाम सन्धिखर्कका केही कार्यालयहरु अगाडि सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति गराइएको थियो।
जिल्लाका सरकारी कार्यालय घेराउ गर्न गएका माओवादी कार्यकता र प्रहरीबीच केही समय विवाद समेत भएको थियो।

पाँच बर्ष बितिसक्दा पनि नापी कार्यालय अर्घाखाँचीको कामकाज सुचारु हुन सकेन
सन्धिखर्क, अर्घाखाँची - पाँच बर्ष बितिसक्दा पनि नापी कार्यालय अर्घाखाँचीको कामकाज सुचारु हुन नसकेपछि सेवाग्राहिक मर्कामा परेका छन।
सशस्त्र द्वन्द्वको समयमा माओवादीको आक्रमणमा परी नापी कार्यालय अर्घाखाँचीका नक्सा, फिल्ड बुक, प्लट रजिष्टर जस्ता कागजपत्र जलेपछि सो कार्यालयबाट हुने सम्पूर्ण कामकाज ठप्प भएका हुन।
नापी कार्यालयमा कुनै पनि कागजपत्र नभएपछि मालपोत कार्यालयबाट हुने जग्गा किनबेचको कार्य पनि प्रभावित भएको छ।
नापी नक्साका सम्पूर्ण कागजपत्र जलेपछि यसको पुन नापीका लागि स्थानिय प्रशासन, राजनीतिक दल। कुनै पनि सरकारी वा गैरसरकारी संस्थाले पहल नगरेको सर्वसाधारणको गुनासो रहेको छ। www.arghakhanchi.com

अर्घाखाँचीमा एमालेका नेता, कार्यकर्ताहरु धमाधम माओवादीमा प्रबेश
-इश्वर चन्द्र खनाल
खन ४ मखात
अर्घाखाँची
सन्धिखर्क, अर्घाखाँची - अर्घाखाँची जिल्लामा नेकपा एमालेका नेता तथा कार्यकर्ताहरु धमाधम एकीकृत नेकपा माओवादीमा जाने लहर चलेको छ।
अर्घाखाँची जिल्लाका क्षेत्र नम्बर - १ का खन, डिभर्ना लगायतका गाबिसहरुबाट ठुलो जमात सहित प्रबेश गर्ने क्रम जारी छ। एमालेको बर्चस्व मानिएका गाबिसहरु खन तथा डिबर्नामा एमाले राजनीतिलाई ठुलै धक्का पुगेको छ।
खन गाबिसका एमालेबाट निर्बाचित उपाध्यक्ष श्री गंगा राम खनाललाई माओवादी पूर्व जिल्ला इन्चार्ज चन्द्र खड्काले अबिर लगाइ स्वागत गर्नुभयो।
त्यसैगरी बिभिन्न गाउलेहरुलाई पनि एकीकृत नेकपा माओवादीमा धारमा ल्याउने खालको भाषण पनि उहाले गर्नु भएको थियो।
यस अघि नेकपा एमालेको आर्थिक फाँटमा लामो समयसम्म रहेर महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका तथा २०५६ सालमा अर्घाखाँचीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएका डा. डिल्लीराज खनाल पनि एकीकृत नेकपा माओवादीमा प्रवेश गर्नुभएको थियो । www.arghakhanchi.com

ठाडाको भेडामारेबाट अवैध रूपमा जडीबुटी लिएर बुटवल जाँदै गर्दा ३ पक्राउ
सन्धिखर्क/अर्घाखाँची - अवैध रूपमा जडीबुटी लिएर बुटवल जाँदै गर्दा जिल्ला वनले ३ जनालाई पक्राउ गरेको छ ।
ठाडाको भेडामारेबाट लु१ज १३९९ नंको पिकअप जीपमा जडीबुटी लिएर बुटवल जाँदा कर्मचारीले नियन्त्रणमा लिएका हुन् । पक्राउ पर्नेमा भारत घर भई कपिल्ावस्तु बस्ने विष्णु गुप्ता, बुटवल नपा-१३ का जीप चालक गौतम बुद्ध शर्मा, १० का तिलकराम अधिकारी छन् ।
बाँदर केरा, जीवन्ती ५ बोरा अवैध जडीबुटीसहित पक्राउ गरिएको वन अधिकृत सुरेश सिंहले बताए । तीनै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा राखिएको छ । www.arghakhanchi.com

20090616
जुकेना देखि जलुके गाबिससम्म मोटरबाटो पुगेपछि स्थानिय बासिन्दामा खुसियाली
सन्धिखर्क, अर्घाखाँची - अर्घाखाँचीको जुकेना गाबिस देउराली देखि जलुके गाबिसको एरावतसम्म जोडने १२ किलोमिटर मोटरबाटो निर्माण सम्पन्न भएपछि पहिलो पटक मोटर पुगेको छ।
मोटर पुगेपछि स्थानिय बासिन्दाले पन्जेबाजा बजाएर नाचगान गरी खुसियाली मनाएका छन। जुकेना गाबिसको रु, दुई लाख, जलुके गाबिसको रु चार लाख ५० हजार र अन्य उधारो गरी रु २२ लाख ५ हजारको लागतमा बाटो निर्माण कार्य सम्पन्न भएको हो।
पहिलो पटक मोटर पुग्दा मोटर चालकलाई स्थानियबासीले फुलमाला लगाएर स्वागत गरेका छन।
सो बाटोको उद्घाटन एकिक् त माओवादीका केन्द्रिय सदस्य राम प्रसाद बन्जाडेले गर्नु भएको थियो।

ठाडा ३ मा टिप्पर पल्टदा एक जनाको ज्यान गयो
सन्धिखर्क / बुटवल - अर्घाखाँचीको सन्धिखर्कबाट गोर्सिङे आउँदै गरेको ना ३ ख ५४३१ नम्बरको टिप्पर ठाडा ३ मा पल्टदा एक जनाको ज्यान गएको छ।
दुर्घटनामा घाइते भई लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचारको क्रममा टिप्पर चालक मकवानपुर्का लालबहादुर लामाको ज्यान गएको ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ।
घटनामा परी घाइते अन्य दुईको अस्पतालमा उपचार भईरहेको छ।

Subscribe to:
Posts (Atom)