20090717

कतारमा पानीजहाज दुर्घटनामा मरेका दीभर्ना-३ का मानसिंह खत्री आर्यघाटमा अन्त्येष्टि

सन्धिखर्क, अर्घाखाँची - गत जुन ३० कतारछेउको समुद्रमा पानी जहाज डुबेर ज्यान गुमाएका १२ मध्ये दीभर्ना-३ अर्घाखाँचीका मानसिंह खत्री- २४ शव पनि शनिबार बिहान कतार एयरवेजबाट ल्याइएको थियो ।

खत्रीको शनिबारै नै आर्यघाटमा अन्त्येष्टि गरिएको छ । विमानस्थलमा उनको शव कफिनमा प्याक गरेर ल्याइएको थियो ।

शव बुझ्न आएका आफन्तहरू शोकमा आहत थिए । बिहान नौ बजे शव आइपुग्ने भनिए पनि आफन्तहरू सात बजेअघि नै विमानस्थल पुगेका थिए ।

पानीजहाज दुर्घटनामा मृत्यु भएका नेपालीका आफन्तलाई क्षतिपूर्ति र जीवन बिमा उपलब्ध गराउने प्रक्रिया कतारस्थित दूतावासले थालेको छ ।

कतारस्थित राजदूत डा. सूर्यनाथ मिश्रका अनुसार मृतकका आफन्तहरूले शव प्राप्त गरेलगत्तै नाता प्रमाणित र अख्तियारनामा पठाउनुपर्नेर् छ । त्यसैको आधारमा दूतावासले प्रक्रिया अगाडि बढाउने छ । दुर्घटनाग्रस्त पानीजहाजको बिमा भएको र मृतकहरू कार्यरत कम्पनी पनि प्रतिष्ठित रहेकाले बिमा र क्षतिपूर्ति लिन समस्या नहुने मिश्रले बताए । प्रत्येक मृतकका आश्रतिले २ लाख रियाल -करिब ४२ लाख रुपैयाँ) बिमा पाउने पनि उनले जनाए ।

संयुक्त अरब इमिरेट्सको दुबईबाट कतारको दोहातर्फ आइरहेको पानीजहाज दोहा पर्सियन सागरमा डुबेको थियो। जहाजमा ३५ जना थिए ।

संयुक्त अरब इमिरेट्स -यूएई) स्थित एचबीके पावर क्लिनिङ कम्पनीले कामदारलाई कतारस्थित आफ्नै कम्पनीमा ल्याउँदै गरेका बेला जहाज दुर्घटना भएको थियो ।

--------

अन्य हाम्रा सहयोगी साईटहरु-

म्युजिक भिडियोहरु (हिन्दी, नेपाली) हेर्नको लागि - http://arghakhanchimusic.blogspot.com
प्रकासित फोटोको लागि - http://arghakhanchitimes.blogspot.com/
भिडियो हेर्न्न - http://youtube.com/arghakhanchitimes
प्रकाशित जिल्ला समाचारहरु- http://arghakhanchinews.blogspot.com/
-माथिका सबै साईटहरुमा गइ पेजहरु खोल्दा तल, माथि - दाँया, बाँया देखिएका बिज्ञापनहरु माथि सक्दो क्लिक गरि हामीलाई सहयोग गर्नुहोला।

अर्घाखाँची जिल्लामा एचआईभि (एड्स) संक्रमितहरुको संख्या २६

सन्धिखर्क, अर्घाखाँची - अर्घाखाँची जिल्लामा एचआईभि संक्रमितहरुको संख्या २६ पुगेको छ । जिल्ला एड्स समन्वय समितिद्बारा आयोजित एचआईभि एड्स सम्बन्धी कार्यक्रममा प्रतिवेदन पेश गर्ने गैरसरकारी संस्थाहरुले जनाएका छन।

जिल्लाका ५ वर्ष देखि ५५ वर्ष सम्मका व्यक्तीहरुमा एचआईभि देखिएको भएपनि हालसम्म जम्मा ३ जनाले मात्र आफुलाई सार्वजानिक गरेका छन। एचआईभि सन्क्रमित मध्ये अधिकाश देश बाहिर रहने पुरुष र तिनका आफन्तजनहरु भएको जनाइएको छ।

स्थानिय बिकास अधिकारी तारा बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भवानी प्रसाद पराजुली, डा, चित्रप्रसाद शर्मा वाग्ले लगायतका वक्ताहरुले मन्तव्य व्यक्त गर्नु भएको थियो।

मुस्लिम मुक्ती मोर्चा अर्घाखाँचीको एकता जिल्ला भेला सम्पन्न

सन्धिखर्क, अर्घाखाँची - मुस्लिम मुक्ती मोर्चा अर्घाखाँचीको एकता जिल्ला भेला सम्पन्न भएको छ। भेलाका वक्ताहरुले मुस्लिमका मागप्रति राज्य उदासिन भएको बताउदै जनसख्न्याको आधारमा राज्यआ हरेक निकायमा मुस्लिमहरुको प्रतिनिधित्व गराइनुपर्नेमा जोड दिएका थिए ।

ए नेकपा माओवादी मगरात राज्य समितिका सचिवालय पिताम्बर आचार्य, जिल्ला इन्चार्ज चन्द्र बहादुर खडका, मुस्लिम मुक्तिमोर्चाका केन्द्रिय महासचिव जाकिर हुसेन लगायतले मन्तवय व्यक्त्त गर्नु भएको थियो ।

भेलाले रसना मियाको सन्योजक्त्वमा ४५ सदस्यीय जिल्ला सम्मेलन आयोजक कमिटीको चयन गरेको छ। नवगठित समितिको सह सन्योजक नजिर मिया, सचिव फजिर मिया, सहसचिव शम्शुदिन मिया र कोषाध्यक्षमा गफार मिया रहेका छन। भेला एयाधिन मियाको अध्यक्षता र फजिर मियाको सन्चालनमा सम्पन्न भएको थियो।

अर्घाखाँचीको जलुके गाविसमा समेत झाडापखाला प्रकोप देखा, पाँच दर्जन सिकिस्त

सन्धिखर्क, अर्घाखाँची - दाङसँग जोडिएको विकट जलुके गाविसको लाहापे गाउँमा फैलिएको झाडापखालाबाट करिब पाँच दर्जन सिकिस्त भएका छन् ।

भौगोलिक हिसाबले ठूलो र विकट गाउँलेहरू आर्थिक अभावमा उपचार गर्न सकेका छैनन् । ज्वरो आउने, आँखा पाक्ने र झाडापखालाले पाँच दिनदेखि ग्रसित ५२ जना गाउँमै औषधोपचारको प्रतीक्षामा बसिरहेको स्थानीयवासीले बताएका छन् । झाडापखालाबाट पीडित केही गाउँले भने उपचारका लागि बाहिर गएका छन् ।

जनस्वास्थ्य प्रमुख डाक्टर चित्रप्रसाद शर्मा वाग्लेले गाउँमा झाडापखालाको प्रकोप फैलिएको खबर आएको बताउँदै सोमबार औषधिसहितको स्वास्थ्यकर्मीको टोली पठाइने छन् ।

निर्माणाधीन (अर्घाखाँची) जिल्ला कारागार सञ्चालन हुन नपाउँदै भत्कियो

सन्धिखर्क, अर्घाखाँची - निर्माणाधीन जिल्ला कारागार सञ्चालन हुन नपाउँदै भत्किएको छ । भवन निर्माण काम पूरा नगरी संरक्षणविहीन राखिएकाले भत्किएको हो ।

भवन र भित्री कोठाको निर्माण सम्पन्न नभई ३ दशकसम्म अधुरै रहेकाले जीर्ण भई भत्किन पुगेको हो । कारागारमा पर्याप्त कोठा भए पनि निर्माण पूरा भइनसकेकाले कैदी, बन्दीलाई अन्यत्र सार्नुपर्ने भएको छ ।

थुनुवा राख्ने कोठा र बाहिरी सबै पर्खाल, भित्र पस्ने मूलगेटबाटै भवन भत्किएको छ । कोठाका भाग पनि भत्किएका छन् । पानी चुहेर भवनभित्र घाँस उम्रेको छ । टालटुल पारेर बनाएको भवनको आधा काम बाँकी थियो । ०३५ सालमा निर्माण सुरु कारागार अझै पूरा नभएको त्यहाँका प्रमुख गीताराम घिमिरेले बताए ।

बनिनसक्दै जीर्ण कारागार पछिल्लोपटक थेग्न नसक्दा भत्किएको प्रजिअ भवानीप्रसाद पराजुलीले बताए । मर्मतका लागि थप बजेट माग गरेका छौ, निकासा भएको छैन, उनले भने ।

जिल्लाका कैदीलाई छिमेकी तम्घास र कपिलवस्तु लैजाने गरिन्छ । जाँचबुझका लागि ओहोरदोहोर गराउन एक कैदीलाई १० हजारभन्दा बढी खर्च लाग्छ । तर सरकारले उक्त खर्च नदिँदा संकट पर्ने गरेको छ, घिमिरेले भने, भवन पुन निर्माण र मर्मतका लागि बारम्बार माग गर्दासमेत सुनुवाइ भएन ।

कारागार भवन ३५ रोपनी जग्गामा छ । यहाँ पाँच कर्मचारी कार्यरत छन् । १३ कोठामध्ये पियन हाकिम बस्ने र कार्यालय सञ्चालनका लागि चार कोठामात्रै प्रयोगमा छन् ।

---------

(सहायक समाचार स्रोत- कान्तिपुर(वीरेन्द्र केसी )काठमाडौं )

अर्घाखाँचीबाट रुपेन्देहीतर्फ आउँदै गरेको जिपले किचेर बालिकाको मृत्यु

सन्धिखर्क, अर्घाखाँची - जिपले च्यापेर रुपेन्देही जिल्लाको नयाँगाउँ गाविसकी ६ वषर्ीया बालिका भीष्मा आचार्यको शनिबार ज्यान गएको छ ।

अर्घाखाँचीबाट नयाँगाउँतर्फ आउँदै गरेको लु१ज. १२१८ नम्बरको जिपले किचेर उनको ज्यान गएको हो ।

सडकमा खेलिरहेका बेला जिप पछाडि ल्याउने क्रममा च्यापिएकी आचार्यको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

अर्घाखाँचीमा विद्यालय व्यवस्थापन समिति समेत दलहरूको भागबन्डामा

सन्धिखर्क, अर्घाखाँची - शिक्षालाई राजनीतिमुक्त क्षेत्र बनाउनुपर्ने माग उठिरहेका बेला यहाँ दलहरूले विद्यालय व्यवस्थापन समितिका पदाधिकारी समेत भागबन्डा गर्न थालेका छन् ।

जिल्लामा क्रियाशील ठूला चार दलले अधिकांश विद्यालयमा अभिभावकलाई समेत जानकारी नदिई सदरमुकामबाटै व्यवस्थापन समितिको अध्यक्ष र सदस्य बाँडफाँड गरेका हुन् । सदरमुकाममा दलका नेताहरू बसेर विद्यालय आपसमा भागबन्डा गरेर कार्यकर्तालाई समितिमा मनोनयन गरेका हुन् ।

शिक्षा नियमावलीलाई मिचेर सहमतिका नाममा गरिएका व्यवस्थापन समितिमा दलका नेता बसेका छन् । दलको संयन्त्र बनाई बाँडिएका अधिकांश विद्यालयका व्यवस्थापन समितिमा अध्यक्ष र सदस्य भएका दलका नेताहरू अभिभावक भने होइनन् । शिक्षा ऐनले व्यवस्थापन समितिको अध्यक्ष वा सदस्य हुन अध्ययनरत विद्यार्थीको अभिभावक हुनुपर्ने अनिवार्य व्यवस्था गरेको छ ।

सदरमुकामको जनज्योति उच्च माविमा कांग्रेसका जिल्ला सभापति पीताम्बर शर्मा, भगवती उच्च माविमा एमालेका जिल्ला सदस्य कुलदीप भुसाल समितिको अध्यक्ष भएका छन् । त्यस्तै गाउँका धेरै विद्यालयमा दलका नेता र कर्मचारी बसेका छन् । जिल्लाको बाँगी गाविसको शान्ति माविमा माओवादीका मगरात राज्य समिति सदस्य एवं जिल्ला इन्चार्ज चन्द्रबहादुर खडका, शान्ति उमावि धारापानीमा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य सागर केसी, विद्याविनय निमाविमा जनमोर्चाकै केन्द्रीय सदस्य शेरबहादुर बीसी छन् ।

दलले मनोमानी रूपमा भाग बाँडेर आफ्ना कार्यकर्तालाई टीको लगाएर अभिभावक चुनिएको भन्दै घोषणा गरेपछि अभिभावकले असन्तुष्टि जनाएका छन् । कांग्रेसका जिल्ला उपसभापति विष्णु मुस्कानले भने व्यवस्थापन समितिमा दलीय भागबन्डा नभएको दाबी गरे । दलका नेता समितिमा बस्न केही फरक पर्दैन, उनले भने ।

कर्मचारी पदाधिकारी घोषित

केही विद्यालयका व्यवस्थापन समितिमा कर्मचारीसमेत बसेका छन् । यशोधारा निमाविमा जिल्ला शिक्षाका कार्यालय सहायक बुद्धिराम गैरे, बाल प्रावि तुमकोटमा जिल्ला स्वास्थ्यका लेखापाल यमप्रसाद श्रेष्ठ, भगवती प्रावि बाङलामा स्रोत व्यक्ति नमबहादुर सिंह, पार्वती निमावि पटुबाथुममा जिविसका लेखापाल ठाकुरप्रसाद श्रेष्ठ अध्यक्ष बनेको स्रोतले जनाएको छ । अध्यक्ष भएका कर्मचारीका कोही बालबालिका ती विद्यालयमा पढ्दैनन् । उनीहरूले आफ्ना छोराछोरी बोर्डिङमा पढाएका छन् ।

जिल्लाका २१ उमावि, ६१ मावि, ५१ निमावि २ सय ८८ प्राविमध्ये ३ मावि र २ उच्च माविमा दलबीच भागबन्डा नमिलेर व्यवस्थापन समिति गठन हुन सकेको छैन ।

समिति गठन गर्दा अभिभावकलाई जानकारी दिइँदैन । दलका चार जना नेता बसेर आफ्ना कार्यकर्तालाई मनोनयन गरेको घोषणा गरेपछि बल्ल थाहा पाइन्छ, स्थानीय अभिभावक कृष्ण क्षेत्रीले भने, सर्वदलीयले निर्णय गरेपछि कोही बोल्न पाउँदैनन् ।

दलीय आधारमा दलका नेता व्यवस्थापन समितिमा बस्ने व्यवस्था कानुनमा नभएको जिल्ला शिक्षा अधिकारी विष्णुबहादुर द्वारेले बताए । गाउँबाट बनाएर ल्याएपछि हाम्रो केही लाग्दैन ।

---------

(सहायक समाचार स्रोत- कान्तिपुर(वीरेन्द्र केसी )काठमाडौं )

दुर्घटनाको बिषयलाई लिएर गरिएको अर्घाखाँची जिल्ला बन्द आह्वान फिर्ता

सन्धिखर्क, अर्घाखाँची - दुर्घटनाको बिषयलाई लिएर गरिएको अर्घाखाँची जिल्ला बन्द आह्वान फिर्ता लिएको छ ।

एक बालिकालाई मोटरसाइकलले ठक्कर दिएको विरोधमा स्थानीय युवाले हल्ला गरेपछि भएको सन्धिखर्क बन्द हल्लैपछि खुलेको छ। बालिकाको उपचार गर्ने सहमति भइसकेको र ठक्कर दिनेलाई पनि पक्राउ गरिसकेको अवस्थामा त्यत्तिकै अर्घाखाँची सदरमुकाम बन्द भएको थियो।

कसले र किन बन्द गराएको भन्दै एमालेको युथफोर्स र माओवादीको वाइसिएल कार्यकर्ताले बजारमा हल्ला गर्न थालेपछि बजार स्वत: खुलेको थियो।

४ वर्षीय अंगीता अधिकारीलाई छन्दे नेपाली भन्ने व्यक्तिले चलाएको मोटरसाइकलले ठक्कर दिएको थियो। बन्दकर्ताले बजार र यातायात बन्द गराएका थिए।

प्रशासन र घटनाका पीडितबिच सहमति भएपछि बन्द आह्वान फिर्ता लिइएको हो । मोटरसाईकलको ठक्करबाट बालिका अंकिता अधिकारी घाइते भएपछि बालिकाका आफन्त र स्थानियबासीले क्षतिपूर्ति माग गर्दै सदरमुकाम बन्द गरेका हुन् ।

घाइते बालिकाको सदरमुकाम सन्धिखर्कमा उपचार भइरहेको छ भने मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

राजनीतिक कारणले जुकेना पशुसेवा उपकेन्द्र दुई बर्ष देखी कर्मचारी विहीन

सन्धिखर्क, अर्घाखाँची - राजनीतिक कारणले अर्घाखाँची जिल्लाको जुकेना पशुसेवा उपकेन्द्र दुई बर्ष देखी कर्मचारी विहीन बनेको छ।

जिल्लाको दुर्गम गाबिस भएको सो क्षेत्रमा कर्मचारी जान नमानेका कारण दुई बर्ष सम्म कर्मचारी विहीन बनेको बताइएको छ।

स्थानिय बासिन्दाले भने जिल्ला पशुसेवा कार्यालयले लापरबाही गरेको आरोप लगाएका छन।

दीभर्ना-३ अर्घाखाँचीका मानसिंह खत्रीको कतार-पानी जहाज दुर्घटनामा मृत्यु

सन्धिखर्क, अर्घाखाँची - जुन ३० को बिहान कतारको समुद्रमा दुर्घटना परेको पानी जहाजबाट दीभर्ना-३ अर्घाखाँचीका मानसिंह खत्री सहित १० हराइरहेका छन। भने दुई जना नेपालीको शव प्राप्त भएको छ।

दोहामा स्थानिय सञ्चारमाध्यमहरूले सबैको मृत्यु भईसकेको बताएका छन।

दीभर्ना-३ अर्घाखाँचीका मानसिंह खत्री सहित सबैको अवस्था अझै अज्ञात रहेको छ भनी बताइएता पनि यसअघि त्यहाँको परराष्ट्र मन्त्रालयले सबैको शव फेला परेको जनाएको थियो ।

मानसिंह खत्री कतार आएको के-कति समय भयो केही थाहा हुन सकेको छैन, उहाको पासपोर्ट नम्बर २३७३५२१ रहेको छ।

दीभर्ना-३ बासी मानसिंह खत्री अर्घाखाँचीड.ट्कम्का नियमित पाठक हुनहुन्छ।

संयुक्त अरब इमिरेट्सको दुबईबाट कतारको दोहातर्फ आइरहेको पानीजहाज दोहा पर्सियन सागरमा डुबेको थियो। जहाजमा ३५ जना थिए ।

दोहा-दुबईबीच फैलिएको झन्डै एक हजार किलोमिटर लामो पर्सियन -मृत) सागरमा सञ्चालित पानीजहाज मंगलबार बिहान बेपत्ता भएको हो ।

संयुक्त अरब इमिरेट्स -यूएई) स्थित एचबीके पावर क्लिनिङ कम्पनीले कामदारलाई कतारस्थित आफ्नै कम्पनीमा ल्याउँदै गरेका बेला जहाज दुर्घटना भएको थियो । जहाजमा यात्रारतमध्ये २४ जना एचबीके कम्पनीकै कामदार, २ हजाजकर्मी र २ जना क्याटरिङ स्टाफ रहेको दोहाबाट प्रकाशित हुने गल्फ टाइम्स दैनिकले जनाएको

छ । तीमध्ये १२ नेपाली, ११ भारतीय र एक बंगलादेशी रहेको समाचारमा उल्लेख छ ।